जिल्ला सहकारी संघ चितवनलाई महासंघको ‘उत्कृष्ट सहकारी पुरस्कार’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला सहकारी संघ चितवनलाई महासंघको ‘उत्कृष्ट सहकारी पुरस्कार’ 

काठमाडौं । मुलुकको सहकारीको जननी जिल्ला चितवनस्थित जिल्ला सहकारी संघ लि. चितवनलाई राष्ट्रिय सहकारी महासंघ नेपालले आज ‘उत्कृष्ट सहकारी पुरस्कार’ बाट सम्मानित गरेको छ ।
गत राष्ट्रिय सहकारी दिवसमा घोषित उक्त पुरस्कार आज ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित एक कार्यक्रमका बीच प्रदान गरिएको हो । चितवन जिल्ला सहकारी संघका अध्यक्ष हरि पौडेललाई प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लिलानाथ श्रेष्ठ र महासंघका अध्यक्ष मिनराज कडेलले दोसल्ला, माला, प्रमाणपत्रसहित चेक हस्तान्तरण गर्नुभयो ।

२०१७ सालमा दर्ता आधिकारिकता पाएको चितवन जिल्ला सहकारी संघ लि ले सेवारम्भ भने २०१३ सालदेखि गर्दै आएको हो । संस्थाको दिगोपना र व्यवासायिक स्वरुपसँगै सदस्यहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि तोरी मिलमार्फत जिल्लामा मात्र नभई देशभर शुद्ध तोरीको तेल उपलब्ध गराउँदै आएको छ । सँगै मसलन्द बिक्रिलाई पनि निरन्तरता दिएको छ । 

संघले आफ्नो १ विघा क्षेत्रफलमा सम्पूर्ण मापदण्ड पूरा गरी नेपालकै ‘क’ वर्गमध्येको नमुना पेट्रोल पम्प पनि सञ्चालन गरेको छ । त्यस्तै, संघले सहकारी बजार विकास कार्यक्रम अन्तर्गत ३ वटा पालिकामा १२ वटा सहकारी छनोट गरी तरकारी तथा फलफुलको काम समेत गर्दै आएको छ । यस अन्तर्गत सञ्चालित  ८ वटा तरकारी संकलन केन्द्रका लागि ८ वटा गाडी, २ वटा ट्यांकटर संघले उपलब्ध गराएको छ । तरकारी संकलन हुने ठाउँमा ५ वटा कोल्ड स्टोर पनि निमार्ण भैसकेको छ । पेट्रोल पम्पतर्फ १८ जना, संघमा ७ जना, सहकारी बजार विकास कार्यक्रम अन्तर्गत २ जना गरी संघ अन्तर्गत हाल २७ कर्मचारी कार्यरत छन् ।  संघले शिक्षा र तालिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ भने विषयगत संघलाई निःशुल्क भवन उपलब्ध गराएको छ । रोजगारी सृजना, तालिमहरु सञ्चालनदेखि सहकारी मुद्दाहरुमा बहसपैरवी यसका प्राथमिक काम हुन् । 

७ विघा, ३ कठ्ठा ९ धुर जग्गा र २ भवन स्थायी सम्पत्ति रहेको संघको चुनौती हाल कायम ३ सय ८४ सदस्य संख्यामा  विभिन्न पालिकामा दर्ता भएका ३ सय ४८ संघ संस्थाहरु थप्ने हो । संघको फुलबारीस्थित अढाई बिघा जमीनमा तरकारी प्रशोधन स्थापनाको डिपिआर तयार भैसकेको छ भने पुरानो तोरी मिललाई आधुनिक स्वाचालित स्वरुप दिदैं तेलमा विविधता पस्कने योजना समेत अघि सारेको छ ।  संघ यसअघि पनि तत्कालीन राष्ट्रिय सहकारी संघबाट २०५७ सालमा उत्कृष्ट सहकारी पुरस्कार, त्यस्तै राष्ट्रिय सहकारी बैंकबाट २०७६ सालमा उत्कृष्ट संघ पुरस्कृत भैसकेको छ ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप