बागमती प्रदेशको सहकारी कानुन र समसामयिक विषयमा भर्चुअल प्रश्नोत्तर कार्यक्रम हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेशको सहकारी कानुन र समसामयिक विषयमा भर्चुअल प्रश्नोत्तर कार्यक्रम हुँदै

काठमाडौं । ललितपुर जिल्ला बचत संघको आयोजनामा सहकारी सरोकारका कानुनी तथा नीतिगत विषयमा आगामी शनिवार मध्यान्ह (असार १२ गते १२ बजे) भर्चुअल खुल्ला सवाल जवाफ कार्यक्रम  हुने भएको छ । बागमती प्रदेश सहकारी ऐन २०७६, नियमावली २०७६, मापदण्ड २०७७ सँगै सहकारीका समसामयिक र जल्दाबल्दा विषयमा प्रश्नोत्तर शैलीमा सहकारीकर्मीहरुका विविध जिज्ञासाको तत्कालै सम्बन्धित विज्ञबाट जवाफ लिइने गरी ललितपुर जिल्ला संघले कार्यक्रम तय गरेको हो ।

‘हामीले भाषण र तालिम भन्दा पनि प्रदेशको ऐन, नियमावली र मापदण्डसम्बन्धी यस प्रदेशका सहकारी सञ्चालक र व्यवस्थापन समूहका गुनासा, जिज्ञासा र सरोकारहरुलाई विज्ञबाट तुरुन्त खुला सम्बोधन गर्ने गरी कार्यक्रम राखेका हौं, ‘आयोजक संघका अध्यक्ष रामहरि बजगाईले साकोस आवाजसँग भन्नुभयो, ‘यसमा वक्ताहरुले लामो भाषण वा प्रस्तुतिकरण नगरी सोझै सहभागीहरुका जिज्ञासा बुझ्ने र समस्याको तत्काल चिरफार गर्ने गरी कार्यक्रमको खाका तय गरेका छौं ।’

हाल सहकारी संघ संस्थाहरु सञ्चालनमा आइसकेका कारण बिदाको दिनमा कार्यक्रम राखी सबैलाई कार्यक्रममा सक्रियतापूर्वक भाग लिने अवसर प्राप्त हुने गरी शनिवार मध्यान्ह १२ बजे भर्चुअल भेटको कार्यक्रम राखिएको उहाँले बताउनुभयो । ‘कार्यक्रममा अभियानको मात्र होइन प्रदेशको नियामक सहकारी निकाय, बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रारसँगै ललितपुर महानगरपालिका तथा गोदाबरी र महालक्ष्मी नगरपालिकाका सहकारी शाखा प्रमुखहरु पनि सहभागी हुनुहुने भएकाले पनि कानुनी तथा प्रशासनिक विषयहरुका जिज्ञासाहरुको यथोचित सम्बोधन हुने विश्वास लिएका छौं, ललितपुर जिल्ला बचत संघका अध्यक्ष बजगाईले भन्नुभयो, ‘कोभिडको असर र अबको सहकारी अभियानको बाटोका विषयमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष, नेफ्स्कूनका गतिविधिका बारेमा संघका अध्यक्ष, राष्ट्रिय सहकारी बैंकका विषयमा बैंकका अध्यक्ष, प्रदेश सहकारी संघका गतिविधि र योजनाबारे संघका अध्यक्ष, प्रदेश बचत संघको भूमिका र मुद्दाहरुमा संघका अध्यक्ष, ललितपुर जिल्लाको सहकारी गतिविधिबारे जिल्ला सहकारी संघका अध्यक्ष, प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष एवम् सहकारी पत्रकारिताका सवालहरुसमा सहकारी पत्रकार समाजका अध्यक्षसँग सहभागीहरुले खुलारुपमा प्रश्न सक्ने गरी पहिलोपटक यस किसिमको कार्यक्रम आयोजना गरेका छौं ।’अध्यक्ष बजगाईले जिल्ला संघको अगुवाईमा ऐतिहासिक महत्वको कार्यक्रम पहिलो पटक आयोजना गर्न लागिएको समेत दाबी गर्नुभयो ।

बागमती प्रदेशको सहकारी अभियान र कानुनी विषयमा कार्यक्रम राखिएपनि यसमा व्यक्त विचारहरु मुलुकभरकै सहकारी अभियानका लागि महत्वपूर्ण हुनेभन्दै सबैलाई भर्चुअल सहभागिताका लागि ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले हार्दिक अनुरोध पनि गरेको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप