वीरेन्द्रनगर नगरपालिकाद्वारा ‘सहकारी प्रवर्धन सहकार्य’ का लागि १५ लाख बजेट प्रस्ताव
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वीरेन्द्रनगर नगरपालिकाद्वारा ‘सहकारी प्रवर्धन सहकार्य’ का लागि १५ लाख बजेट प्रस्ताव

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि डेढ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आज नगरसभामा आगामी आर्थिक वर्षका  लागि एक अर्ब ५६ करोड ५२ लाख ६२ हजार ६३५ बजेट प्रस्तुत गरिएको हो  । आर्थिक विकास शीर्षक अन्तर्गत ‘सहकारी प्रवर्धन सहकार्य’ कार्यक्रमका लागि आगामी आवको बजेटमा १५ लाख रुपैया प्रस्ताव गरिएको छ । यद्यपि, नगरपालिकाले तयार पारेको बजेटको उद्देश्यमा भने सहकारी विषय अटाएको छैन ।

नगरपालिकामा सहकारी र चालु आवमा भएका प्रगति

वीरेन्द्रनगर नगरपालिकाभित्र कार्यक्षेत्र भएका हाल २१७ वटा सहकारी संस्था रहेका छन् । चालु आर्थिक वर्षमा ३ वटा सहकारी संस्थाहरुको विनियम पुनर्लेखनको स्वीकृती र ९ वटा सहकारी संस्थाहरुको विनियम संशोधन गरिएको छ । १६ वटा सहकारी सस्थाहरुको सघन अनुगमन र नियमित ४२ गरि जम्मा ५८ वटा सहकारीहरुको अनुगमन गरि विभिन्न सुझावहरु दिइएको नगरपालिकाले जनाएको छ ।।

आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा सहकारी

संघ संस्था, सहकारी तथा गरिवी निवारणतर्फः

‘एक सहकारी एक उत्पादन कार्यक्रम’  वा ‘एक गाँउ एक उत्पादन’  नीति अबलम्बन गर्दै प्रत्येक वडामा कम्तिमा एक एक वटा सहकारी संस्था वा टोल समुहलाई ई कृषिमा आधारित व्यबसाय सञ्चालनमा सहजीकरण गरि नमूना सहकारी  वा टोल समुहको रुपमा विकास गरिनेछ ।

कृषि भूमिको खण्डीकरण रोक्न तथा खेतीयोग्य जग्गा बाँझो रहन नदिन “जमिन बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिऊँ” अभियानलाई आत्मसात गर्दे गह्रा सुधार तथा चक्लाबन्दी गरी लीज र जग्गा करार मार्फत व्यक्तिगत, सामुहिकर सहकारी खेती तथा खेर गएका ऐलानी, हैसियत बिग्रिएको जग्गा, नाङ्गो डाँडारपाखो, खेती नगरिएका बाँझो वा बगर जग्गामा खेती कार्यको लागि नीतिगत र आर्थिक संरक्षण सहितको विशेष प्रोत्साहन तथा अनुदान प्रदान गरिनेछ ।

सहकारी तथा गरिवी न्यूनीकरण तर्फः

सहकारीलाई संघीय सरकारको नीति अनुसार क्रमशः एकिकरण तथा मर्ज गर्दै लगिनेछ । विगतमा दर्ता भई निस्कृय भएका र नयां सहकारी संस्थाहरुलाई क्षमता विकासका कार्यक्रमहरुका लागि सहकारी शिक्षा नेतृत्व विकास एवम् सहकारी व्यवस्थापन लगायतका कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ । आवश्यकता अनुसार अनुगमनका आधारमा सहकारीहरुको दर्ता, अनुमति, खारेजी र विघटन  गरिनेछ । ‘एक सहकारी एक उत्पादन कार्यक्रम’ का लागि सहकारीलाई उत्प्रेरित गरिनेछ । जसका लागि उत्पादन परिमाणका आधारमा अनुगमन गरि अनुदानको व्यवस्था गरि उत्पादन प्रवर्द्धनमा जोड दिइनेछ । हाल सञ्चालनमा रहेका वा नयां  गठन हुने विभिन्न सहकारीहरुलाई वहुउत्पादन, प्रशोधन, तथा वजारीकरण तर्फ उन्मुख गराउन ती संस्थाहरुलाई प्रेरित गरिनेछ । सहकारीको माध्यामबाट विपन्न वर्गका सदस्यहरुको संलग्नतामा सञ्चालन हुने व्यवसायिक आयोजनाहरुलाई वित्तिय सहयोग उपलब्ध गराईनेछ । सवै सहकारीलाई चुस्त दुरुस्त वनाउनका लागि कोपोमिस सफ्टवेरमा आवद्ध गर्ने र सम्पति शुद्धिकरण सम्बन्धी ऐनमा व्यवस्था भए अनुसारका शुद्धीकरण मापदण्ड अवलम्वन गरिनेछ ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१८ घण्टा अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१८ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१८ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१८ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप