‘सदस्यहरु सर्वोत्कृष्ट सम्मानको भागेदार’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सदस्यहरु सर्वोत्कृष्ट सम्मानको भागेदार’

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी उपाध्यक्ष शान्ति अधिकारीले सहकारीहरुले सदस्यहरुसँग सर्वोत्कृष्ट व्यवहार गर्नुपर्ने बताउनुभएको छ । उहाँले सहकारीहरु भनेकै सदस्यहरुको इच्छा चाहनाहरु सेवा र उत्पादनमार्फत पूरा गर्ने थलो भएकाले उनीहरु उच्च सम्मानको भागेदार भएको उल्लेख गर्नुभयो । सन् १८४४ मा स्थापित विश्वको पहिलो सहकारीको उदाहरण दिदैं उहाँले सदस्यकै हितको लागि रोचडेल एक्विटेबल पायोनिर्यस सोसाइटी स्थापना भएको इतिहास स्मरण गर्नुभयो । 

स्याङ्जा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले नेफ्स्कूनको प्राविधिक सहकार्यमा आज आयोजना गरेको सदस्य सम्बन्ध विषयक भर्चुअल तालिममा प्रमुख अतिथि नेफ्स्कून उपाध्यक्ष अधिकारीले पछिल्लो समय सदस्यले सञ्चालकहरुलाई नमस्कार गर्दिउन भन्ने चाह राखेको भन्दै ‘व्यावसायिकताको नाममा सदस्य सम्बन्धलाई फरक दृष्टिकोणबाट हेर्न थालिएको हो कि ?’ भनी प्रश्न गर्नुभयो । सहकारीका आधा दर्जन आधार मुल्यहरुको उदाहरण दिर्दै उपाध्यक्ष अधिकारीले तिनले संस्था र सदस्यबीच सेतुको काम गर्ने बताउनुभयो । ‘हामीले सहकारीका सिद्धान्त, मूल्य र मान्यताहरुलाई शीरमा राखेर संस्था स्थापना गरेका हुन्छौं, ’उहाँले भन्नुभयो, ‘तिनकै आधारमा सदस्यहरुको जीवनपद्धतिमा सकारात्मक परितर्वन ल्याउने काम गर्नुपर्छ ।’ 

उहाँले प्रविधिमार्फत सेवा, वित्तीय साक्षरता, पारिवारिक बजेट निर्माण जस्ता कुराहरुमा सदस्यहरुलाई सहजीकरण गर्नुपर्ने आवश्यकता पनि जोड दिनुभयो । स्याङ्जा जिल्ला बचत संघ लि.का अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठले जिल्लास्थित सबै सहकारीहरुका लागि उपयोगी र महत्वपूर्ण तालिम आयोजना गरिएको बताउनुभयो । तालिमले सदस्य संख्यालाई कसरी विस्तार गर्ने मात्र होइन भैरहेका सदस्यहरुलाई कसरी बचाइ राख्ने भन्ने विषयमा पनि जानकारी उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । तालिममा सक्रियतापूर्वक सहभागी भई सिकेका कुराहरु संस्थामा लागू गर्न पनि कार्यक्रममा सभापति एवम् जिल्ला बचत संघका अध्यक्ष श्रेष्ठले सहभागीहरुसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले सदस्य सम्बन्धका आयामहरुका बारेमा स्पष्ट रुपमा प्रस्तुति गर्नुभएको थियो । सदस्य सम्बन्ध जस्तो महत्वपूर्ण विषयमा संस्थाको स्पष्ट धारणा र आचरण बनाउनुपर्ने बताउनुभयो । अधिकृत कोइरालाले सदस्यहरुलाई केन्द्रमा राखेर योजना, नीति, निर्माण र कार्यक्रमहरु बनाउनुपर्ने, संस्थाको सञ्चालक समितिदेखि कर्मचारीहरुले हरेक सदस्यको भूमिकालाई महत्व दिनुपर्ने बताउनुभयो । उहाँले सहकारी ऐनको प्रावधान अनुसार एक सहकारी एक सदस्यको विषय पनि सदस्य सम्बन्धसँग जोडिने बताउनुभयो । सदस्यहरुले उत्कृष्ट संस्था रोज्ने भनेकै सदस्य सम्बन्धलाई बिशेष महत्व राख्ने संस्था भएकाले अरुभन्दा पृथक बन्न सम्बन्धहरुमा भ्यालु अ्याड गर्नुपर्नेमा जोड दिनुभयो । संघका सचिव अच्यूत पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा यादव राज शर्माले तालिमको उपलब्धिहरुको चर्चा गर्दै समापन गर्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप