ओकूकी नवनियुक्त सिइओको त्यो पत्र
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ओकूकी नवनियुक्त सिइओको त्यो पत्र

एजेन्सी । विश्वभरका बचत ऋण सहकारीहरुको साझा सञ्जाल–विश्व ऋण परिषद् (ओकू) को प्रमुख कार्यकारी अधिकृतमा २ दशकको अनुभव बोक्नुभएकी एलिसा म्याक्कार्टर ला बोर्डे नियुक्त हुनुभएको छ । यद्यपि, औपचारिक कार्यभार आमागी अंग्रेजी महिनाबाट मात्र उहाँले सम्हाल्नुहुनेछ । ला बोर्डेको नियुक्तिसँगै विश्व सञ्जाल हाँक्ने व्यक्तिका बारेमा थप सोधीखोजी हुनु स्वाभाविक हो । नेपालको लागि त भने उहाँको नामसँगै त्यसले बोक्ने परिचयका आयामहरु पूर्णतः नौलो नै हो ।

कोभिड महामारीको पहिलो लहर सुरु भएपछि गत वर्ष उहाँले हाल कार्यरत भिटासका विश्वभर कार्यरत कर्मचारीहरुलाई लगातार साप्ताहिक रुपमा इमेलमार्फत पत्र पठाउने गर्नुहुन्थ्यो । ती पत्रहरु असहज परिस्थितिमा कर्मचारीहरुलाई उत्प्रेरित गर्ने खालका र उनीहरुको कामको कदर गर्ने हेतुले लेखिएको ला बोर्डेले उल्लेख गर्नुभएको छ । कर्मचारीहरुलाई मात्र लेखिएका ती पत्रहरु थप वृहत् रुपमा प्रकाशित गर्दा लाभदायक हुने धारणा धेरै कर्मचारीहरुबाट आएको भन्दै ला बोर्डेले तीमध्ये ११ औं हप्तामा लेख्नुभएको एउटा पत्र सार्वजनिक गर्नुभएको छ ।

ला बोर्डेले गत वर्ष अर्थात् सन् २०२० को जुन ६ (शनिवार) प्रेषित गरेको उत्र पत्रमा उहाँले भिटासका इराकका ३ र इजिप्टका २ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको भन्दै उत्प्रेरणामुलक, मसिनो तर महत्वपूर्ण कुराहरु मार्मिक रुपमा समावेश गर्नुभएको छ । मुख्य कुरो उक्त पत्रमा उहाँले आफुलाई मनपर्ने स्तम्भकार (पत्रिकामा नियमित रुपमा लेख, विचार वा स्तम्भ लेख्ने व्यक्ति) डेभिड ब्रुक्सले उल्लेख गरेको ‘यदि हामीसँग सही नेतृत्व भएको भए’ विषय उप्काउँदै नेतृत्वको भूमिका वा विकासका बारेमा मीठो प्रसङगहरु उल्लेख गर्नुभएको छ ।

ती स्तम्भकारको भनाई सापटी लिर्दै उहाँले भन्नुभएको छ, ‘सही नेतृत्व भनेको हामी वरपरकै मानिसहरु हुनुहुन्छ, संकटले सिकाएको पाठ के हो भने विपदमा सहयोग समाजको कुनै माथिल्लो वा केन्द्रीय निकायबाट एकमुष्ठ आउने होइन, हामी वरपरकै व्यक्तिहरुबाट आउँछ । नेतृत्वको खोजी अन्यत्र होइन आफु वरपरनै खोज्नुहोस् । अग्रभाका सेवा प्रदायक व्यक्तिहरु जस्तै चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, स्वयंसेवीहरु, बैंक तथा वित्तीय संस्थामा संकटको समयमा पनि सेवा निरन्तरता दिने व्यक्तिहरु, आदि ।’ यसरी ला बोर्डेले हरेक व्यक्तिमा नेतृत्व क्षमता लुकेको हुन्छ, जुनसुकै व्यक्ति जहाँको भएपनि उसँग नेतृत्व क्षमता हुन्छ, खासगरी यस किसिमका संकटले हामीमध्येकै सामान्य व्यक्तिहरुबाट नेतृत्व जन्माउँदछ भन्नुभएको छ । अन्त्यमा ला बोर्डेले परिवर्तनका लागि काम गर्न सधै तत्पर आफ्नो व्यवस्थापन समूहको प्रशंसा गर्नुभएको छ ।

ला बोर्डेको शिक्षा र व्यावसायिक अनुभव

वित्तीय समावेशीता तथा आर्थिक विकासको क्षेत्रमा ला बोर्डेको लामो अनुभव रहेको छ । उहाँले उक्त विषयमा प्राध्यापन समेत गर्दै आउनुभएको छ । हाल सन् २००९ देखि भिटास नामक संस्थामा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ जसले मध्यपूर्वका २७ वटा मुलुकमा मानवीय सहायतका कामहरु सञ्चालन गर्दै आएको छ । ती मुलुकहरुमा उक्त संस्थाले लघुवित्त कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । त्यससँगै उहाँ ग्लोबल कम्युनिटिज् नामक संस्थाको उपाध्यक्ष समेत हुनुहुन्छ । त्यस्तै, वासिङ्टन डिसीस्थित जोन्स हप्किन्स स्कूल अफ अड्भान्स्ड इन्टरनेशनल स्टडिज विश्वविद्यालयमा वित्तीय समावेशिता विषयमा उहाँ अध्यापन समेत गर्नुहुन्छ । अमेरिकाको जर्ज टाउन विश्वविद्यालय, साइन्सेस पो, भ्यान्डरविल्ट विश्वविद्यालयसँगै सिङ्गापुरको इन्सीड क्याम्पसबाट वित्तीय समावेशिता, आर्थिक विकास र अन्तर्राष्ट्रिय विकाससँगै डिजिटल युगमा वित्तीय संघ संस्थाहरुको रणनीति लगायतका विषयममा औपचारिक अध्ययनहरु पूरा गनुृभएकी उहाँले 

Women's Perspectives on Human Security: Violence, Environment, and Sustainability

 Women and Microfinance: Why We Should Do More

Mergers in Microfinance: Twelve Case Studies

Tying The Knot: A Guide to Mergers in Microfinance

४ पुस्तकमध्ये २ वटा एकल र अरु सह–प्रकाशन गर्नुभएको छ । अंग्रजी बाहेक फ्रेन्च भाषामा उहाँको पूर्ण दख्खल छ भने स्पेनिस् भाषामा कामचचाउ ज्ञान छ । उहाँको परिवारका सदस्यहरुमा पति, ३ सन्तान सहित एक माछालाई पनि उल्लेख गरिएको छ । ग्लोबल कम्युनिटिज्को स्थापनामा समेत ला बोर्डेको योगदान रहेको थियो भने पछिल्लो समयसम्म त्यसको रणनीतिक मार्गचित्र निर्माणमा उल्लेख्य भूमिका खेल्नुभएको बताइएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

पाठकबाट थप