गुँरास गाउपालिकाको सहकारी क्षेत्र विकासमा नेफ्स्कूनले पुर्याएको योगदानको उच्च मुल्याङ्कन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गुँरास गाउपालिकाको सहकारी क्षेत्र विकासमा नेफ्स्कूनले पुर्याएको योगदानको उच्च मुल्याङ्कन

काठमाडौं । दैलेखको गुँरास गाउपालिकाले सहकारी क्षेत्र विकासमा नेफ्स्कूनले पुर्याएको योगदानको उच्च मुल्याङ्कन गरेको छ । नेफ्स्कूनद्वारा सञ्चालित आधारशिला कार्यक्रममार्फत गाउँपालिकाको समग्र सहकारी अभियानको सुदृढीकरण र संस्थागत विकासमा योगदान पुगेको ठहर गाउँपालिकाले गरेको हो । गाउँपालिका अध्यक्ष खेमराज ओलीले आधारशिला कार्यक्रमको निरन्तरतासँगै नेफ्स्कूनको दक्षता प्रवाहीकरणका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । आधारशिला कार्यक्रम सञ्चालित गुरासँ गाउँपालिकाका सहकारी संस्थाहरुको अवस्था मापन नतिजा विषयक आज सम्पन्न भर्चुअल समीक्षा बैठकका प्रमुख अतिथि ओलीले उक्त धारणा राख्नुभएको थियो । कार्यक्रमको संयोजन नेफ्स्कूनका सञ्चालक सदस्य यज्ञप्रसाद ढकालले गर्नुभएको थियो ।

‘एक घर एक रोजगारी’ को अवधारणमा सहकारी क्षेत्रले खेलेको भूमिकाको पनि गाउँपालिका अध्यक्षले चर्चा गर्नुभयो । आजसम्म कुनै निकाय पनि सहकारीको घरदैलोमा गएर सहकारिताको अभ्यासको विषयमा जानकारी नगराएकोमा नेफ्स्कूनले गरेको त्यस्तो कार्य अतुलनीय रहेको प्रमुख अतिथिले उल्लेख गर्नुभयो । 

कार्यक्रममा संघका सञ्चालक यज्ञ प्रसाद ढकालले सहकारी क्षेत्रको सञ्जालीकरणको अभ्याससम्म आधारशिला कार्यक्रमले योगदान पुर्याउने विचार प्रस्तुत गर्नुभयो । उहाँले प्रथम चरणमा स्थानीय तहका सहकारीहरुको स्थलगत अनुगमनको यथार्थ विवरण तयार गरी स्थानीय तहलाई योजना निर्माणमा सहयोग पुग्ने साथै सहकारीहरुको आगामी दिशा निर्धारण गरी जागरण, विकास, प्रवद्र्घन र सञ्जालीकरणका लागि सहज बनाउन मद्दत पुग्ने विषयमा जोड दिनुभएको थियो । 

भर्चुअल कार्यक्रममा गाउँपालिकाका विष्णु अधिकारी, नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, बरिष्ठ अधिकृत नविन राज दाहाल, सहकारी प्रतिनिधि विपिन गुरुङ लगायतको उपस्थिति थियो । कार्यक्रममा संघका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले गाउँपालिकामा सञ्चालित सम्पूर्ण सहकारीहरुको अवस्था यर्थातपरक रुपमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा गुराँस गाउँपालिकामा रहेका ५० वटा सहकारी संस्थाहरु मध्ये ४५ वटा सहकारी संस्थाहरु मात्र सञ्चालन भएको विषय पनि प्रस्तुत गर्नुभयो । जसमध्ये ५ वटा सहकारीमा भौगोलिक विकटता साथै सम्पर्क हुन नसकेकोले हाल उक्त सहकारीमा अझ सञ्चालन अभ्यासमा सुपरीवेक्षण गरिनु पर्ने सन्दर्भ जोडनु भएको थियो । गुराँस गाउँपालिका, दैलेखमा रहेका सहकारी संस्थाहरुमा लगभग ३ करोड शेयर पूँजी, ७ करोड बचत संकलन र ११ करोड ऋण लगानी रहेको छ । स्थलगत अनुगमनका क्रममा देखिएका चुनौती साथै सहकारी संस्थालाई सुधारगर्नुपर्ने विषयमा पालिका स्तरबाट योजनामा समावेश गर्नुपर्ने विषवस्तु पनि समेटिएको थियो ।   

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप