बागमती प्रदेशको सहकारी कानुन र समसामयिक विषयमा भर्चुअल प्रश्नोत्तर कार्यक्रम हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेशको सहकारी कानुन र समसामयिक विषयमा भर्चुअल प्रश्नोत्तर कार्यक्रम हुँदै

काठमाडौं । ललितपुर जिल्ला बचत संघको आयोजनामा सहकारी सरोकारका कानुनी तथा नीतिगत विषयमा आगामी शनिवार मध्यान्ह (असार १२ गते १२ बजे) भर्चुअल खुल्ला सवाल जवाफ कार्यक्रम  हुने भएको छ । बागमती प्रदेश सहकारी ऐन २०७६, नियमावली २०७६, मापदण्ड २०७७ सँगै सहकारीका समसामयिक र जल्दाबल्दा विषयमा प्रश्नोत्तर शैलीमा सहकारीकर्मीहरुका विविध जिज्ञासाको तत्कालै सम्बन्धित विज्ञबाट जवाफ लिइने गरी ललितपुर जिल्ला संघले कार्यक्रम तय गरेको हो ।

‘हामीले भाषण र तालिम भन्दा पनि प्रदेशको ऐन, नियमावली र मापदण्डसम्बन्धी यस प्रदेशका सहकारी सञ्चालक र व्यवस्थापन समूहका गुनासा, जिज्ञासा र सरोकारहरुलाई विज्ञबाट तुरुन्त खुला सम्बोधन गर्ने गरी कार्यक्रम राखेका हौं, ‘आयोजक संघका अध्यक्ष रामहरि बजगाईले साकोस आवाजसँग भन्नुभयो, ‘यसमा वक्ताहरुले लामो भाषण वा प्रस्तुतिकरण नगरी सोझै सहभागीहरुका जिज्ञासा बुझ्ने र समस्याको तत्काल चिरफार गर्ने गरी कार्यक्रमको खाका तय गरेका छौं ।’

हाल सहकारी संघ संस्थाहरु सञ्चालनमा आइसकेका कारण बिदाको दिनमा कार्यक्रम राखी सबैलाई कार्यक्रममा सक्रियतापूर्वक भाग लिने अवसर प्राप्त हुने गरी शनिवार मध्यान्ह १२ बजे भर्चुअल भेटको कार्यक्रम राखिएको उहाँले बताउनुभयो । ‘कार्यक्रममा अभियानको मात्र होइन प्रदेशको नियामक सहकारी निकाय, बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रारसँगै ललितपुर महानगरपालिका तथा गोदाबरी र महालक्ष्मी नगरपालिकाका सहकारी शाखा प्रमुखहरु पनि सहभागी हुनुहुने भएकाले पनि कानुनी तथा प्रशासनिक विषयहरुका जिज्ञासाहरुको यथोचित सम्बोधन हुने विश्वास लिएका छौं, ललितपुर जिल्ला बचत संघका अध्यक्ष बजगाईले भन्नुभयो, ‘कोभिडको असर र अबको सहकारी अभियानको बाटोका विषयमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष, नेफ्स्कूनका गतिविधिका बारेमा संघका अध्यक्ष, राष्ट्रिय सहकारी बैंकका विषयमा बैंकका अध्यक्ष, प्रदेश सहकारी संघका गतिविधि र योजनाबारे संघका अध्यक्ष, प्रदेश बचत संघको भूमिका र मुद्दाहरुमा संघका अध्यक्ष, ललितपुर जिल्लाको सहकारी गतिविधिबारे जिल्ला सहकारी संघका अध्यक्ष, प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष एवम् सहकारी पत्रकारिताका सवालहरुसमा सहकारी पत्रकार समाजका अध्यक्षसँग सहभागीहरुले खुलारुपमा प्रश्न सक्ने गरी पहिलोपटक यस किसिमको कार्यक्रम आयोजना गरेका छौं ।’अध्यक्ष बजगाईले जिल्ला संघको अगुवाईमा ऐतिहासिक महत्वको कार्यक्रम पहिलो पटक आयोजना गर्न लागिएको समेत दाबी गर्नुभयो ।

बागमती प्रदेशको सहकारी अभियान र कानुनी विषयमा कार्यक्रम राखिएपनि यसमा व्यक्त विचारहरु मुलुकभरकै सहकारी अभियानका लागि महत्वपूर्ण हुनेभन्दै सबैलाई भर्चुअल सहभागिताका लागि ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले हार्दिक अनुरोध पनि गरेको छ ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप