वीरेन्द्रनगर नगरपालिकाद्वारा ‘सहकारी प्रवर्धन सहकार्य’ का लागि १५ लाख बजेट प्रस्ताव
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वीरेन्द्रनगर नगरपालिकाद्वारा ‘सहकारी प्रवर्धन सहकार्य’ का लागि १५ लाख बजेट प्रस्ताव

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि डेढ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आज नगरसभामा आगामी आर्थिक वर्षका  लागि एक अर्ब ५६ करोड ५२ लाख ६२ हजार ६३५ बजेट प्रस्तुत गरिएको हो  । आर्थिक विकास शीर्षक अन्तर्गत ‘सहकारी प्रवर्धन सहकार्य’ कार्यक्रमका लागि आगामी आवको बजेटमा १५ लाख रुपैया प्रस्ताव गरिएको छ । यद्यपि, नगरपालिकाले तयार पारेको बजेटको उद्देश्यमा भने सहकारी विषय अटाएको छैन ।

नगरपालिकामा सहकारी र चालु आवमा भएका प्रगति

वीरेन्द्रनगर नगरपालिकाभित्र कार्यक्षेत्र भएका हाल २१७ वटा सहकारी संस्था रहेका छन् । चालु आर्थिक वर्षमा ३ वटा सहकारी संस्थाहरुको विनियम पुनर्लेखनको स्वीकृती र ९ वटा सहकारी संस्थाहरुको विनियम संशोधन गरिएको छ । १६ वटा सहकारी सस्थाहरुको सघन अनुगमन र नियमित ४२ गरि जम्मा ५८ वटा सहकारीहरुको अनुगमन गरि विभिन्न सुझावहरु दिइएको नगरपालिकाले जनाएको छ ।।


आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा सहकारी

संघ संस्था, सहकारी तथा गरिवी निवारणतर्फः

‘एक सहकारी एक उत्पादन कार्यक्रम’  वा ‘एक गाँउ एक उत्पादन’  नीति अबलम्बन गर्दै प्रत्येक वडामा कम्तिमा एक एक वटा सहकारी संस्था वा टोल समुहलाई ई कृषिमा आधारित व्यबसाय सञ्चालनमा सहजीकरण गरि नमूना सहकारी  वा टोल समुहको रुपमा विकास गरिनेछ ।

कृषि भूमिको खण्डीकरण रोक्न तथा खेतीयोग्य जग्गा बाँझो रहन नदिन “जमिन बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिऊँ” अभियानलाई आत्मसात गर्दे गह्रा सुधार तथा चक्लाबन्दी गरी लीज र जग्गा करार मार्फत व्यक्तिगत, सामुहिकर सहकारी खेती तथा खेर गएका ऐलानी, हैसियत बिग्रिएको जग्गा, नाङ्गो डाँडारपाखो, खेती नगरिएका बाँझो वा बगर जग्गामा खेती कार्यको लागि नीतिगत र आर्थिक संरक्षण सहितको विशेष प्रोत्साहन तथा अनुदान प्रदान गरिनेछ ।

सहकारी तथा गरिवी न्यूनीकरण तर्फः

सहकारीलाई संघीय सरकारको नीति अनुसार क्रमशः एकिकरण तथा मर्ज गर्दै लगिनेछ । विगतमा दर्ता भई निस्कृय भएका र नयां सहकारी संस्थाहरुलाई क्षमता विकासका कार्यक्रमहरुका लागि सहकारी शिक्षा नेतृत्व विकास एवम् सहकारी व्यवस्थापन लगायतका कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ । आवश्यकता अनुसार अनुगमनका आधारमा सहकारीहरुको दर्ता, अनुमति, खारेजी र विघटन  गरिनेछ । ‘एक सहकारी एक उत्पादन कार्यक्रम’ का लागि सहकारीलाई उत्प्रेरित गरिनेछ । जसका लागि उत्पादन परिमाणका आधारमा अनुगमन गरि अनुदानको व्यवस्था गरि उत्पादन प्रवर्द्धनमा जोड दिइनेछ । हाल सञ्चालनमा रहेका वा नयां  गठन हुने विभिन्न सहकारीहरुलाई वहुउत्पादन, प्रशोधन, तथा वजारीकरण तर्फ उन्मुख गराउन ती संस्थाहरुलाई प्रेरित गरिनेछ । सहकारीको माध्यामबाट विपन्न वर्गका सदस्यहरुको संलग्नतामा सञ्चालन हुने व्यवसायिक आयोजनाहरुलाई वित्तिय सहयोग उपलब्ध गराईनेछ । सवै सहकारीलाई चुस्त दुरुस्त वनाउनका लागि कोपोमिस सफ्टवेरमा आवद्ध गर्ने र सम्पति शुद्धिकरण सम्बन्धी ऐनमा व्यवस्था भए अनुसारका शुद्धीकरण मापदण्ड अवलम्वन गरिनेछ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप