साकोसमा आन्तरिक नियन्त्रण प्रणाली विषयक भर्चुअल अन्तरक्रिया सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसमा आन्तरिक नियन्त्रण प्रणाली विषयक भर्चुअल अन्तरक्रिया सञ्चालन

काठमाडौं । सहकारी संस्थाको सञ्चालन तथा व्यवस्थापनका निम्ति सञ्चालक समितिको भूमिका महत्वपूर्ण हुन्छ साथै सञ्चालक वा व्यवस्थापन पक्षद्वारा गरिएका काम कारवाहीहरुको अनुगमन तथा नियमन गर्ने गरी सहकारीमा लेखा सुपरिवेक्षण समितिको व्यवस्था गरिएको हुन्छ । लेखा सुपरिवेक्षण समितिले संस्थाको आन्तरिक रुपमा अनुगमन, नियमन गरी संगठनलाई सही मार्गमा डोर्याउने भूमिका खेल्ने कार्य गर्दछ । 

सहकारी संस्थामा लेखा सुपरिवेक्षण समितिको भूमिका र काम कर्तव्य अधिकारको विषयमा साकोस प्रतिनिधिहरुलाई प्रशिक्षित गर्ने उद्देश्यसहित नेफ्स्कूनको आयोजनामा आज साकोसमा आन्तरिक नियन्त्रण प्रणालीका क्षेत्र तथा विधिहरु सम्बन्धमा भर्चुअल अन्तरक्रिया सञ्चालन भएको छ । 

नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमिल्सिनाले सहकारीमा लेखा सुपरिवेक्षण समितिको वर्तमान अवस्था, सहकारीमा आन्तरिक लेखा परिक्षणका क्षेत्रहरु, सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली, आन्तरिक लेखा परिक्षणका विधि तथा क्षेत्र, आन्तरिक लेखा परिक्षणको प्रतिवेदन ढाँचा र प्रस्तुतीकरण बारे विस्तृत र सरल तथा व्यावहारिक प्रशिक्षण दिनुभएको थियो । 

लेखा सुपरिवेक्षण समितिको प्रमुख कार्य स्वनियमनको माध्यमबाट सुशासन कायम गर्नु हो । लेखा सुपरिवेक्षण समिति साधारणसभाप्रति उत्तरदायि भएर काम गरेको हुन्छ ।

कार्यक्रम शुभारम्भका क्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सुशासित सहकारी संस्था निर्माणमा लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण रहने औल्याउँदै डिजिटाइज मुभमेन्ट मार्फत सहकारी अभियानलाई गतिशिल, प्रतिष्पर्धी साथै सुशासित र मर्यादित बनाउन सकिने दाबी गर्नुभयो । सहकारीमा आन्तरिक नियन्त्रण प्रणालीभित्रको महत्वपूर्ण विधि डिजिटल माध्यममार्फत मात्र अगाडि बढ्ने की यसलाई भौतिकमै सीमित गर्ने भन्ने विषयलाई अब परिष्कृत ढंगले समिक्षा गर्नुृपर्ने बेला आएको बताउनुभयो । 

नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले लेखा सुपरिवेक्षण समितिको भूमिका सुपरिवेक्षण गर्ने, आन्तरिक नियन्त्रण गर्ने र आन्तरिक लेखा परीक्षण गर्ने मात्र नभएर सहकारी संस्था सञ्चालन, व्यवस्थापन तथा समृद्धिका निमित्त मार्गदर्शक अंगका रुपमा रहनुपर्ने बताउनुभयो । नेपालको साकोस अभियानलाई मर्यादित र सुशासित बनाउन विश्व ऋण परिषद्ले जारी गरेका ४ सिन्द्धान्तमध्येको सुशासनको सिद्धान्तमा आधारित रहेर साथै नेफ्स्कूनले समय समयमा जारी गरेका मागदर्शनहरुको परिपालना र नेफ्स्कूनद्वारा प्रवर्दित गुणस्तर सुनिश्चिताका कार्यक्रमहरुमा सहभागी भएर संस्थाको नियमित अनुगमन, सुररिवेक्षण मार्फत साकोसमा सुशासन कायम गर्न सकिने विचार व्यक्त गर्नुभयो । प्रत्येक सहकारी संस्थाको लेखा सुपरिवेक्षण समिति क्रियाशिल रही आफ्नो भूमिकालाई प्रभावकारी र पारदर्शि बनाउन सके त्यस्तो सहकारी नमुना सहकारीको रुपमा रहने अर्थात संस्थामा कुनै समस्या नरहने दाबी उहाँले गर्नुभयो । 

उहाँले सहकारी संस्थाहरु विषेश गरी आन्तरिक, बाह्य र व्यक्तिगत सुशासनमा रहन जरुरी छ, यदि सहकारी संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापनले गरेको काम कारबाहि प्रति सदस्यहरु  विश्वस्त रहन सकेमात्रै सहकारी संस्था सुशासनको कसीमा रहन सक्ने दाबी गर्नुभयो । त्यसैगरी नेपाल सरकारले जारी गरेको आगामी आ.ब. २०७८ ०७९ को बार्षिक बजेटले आयकर सम्बन्धी छुट सुविधाहरुको विषयमा पनि जानकारी गराउनुभएको थियो । 

प्रस्तुतीकरण तथा सहजीकरणका क्रममा प्राचार्य तिमिल्सिनाले सहकारी ऐन २०७४ तथा नियमावली २०७५ ले गरेको लेखा सुपरिवेक्षण समितिको भूमिका सम्बन्धी व्यवस्था, लेखा सुपरिवेक्षण समिति सम्बन्धी विद्यमान धारणा बारे जानकारी गराउनुभएको थियो । लेखा सुपरिवेक्षण समितिले सुपरिवेक्षकको रुपमा गर्नुपर्ने कार्यहरु जस्तैः सञ्चालन समिति र व्यवस्थापनले गरेका कार्यहरु, बचत ऋण तथा आम्दानी खर्चको उपायोगिता, नीति निर्माण र परिपालनाको अवस्था, सदस्यप्रतिको सेवा सुविधा तथा दायित्व, कर्मचारी क्षमता विकासका कार्य र ऐन, नियम तथा सिद्धान्तहरु परिपालनाको भए नभएको सम्बन्धमा गर्नुपर्ने कार्य तथा क्रियाशिलताप्रति स्पष्ट पार्नुभएको थियो ।

त्यसैगरी आन्तरिक लेखा परिक्षण गर्ने अंगको रुपमा संस्थाको भाखा नाघेको ऋणको स्थिति, कारोबारलाई खातामा प्रविष्टी गर्ने व्यवस्था, सन्तुलन परीक्षण, नाफा नोक्सान, सम्पत्ति लभिलेख, नगद ताथ बैंक मौज्दाता विवरण, ऋण सुरक्षण र विविध कोष सम्बन्धी व्यवस्थाहरुबारे जानकारी गराउनुभएको थियो ।  

अन्तरक्रियाका क्रममा उठेका सहभागीहरुको जिज्ञासा उपर प्राचार्य गणेश प्रसाद तिमिल्सिना र बरिष्ठ तालिम अधिकृत बल्लभ तिमिल्सिनाले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा २ सय ८० भन्दा बढीको सहभागिता थियो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप