काठमाडौं र ललितपुरका साकोसहरुबीच विपद् जोखिम न्यूनीकरण सम्बन्धमा भर्चुअल अभिमुखीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काठमाडौं र ललितपुरका साकोसहरुबीच विपद् जोखिम न्यूनीकरण सम्बन्धमा भर्चुअल अभिमुखीकरण 

काठमाडौं । नेफ्स्कूनको आयोजनामा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा आबद्ध काठमाडौं र ललितपुरका साकोसहरुलाई लक्षित गरी विपद् जोखिम न्यूनिकरण सम्बन्धि भर्चुअल अभिमुखीकरण आज सम्पन्न भएको छ । नेफ्स्कूनले तयार पारेको विपद् जोखिम न्यूनीकरण निर्देशिकाको मस्यौदामाथिको छलफल र सहजीकरणका लागि देशव्यापी रुपमा अभियानबीच छलफल तथा अभिमुखीकरण सञ्चालन भइरहेका छन् । भूकम्प, बाढीपहिरो, कोभिड, आगलागी जस्ता प्राकृतिक प्रकोप र अन्य सम्भावित दुर्घटनाको आंकलन सहित पूर्व तयारी, जोखिम मूल्यांकन तथा उक्त जोखिमबाट हुने क्षति न्यूनीकरणका लागि अपनाइने रणनीतिहरु विषय समेटी तयार पारिएको निर्देशिकाका विषयमा अभियानबीच अभिमुखीकरण, छलफल साथै सुझाव संकलनको कार्यलाई महत्वका साथ अगाडि बढाइएको छ । 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सदस्य संस्थाहरुलाई अप्ठ्यारो परिस्थितिमा सहयोग गर्ने उद्देश्यले गत बर्ष १ अर्बको कोष छुट्याइएको र यस बर्ष पनि नेफ्स्कून र सहकारी बैंकको साझेदारीमा ३ अर्बको कोष व्यवस्थापन गरेकोले कुनै संस्था यदि अप्ठ्यारै परिस्थितिमा परेको भए उक्त कोष मार्फत सहयोग गर्न सकिने धारणा राख्नुभयो । 

अध्यक्ष पौड्यालले भनुभयो, महामारीको प्रभाव देशव्यापी छ, भावनात्मक सम्बन्ध र सहयोग एक ठाउँमा छ, सदस्य र संस्थाको दीगो विकासका लागि सोच्नुपर्छ, नीतिगत रुपमा सबैलाई एउटै डालोमा राखेर हेरिनुहुन्न । परिस्थिति हेरेर उचित व्यवस्थापन, संस्थाको वित्तिय सुरक्षा, वित्तिय समावेशीकरण र सदस्यहरुका लागि अवसर सृजना र आयश्रृंखला निर्माण गर्दै संस्थागत सुदृढीकरण र प्रबलीकरणमा ध्यानदिनुपर्ने उहाँले बताउनुभयो । 

हाल नेफ्स्कूनले साकोसका सेवाहरुलाई प्रतिष्पर्धी र प्रविधिमैत्री बनाउन नयाँ प्रविधिको शुरुवात गर्न गैरहेको र त्यसमा मुलुकका सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरुको ऐक्यबद्धता सहित अभियानका हरेक गतिविधिमा प्राविधिक सहजता प्रदान हुने बताउनुभयो । 

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले संघको अग्रसरतामा अभियानलाई स्तरीकृत गर्दै लैजाने उद्देश्यसहित मुलुकभर विविधि साकोस स्तरीकरणका कार्यक्रमहरु शुरु भइरहेको र यसमा काठमाडौं, ललितपुर र भक्तपुरका साकोसहरुको उत्साहजनक सहभागिताले पनि अभियानलाई उचाईमा पुर्याउन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । माहामारी सृजित विपद्बाट साकोसहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई संघले उचित निकास निकाल्ने गरी संयन्त्र, प्रविधि मैत्री सञ्जाल निर्माण साथै साकोस र जिल्ला बचत संघबीचको समन्वयबाटै अभियानको बृद्धि विकासका कार्यहरु थालनी भएको स्पष्ट पार्नुभयो । 

नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिपराज ढकालले प्रस्तुती सहित सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा प्रकोपको परिचय, विपद् र प्रकोपमा भिन्नता, पूर्व चेतावनी प्रणाली, विपद् जोखिम व्यवस्थापन चक्र, ऋण व्यवस्थापनका रणनीतिहरु, ऋण असुली सहनशिलता सम्झौता, विपद् जोखिम न्यूनीकरणका निर्देशक सिद्धान्तहरु र आधार दस्तावेजहरु, विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक संरचनात्मक व्यवस्था, विविध प्रकारका जोखिमहरु, विपद जोखिम म्याट्रिक्स सँगै निर्देशिकाका विविध विषयहरु समावेश गर्नुभएको थियो । 

कार्यक्रम सञ्चालन नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोविता मैनालीले गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

पाठकबाट थप