विराटनगर महानगरपालिकाको बजेटले सहकारीको प्राविधिकीकरणमा जोड दिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विराटनगर महानगरपालिकाको बजेटले सहकारीको प्राविधिकीकरणमा जोड दिने

विराटनगर ।  प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाले विहिबार आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि ४ अर्व १० करोड ३ लाख ३८ हजार रुपैंयाको अनुमानित बजेट सार्वजनिक गरेको छ । 
नगरसभाको आठौं अधिवेशनमा प्रस्तुत बजेटमा चालुतर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५ रुपैंया र पूँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार ७५ रुपैंयाको बजेट विनियिोजन गरेको हो । 

विराटनगर महानगरपालिकाको बजेटमा सहकारी 

महानगरले  विधुतिय शासन मार्फत सुशासन कायम गर्न सम्पूर्ण सहकारीहरुलाई प्राविधिकीकरण (डिजीटाईजेसन) मा जोड दिने उल्लेख गरेको छ ।
सहकारी संस्थाहरुको नियमित र सघन अनुगमन गरी संस्थागत सुशासन कायम गरिने र सहकारीको माध्यमबाट रोजगारी सिर्जना, गरिवी न्युनिकरण र सामुदायिक सशक्तिकरण गरिने निति तथा बजेटमा उल्लेख छ ।

पादर्शिता, प्रभावकारीता र जोखिम् न्युनिकरण गर्दै सहकरीलाई समृद्धिको साधन बनाईने भनेको छ  ।

समुदाय र सदस्यप्रति थप उत्तरदायी र जवाफदेही बनाउन विभिन्न कार्यक्रम मार्फत सहकारी संस्थाहरुको क्षमता अभिवृद्धि गरिने उल्लेख छ ।

सहकारीलाई गुणात्मक बनाउन सहकारी संस्थाहरुको एकीकरण कार्यलाई अगाडि बढाईने निति तथा बजेटमा जनाईएको छ ।

सहकारी संस्थाहरु मार्फत गरिने कर्पोरेट सामाजिक उत्तरदायित्व अन्र्तगतको कार्यक्रम महानगरपालिकाको समन्वयमा सञ्चालन गरिने भएको छ ।

सहकारी संस्थाहरुको समष्टिगत एकिकृत विवरण तयार गरी सहकारी प्रोफाईल तयार गरिने उल्लेख छ ।
 
महानगरपालिकाबाट सहकारी संस्था र शेयर सदस्यको हितका लागि बनाईएका कानुन कार्यविधिहरुका बारेमा सुसुचित गराईने निति तथा बजेटमा उल्लेख गरिएको छ ।

सहकारी संघसंस्थाहरुमा वचतकर्ताहरुले जम्मा गरेको रकमको सुरक्षाका लागि प्रभावकारी सुपरिवेक्षण गरि कार्वाही प्रक्रियालाई प्रभावकारी बनाइने उल्लेख छ ।

एक परिवार एक सहकारी सदस्यको अवधारणालाई कार्यान्वयनमा ल्याईने उल्लेख छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप