त्रिविमा आगामी शैक्षिक सत्रबाट MBA in Cooperative and Entrepreneurship
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
त्रिविमा आगामी शैक्षिक सत्रबाट MBA in Cooperative and Entrepreneurship

काठमाडौं । आगामी शैक्षिक सत्रबाट त्रिभुवन विश्वविद्यालय अन्तर्गत MBA in Cooperative and Entrepreneurship पढाइ सुरु हुने भएको छ । सहकारी र उद्यमशीलता सम्बन्धमा सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षा पनि समाहित गरी व्यवहारोपयोगी, समय सान्दर्भिक र बजारको मागलाई पनि सम्बोधन हुने गरी पाठ्यक्रम तर्जुमाको तयारी सुरु भैसकेको छ । यो समग्रह सहकारी अभियानको लागि सुखद समाचार हो । 

यस विषयमा राष्ट्रिय सहकारी महासंघ र त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकाय विभागबीच यस विषयमा असार २० गते सम्झौता पत्रमा हस्ताक्षर भएको छ । महासंघले यस विषयमा लामो समयदेखि पहल गर्दै आएको थियो । महासंघका विभिन्न फोरमहरुमा यो विषयले प्रधानता पाउदै आएको थियो ।

केन्द्रीय विश्व विद्यालयमा महासंघका तर्फबाट महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बा र विश्वविद्यालयकातर्फबाट व्यवस्थापन संकाय केन्द्रीय विभाग प्रमुख प्रा डा. रामजी गौतमले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कडेल, निवर्तमान अध्यक्ष केशबप्रसाद बडाल, बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, नायब महाप्रबन्धक बाबुल खनाल लगायत त्रिवि व्यवस्थापन संकायका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

महाप्रबन्धक सुब्बाले भन्नुभयो, ‘अब आगामी भदौं (२०७९ साल) बाट त्रिविमा सहकारी विषयमा एमबीए कक्षा सञ्चालन हुन्छ, त्यसको तयारी धमाधम भैरहेको छ । व्यवस्थापन संकायका डीन यो विषयमा एकदमै सकारात्मक हुनुभएको र उहाँकै जोड बलमा यी कामहरुले आकार लिन लागेकोले आगामी शैक्षिक सत्रबाट सहकारी विषयमा स्नातकोत्तर कक्षा सञ्चालनमा आउनेमा महासंघ विश्वस्त छ । ’त्रिवि व्यवस्थापन संकाय केन्द्रीय विभागले पाठ्यक्रमको तयारी सुरु गरेको र त्यसलाई अन्तिम रुप दिने समयमा अभियानको पनि राय सल्लाह लिने सहमति भएको उहाँले साकोस आवाजलाई जानकारी गराउनुभयो । खासगरी प्रयोगात्मक कक्षाका सम्बन्धमा महासंघको भूमिका त्रिविले खोजेको छ ।

२ वर्षे सेमेष्टर प्रणालीमा पठाइ समाप्त भएपछि Intern का रुपमा  सहकारी संघ संस्थाहरुमा काम गर्ने अवसर उपलब्धताको लागि त्रिविले कुरा राखेको छ भने महासंघ पनि त्यसमा सकारात्मक रहेको धारणा महाप्रबन्धक सुब्बाले जानकारी गराउनुभयो । यी सबै प्रक्रियाहरु अघि बढेपछि कक्षा सञ्चालनको पूर्व सन्ध्यामा पुनः त्रिवि उपकुलपति र महासंघको उच्च तहबीच पुनः सम्झौता हुने उहाँले बताउनुभयो । सहकारीमा राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यतासहितको शिक्षित जनशक्तिको खोजी भइरहेको सन्दर्भमा मुलुककै पुरानो र ठूलो विश्वविद्यालयमा सहकारी विषयमा स्नातकोत्तर कोष सञ्चालनको तयारीलाई गन्तव्यमा पुर्याउन अभियानको पूर्ण साथ र सहयोग महासंघले खोजेको महाप्रबन्धक सुब्बाले उल्लेख गर्नुभयो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप