नेफ्स्कूनद्वारा तयार पारिएको विपद जोखिम न्यूनीकरण निर्देशिकाको मस्यौदामा भर्चुअल छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा तयार पारिएको विपद जोखिम न्यूनीकरण निर्देशिकाको मस्यौदामा भर्चुअल छलफल

काठमाडौं । नेफ्स्कूनले आफ्ना सदस्य संघ संस्थाहरुका लागि तयार पारेको विपद जोखिम न्यूनीकरण निर्देशिकाको मस्यौदामा आज भर्चुअल छलफल गरेको छ । कोभिड, बाढीपहिरो, भूकम्प, आगलागी जस्ता प्राकृतिक प्रकोप र मानवसिर्जित सम्भावित दुर्घटनाको आँकलनसहित पूर्व सावधानीका लागि आवश्यक संरचनागत, भौतिक तथा संगठनात्मक तयारीहरुका साथै विपद्पछि गरिनुपर्ने कार्यहरुका बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत ध्यानमा राखी नेफ्स्कूनले उक्त मस्यौदा तयार पारेको हो । मस्यौदामा सरोकारवालाहरुसँगै सदस्य संघ संस्थाका प्रतिनिधिहरुसँग सघन छलफलपछि आवश्यक परिमार्जनसहित जारी गर्ने तयारी नेफ्स्कूनले गरेको छ । आज प्रोबेसन बागमती क्लष्टर आबद्ध साकोसहरुको लागि विपद जोखिम न्यूनिकरण अभिमुखीकरण कार्यक्रममा सहभागी साकोसका प्रतिनिधिहरुसँग उक्त मस्यौदामा प्रस्तुतिसहित छलफल र सुझाव संकलनको काम गरिएको छ ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । संघकी उपाध्यक्ष शान्ति अधिकारीले जुनसुकै परिस्थितिमा पनि साकोसको सेवा व्यवसाय निरन्तरता महत्वपूर्ण भएकाले हाल सामना गर्नुपरेको कोभिड र बाढीको विपत्तिको अनुभव लिदैं सम्भावित अन्य विपद्हरु विरुद्ध सामना शक्ति विकासका लागि स्पष्ट र व्यावहारिक वैकल्पिक आधारहरुसहित नेफ्स्कूनले निर्देशिका निर्माणलाई महत्व दिएको बताउनुभयो । प्रारम्भिक संस्थाहरुमा यसको खाँचो रहेको भन्दै उपाध्यक्ष अधिकारीले प्राप्त सुझावहरुलाई समेत सम्बोधन गरी सरोकारवाला निकायहरुसँगको छलफललाई पनि आधार मानेर निर्देशिकालाई अन्तिम रुप दिइने र त्यसमा नेफ्स्कून व्यवस्थापन लागि परेको समेत जानकारी गराउनुभयो । 

नेफ्स्कूनका सदस्य सेवा विभाग दुर्गा प्रसाद ढकालले अब सबै साकोसहरुले अनिवार्य रुपमा विपद जोखिम न्यूनीकरण निर्देशिका बनाउनुपर्ने बताउदै गुणस्तर सुनिश्चितताका कार्यक्रममा आबद्ध संस्थाहरुले यो विषयमा गरेका कामहरुको पनि मुल्याङ्कन हुने उल्लेख गर्नुभयो । यसका लागि नेफ्स्कूनले प्राविधिक सहजीकरण गर्ने विश्वास उहाँले दिलाउनुभयो । निर्देशिकाका सम्बन्धमा थप छलफलहरु जारी रहने ढकालले बताउनुभयो । उहाँले छलफलका क्रममा उठेका जिज्ञासाहरुको सम्बोधन समेत गर्नुभएको थियो ।

आजको कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृतद्वय कोमलराज अधिकारी र सन्दिपराज ढकालले विस्तृत प्रस्तुति गर्नुभएको थियो । प्रस्तुतिमा उहाँहरुले प्रकोपको परिचय, विपद र प्रकोपमा भिन्नता, पूर्व चेतावनी प्रणाली, विपद जोखिम व्यवस्थापन चक्र, विपद् जोखिम न्यूनीकरणका निर्देशक सिद्धान्तहरु र आधार दस्तावेजहरु, व्यवसायको प्राथमिकता निर्धारण, विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक संरचनात्मक व्यवस्था, विविध प्रकारका जोखिमहरु, विपद् जोखिम म्याट्रिक्स सँगै निर्देशिकाका विविध विषयहरु समावेश गर्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

७ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप