दोलखाका साकोसहरुसँग विपद् जोखिम न्यूनीकरण निर्देशिकाको मस्यौदामा भर्चुअल छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखाका साकोसहरुसँग विपद् जोखिम न्यूनीकरण निर्देशिकाको मस्यौदामा भर्चुअल छलफल

दोलखा । नेफस्कूनको आयोजनामा प्रोवेशन गौरीशंक क्लस्टरमा आवद्ध साकोस र कर्वस मा आवद्ध दोलखा जिल्लाका साकोसहरुलाई लक्षित गरी विपद् जोखिम न्यूनिकरण सम्बन्धि निर्देशिका निमाणको लागि सहजीकरण कार्यक्रम संचालन भएको छ । भूकम्प, बाढीपहिरो, कोभिड, आगलागी जस्ता प्राकृतिक प्रकोप र अन्य सम्भावित दुर्घटनाको आँकलन सहित पुर्व तयारी, जोखिम मूल्याँकन तथा उक्त जोखिम बाट हुने क्षति न्यूनिकरणका लागि अपनाइने रणनीतिहरु विषय समेटी तयार पारिएको निर्देशिकाका विषयमा सुझाव संकलनका लागि असार ८ गते सहजिकरण गरिएको हो । 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले हाल संघले विपदको समयलाई लक्षित गरी १ अर्वको कोष व्यवस्थापन गरेकाले कुनै संस्थालाई अफ्ठ्यारो पर्र्दा उक्त कोषबाट रकम प्रयोग गर्न सक्ने राख्नुभयो । यसको साथै यस परिस्थितिमा नेफ्स्कूनले कर्मचारी, कार्यस्थल र अभियानको सुरक्षामा समेत ध्यान पुर्याइरहेको धारणा राख्नुभएको थियो । हाल नेफ्स्कूनले सुरुवात गरेको नयाँ प्रविधि तथा सेवाको बारेमा जानकारी दिदै आगामी दिनमा साकोसको हरेक गतिविधिमा उक्त प्रविधिहरुले सहजता प्रदान गर्ने बताउनुभयो । 

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले अहिलेको परिवेशमा जोखिमले पार्ने प्रभाव र असरको विषयमा केन्द्रित रहेर छलफल गर्नुपर्ने कुरा राख्दै यस महामारीमा अग्रभागमा बसी काम गर्ने सम्पुर्ण सहकारीकर्मीहरुलाई धन्यवाद समेत दिनुभएको थियो । यसैगरी सम्पुर्ण संस्थाहरुले यस परिस्थितिमा सुरक्षित रहँदै सेवा निरन्तरता दिनुपर्ने समेत आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । दोलखा जिल्ला साकोस एकरुपता प्रणाली कार्यान्वयनको नमुना जिल्ला रहेकाले उक्त कार्यक्रमलाई अझ बढी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा कोषाध्यक्ष पनेरुको जोड थियो । 

दोलखा जिल्ला बचत संघ का अध्यक्ष भुमिराज खड्काले यस कार्यक्रम समय परिस्थिति अनुसार महत्वपुर्ण रहेकाले सम्पुर्ण साकोसहरुले यस निर्देशिका निर्माण गरी तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको अन्त्यमा नेफ्स्कून संचालक समिति सदस्य तथा दोलखा फिल्ड कार्यलय उपसमिति संयोजक जिवसराज खड्काले सम्पुर्ण साकोसहरु निर्देशिका निर्माणमा लाग्न आग्रह गर्दै अहिले स्थानिय तहको निति, कार्यक्रमसँगै बजेट निर्माण भइरहेको र उक्त निति तथा कार्यक्रम र बजेटमा सहकारी क्षेत्रको विकासको लागी बजेट विनियोजन गर्न स्थानीय निकायहरुसँग निरन्तर पहल गरिरहेको समेत जानकारी गराउनुभयो ।  

नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले अब सबै साकोसहरुले अनिवार्य रुपमा असार मसान्त सम्म विपद जोखिम न्यूनीकरण निर्देशिका बनाउनुपर्ने बताउँदै गुणस्तर सुनिश्चितताका कार्यक्रममा आबद्ध संस्थाहरुले यो विषयमा गरेका कामहरुको पनि मुल्याङ्कन हुने उल्लेख गर्नुभयो । यसका लागि नेफ्स्कूनले प्राविधिक सहजीकरण गर्ने विश्वास उहाँले दिलाउनुभयो । निर्देशिकाका सम्बन्धमा थप छलफलहरु जारी रहने ढकालले बताउनुभयो ।

कार्यक्रमको सहजिकरणको क्रममा बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने र अधिकृत श्यामराजा तिमल्सिनाले प्रकोपको परिचय, विपद र प्रकोपमा भिन्नता, पूर्व चेतावनी प्रणाली, विपद जोखिम व्यवस्थापन चक्र, विपद् जोखिम न्यूनीकरणका निर्देशक सिद्धान्तहरु र आधार दस्तावेजहरु, व्यवसायको प्राथमिकता निर्धारण, विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक संरचनात्मक व्यवस्था, विविध प्रकारका जोखिमहरु, विपद् जोखिम म्याट्रिक्स सँगै निर्देशिकाका विविध विषयहरु समावेश गर्नुभएको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप