अभियानको दिगोपनाका लागि नेफस्कून–साकोस व्यावसायिक सम्बन्ध महत्वपूर्ण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अभियानको दिगोपनाका लागि नेफस्कून–साकोस व्यावसायिक सम्बन्ध महत्वपूर्ण 

बुटवल । नेफस्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले साकोसहरुले संघ सँगको कारोबारलाई अरु बैक तथा वित्तीय संस्था सरह गणितीय नाफामा मात्र तुलना गर्न नमिल्ने बताउनुभएको छ । नेफ्स्कूनको आयोजना तथा अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघ लि को समन्वयमा सहकारीका समसामयिक विषयहरुमा आज मध्यान्ह आयोजित भर्चुअल कार्यक्रमका प्रमुख अतिथि संघका बरिष्ठ उपाध्यक्ष ढकालले नेफ्स्कूनसँगको कारोबार ऐक्यबद्धता र सञ्जाल सहकार्यका लागि भएकोमा जोड दिनुभयो ।

अभियानको  दिगोपनाका लागि साकोसहरु र संघबीच पारस्परिक व्यावसायिक सम्बन्ध आवश्यक भएको उहाँले बताउनुभयो । नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय व्यवस्थापन उप समिमित संयोजक समेत रहनुभएका ढकालले ग्रामाणी क्षेत्रका साकोसहरुको पहँुचमा नेफस्कूनका उत्पादन तथा सेवाहरुमा पुर्याउनुपर्ने पर्ने आवश्यकताका आधारमा सेवा केन्द्र तथा सम्पर्क कार्यलय खोल्न सकिने धारण नेफ्स्कून प्रबक्ता समेत रहनुभएका ढकालको थियो । एक फरक प्रसङ्गमा उहाँले जिल्ला संघ साझेदारी कार्यक्रमलाई ग्रेडीङ्ग गरेर व्यावाहारिक र प्रभावकारी बनाउँदै लगिने समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपालले सदस्यहरुको बचतको सुरक्षित लगानी प्रमुख चुनौती भएको धारण राख्नुभयो । ग्रामीण क्षेत्रका संस्थाहरुको प्रवर्धन र बिकासका लागि नेफ्स्कूनले संचालन गरेका गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा जिल्लाका अगुवा संस्थाहरु सहभागी हुनुपर्ने धारण राख्नुभयो । अध्यक्ष नेपालले दुरदराजका संस्थाहरुको संस्थागत बिकासका लागि संघको आधारशिला कार्यक्रम सहयोगसिद्ध हुनेभएकोले जिल्लाका स्थानीय निकायसँग जिल्ला संघले  समन्वय गर्नुपर्ने धारण राख्नुभयो ।

कार्यक्रममा प्रदेश सहकारी संघका संचालक एबम जिल्ला संघका निर्बतमान अध्यक्ष प्रकाश भुषालले राज्यले सहकारी क्षेत्रलाई उपेक्षा गर्दा र साकोस अभियान कठिन मोडमा हुँदा नेफस्कूनले कवचको काम गरेको बताउनुभयो । उहाँले अर्घाखाँचीको साकोस अभियानको संक्षिप्त तथ्याङ्क प्रस्तुत गर्दै नेफस्कूनले सहर केन्द्रीत र ठूला संस्थाको मात्र होइन ग्रामीण क्षेत्रका ससाना संस्थाहरु र जिल्ला बचत संघको समेत अभिाभवकत्व ग्रहण गर्नुपर्ने धारण राख्नुभयो ।

कार्यक्रमका सभा अध्यक्ष जिल्ला बचत संघ अर्घाखाँचीका अध्यक्ष द्रोण भुषालले कोभिड मार्फत मृत्यृवरण गर्ने सहकारीकर्मीहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै भर्खर बामे सर्ने अबस्थामा रहेको जिल्लाको सहकारी अभियानमा महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा नेफस्कूनप्रति कृतज्ञता प्रकट गर्नुभयो । यस्ता कार्यक्रमले नेफस्कून र प्रारम्भिक संस्थाहरुबीच सम्बन्ध अझ निकट बनाउने धारण उहाँले ब्यक्त गर्नुभयो । अध्यक्ष भुषालले ग्रामीण क्षेत्रका  सहकारीहरुले आधारभूत स्तरका प्राविधिक तथा कानूनी समस्यहरुको समेत सामना गर्नुपरिरहेकोले जिल्ला संघ, प्रदेश र केन्द्रीय संघले एकीकृत भई स्थानीय निकायसँग सधन समन्वय र ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला संघका संचालकहरु, बिषयगत संघका संचालकहरु, प्रदेश संघका संचालकहरु, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतका संचारकर्मीहरुको आतिथ्यता रहेको थियो । प्रारम्भिक संस्थाका संचालक र ब्यबस्थापन गरी ४५ जनाको सहभागीता कार्यक्रमम थियो । बचत संघका सचिव धर्मराज भुसालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमा नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले सहकारीमा करको ब्यबस्था, व्यवसाय निरन्तरता, माहमारीमा ऋण ब्यबस्थापनका रणनितिहरु, सम्पत्ति शुद्धीकरण लगायतका विषयमा प्रस्तुतिकरण गर्नु भएको कार्यक्रम संञ्चालन संघका रुपन्देही फिल्ड कार्यलय इन्चार्ज छत्र प्रसाद धमलाले गर्नु भएको थियो ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप