‘मुगु र मकवानपुरले मन छोयो’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘मुगु र मकवानपुरले मन छोयो’

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर असार १९ गते विभिन्न विधा र व्यक्तिलाई पुरस्कृत गर्यो । सबै सम्मान र पुरस्कार प्रापकहरु उत्तिकै हकदार हुनुहुन्थ्यो भने ति सम्मानहरुको गरिमा पनि उत्तिकै थियो । पुरस्कारसम्बन्धी कार्यक्रममा देखाइएको वृत्तचित्र हेरेपछि सम्बोधन गर्नुभएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सुरुमै भन्नभुयो, ‘मुगु र मकवानपुरले छोयो ।’

महासंघले यस वर्ष दिपक प्रकाश बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार र जिल्ला सहकारी संघ लि. चितवन लाई उत्कृष्ट सहकारी पुरस्कार २०७७ बाट पुरस्कृत गरेको छ । यसैगरी, प्रदेशगत रुपमा ‘उत्कृष्ट व्यवसाय पुरस्कार’ शीर्षकमा प्रदेश नं १ बाट सुनसरीको तरहरास्थित कामधेनु दुग्ध विकास सहकारी संस्था लि., प्रदेश नं २ बाट सप्तरीको फत्तेपुरस्थित त्रियुगा सहकारी संस्था लि., बागमती प्रदेशबाट धादिङस्थित महिला साना किसान कृषि सहकारी संस्था लि.,गण्डकी प्रदेशबाट दुम्सीदुग्ध उत्पादक सहकारी संस्था लि. तनहुँ, लुम्बिनी प्रदेशबाट बर्दियाको ठाकुरबाबा नगरपालिका भुरीगाउँस्थित हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. लाई पुरस्कृत गरेको हो ।

हाइब्रिड मोडलमा सञ्चालन गरिएको यस वर्षको २७ औं संयुक्त राष्ट्र संघीय सहकारी दिवस तथा २८ औं राष्ट्रिय सहकारी दिवसको कार्यक्रममा सहकारी सचिव पाण्डेले जोड दिनुभएको मुगु र मकवानपुरको पुरस्कारको विषय साँच्चिनै बिशेष महत्वको राख्दछ ।  मुगुस्थित दलित महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.ले कर्णाली प्रदेशको ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार’ प्राप्त गर्दा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.की व्यवस्थापक सुमित्रा कुमारी वाइबा ‘उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार’ बाट सम्मानित हुनुभयो ।

मुगु र मकवानपुरले यसकारण छोयो मन

भौगोलिक विकटतासँगै लैङ्गिक र जातिय विभेदका गाठाँहरु फुकाउँदै दलित समुदायका महिलाहरु सहकारीमार्फत आर्थिक सामाजिक परिवर्तनका लागि अघि बढ्नु कम प्रशंसनीय छैन । सचिव पाण्डेको मन यस कारण पनि छोएको स्पष्ट हुन्छ । सुदूर विकटका दलित महिलाहरुको अवस्था अझै परिवर्तन हुन नसकेका प्रशस्त उदाहरणहरु छन् । जात र लिङ्ग तगारो बनेर बारम्बार तेर्सिरहेका विषयहरु नचाहँदा नचाहँदैपनि समाचारका हेडलाइन बन्छन् ।

यस्तो प्रतिकुलताबीच अनुकुलता खोज्न स्थानीय महिलाहरुले सहकारीको टेको समाउदा अभियानको लागि पनि गर्व गर्ने विषय हो । सहकारीको मर्म र धर्म पनि यही हो । यद्यपि, यतिमा मात्र संस्था  महासंघको पुरस्कारको हकदार नभएको महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ सुब्बा बताउनुहुन्छ । ‘उहाँहरुले सहकारीका रुपमा संगठित हुने मात्र होइन नाम अनुसारको बहुउद्देश्यीय स्वरुपमा पिठ्युँमा धाप मार्न लायक काम पनि गर्नुभएको छ ।’ यही आशय सचिव पाण्डेको सम्बोधनमा अन्तर्निहित भएको हुनुपर्दछ ।

दलित महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.को सदस्य संख्या सयबाट हजार पुग्न र कारोबार लाखबाट करोड पुग्न अझै धेरै सयम लाग्छ तर पनि त्यहाँको लागि हाल जे जति कारोबार र गतिविधिहरु संस्थाले गरिरहेको छ त्यो नै पुरस्कारका लागि ‘मोर द्यान इनफ’ भएको तर्क महासंघ महाप्रबन्धक सुब्बाको छ । संस्थालाई जिल्लास्थित छायानाथ नगरपालिकाले पनि पुरस्कारका लागि सिफारिश गरेको थियो ।

प्यानमा दर्ता गर्नेदेखि, समयमै कर दाखिला गर्ने, लेखापरिक्षण गराउने र आफ्ना गतिविधिहरुलाई कहीकतै प्रश्न नउठ्ने गरी संस्थाले बचतको बानी विकास तथा आवश्यक ऋण लगानी, सरकारी तथा गैर सरकारी संघ संस्थासँगको साझेदारीमा कृषि परियोजना, कुखुरा, बाख्रा तथा गाईपालन, मौरीका घार वितरण, आधुनिक चुल्हो र सोलार वितरण, स्याउको चाना वितरण, लालीगुरासँको जुस उत्पादन, स्याउको चाना बनाउने मेसिन वितरण, कोदो फापरको उत्पादन गरी बजारीकरण गर्ने, तरकारी खेतीका लागि लिजमा जग्गा वितरण आदि काम गर्दै आएको छ । महासंघको पुरस्कारले महिलाहरुलाई उत्साह र उर्जा थप्दै अघि बढ्ने निश्चित छ । केही महिनाअघि काठमाडौं झर्नुभएकी संस्थाकी अध्यक्षले साकोस आवाजसँगको भिडियो संवादमा पनि संस्थालाई अघि बढाउन सहकारी अभियान र सरोकारवालाहरुबाट साथ र सहयोगको अपेक्षा राख्नुभएको थियो ।

अब अभियानको आँखा १३ जनाको कृषि समूहका ३१ जनाबाट २०६४ सालमा सहकारीमा रुपान्तरित उक्त संस्थालाई कसरी प्रगतिउन्मुख गराउने, वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउने, तालिम र शिक्षाका कार्यक्रमहरु सञ्चालक, कर्मचारी र सदस्यहरुसम्म पुर्याउने भन्नेतर्फ केन्द्रीत हुनुपर्ने देखिन्छ । उक्त संस्थालाई सबैको साथ र सहयोगले प्रवर्धित गर्न सक्दा भोलिका दिनमा अभियानले प्रस्तुत गर्न सक्ने बलियो उदाहरणीय संस्था बन्नसक्ने विश्वास गर्न सकिन्छ ।

मुगुबाट अब मकवानपुर झरौं 

महासंघले यस वर्षबाट आफ्ना सदस्य संघका कर्मचारीहरुमध्येबाट एक जनालाई उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार प्रदान गर्ने नीति अनुरुप मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी व्यवस्थापक सुमित्रा कुमारी वाइबालाई प्रदान गरेर थालनी गरेको छ । सहकारी सचिव पाण्डेलाई यो विषयले पनि मन छोयो । हुनपनि महासंघले कर्मचारी पुरस्कारको थालनी नै काठमाडौं बाहिरको संघको महिला व्यवस्थापकबाट गर्यो । ‘सुमित्राजीको खारिएको सहकारी अनुभव, प्रशिक्षक प्रशिक्षणदेखि अन्य थुप्रै तालिमहरु प्राप्त गरेको र परिणामले पुष्टि गरेका कारण उहाँ पुरस्कार प्राप्त गर्न सफल हुनुभएको हो,’ महाप्रबन्धक सुब्बाले भन्नुभयो, ‘बचत संघले उहाँको कार्यसम्पादन मुल्याङ्न ९० प्रतिशतभन्दा बढी गरेको थियो ।’

२०४४ सालमा मकवानपुरको मध्यम कृषक परिवारमा जन्मिनुभएकी वाइबा २०६५ सालदेखि सहकारीमा लाग्नुभएको थियो । शिक्षामार्फत सामर्थ्य आर्जनका लागि व्यवस्थापनमा स्नातक पढ्दै काम पनि अघि बढाउनुभयो । कार्यालय सकेर बेलुकी घर घुर्न गाडी नपाउनेदेखि कलेज भ्याएर सिधैं कार्यालय गई कैयौं दिन बिहानी खाना ‘स्किप’ गरेका प्रशस्तै उदाहरण उहाँका मानसपटलमा अमेट छन् । आफु प्रवेश गर्दा १५ संस्था सदस्य रहेकोमा हाल त्यो सख्ंया १ सय ४० पुगेको र लाखमा सीमित कारोबार आधा अर्ब उक्लिएकोमा वाइबा गर्वानुभूति गर्नुहुन्छ । कार्य दायित्वसँगै बाइवासँग १ छोरा, श्रीमान् र सासु ससुराको रेखदेखको घरायसी जिम्मेवारी पनि छ ।

यी दुबैलाई सन्तुलित गरी व्यवस्थापकीय बागडोरलाई कुशलतापूर्वक निर्वाह गर्न सक्नु धेरै महिलाहरुका लागि उदाहरण पनि हो । वाइबा यसलाई निरन्तरता, दक्षता र सन्तुलनको कदर भन्नुहुन्छ । सामाजिक सञ्जालमार्फत पुरस्कार पाएकोमा खुसी व्यक्त गर्दै उहाँले यसरी पुरस्कार पाउँला भन्ने नसोचेको प्रतिक्रिया दिनुभएको छ । पुरस्कारले सहकारीमा थप उर्जासहित सक्रियताको माग गरेको उल्लेख गर्नुभएको छ भने बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठले व्यवस्थापकलाई बधाई दिदैं पुरस्कार संघमा काम गर्ने प्रत्येक कर्मचारीको भएको उल्लेख गर्नुभएको छ ।

हुन पनि हो, सहकारीमा दैनन्दिन काम गर्ने र सञ्चालक समितिले निर्माण गरेको नीतिहरु कार्यान्वयन तहमा लागी अपेक्षाकृत (त्यो भन्दा बढी) सफलता दिलाउन खट्ने व्यवस्थापन समूह हो । वाइबाले प्राप्त गरेको पुरस्कार मकवानपुर जिल्ला बचत संघको मात्र होइन मुलुकभरका सहकारी संघ संस्थाहरुमा काम गर्ने व्यवस्थापन समूह र त्यसमाथि महिलाहरुका लागि भोलिको सुखद सम्भावना हो । आशासँगै विश्वास गर्न सकिन्छ वाइवाले प्राप्त गरेको पुस्कारले उहाँको लगनशिलता, इमान्दारी र कर्तव्यबोधका पखेटाहरु थप फिजिन पाउनेछन् अनि सहकारी सचिव पाण्डेको मन पनि भोलिका दिन थुप्रै सहकारी साधक र संघ संस्थाले छुन सफल हुनेछन् ।

मुगु र मकवानपुरका पुरस्कार- दुबै महिला मैत्री भएका छन् जसका लागि संस्था र व्यक्ति दुबै हकदार पनि हुनुहुन्छ । त्यसो त बागमती प्रदेशबाट पुरस्कृत धादिङको संस्था पनि महिलाहरुले नै सञ्चालन गरेको हो । यस कारण पनि यी पुरस्कारहरुले पुरुषहरुसँगै सम्पूर्ण महिलाहरुलाई थप हौसला प्रदान गरेको मान्न सकिन्छ ।

 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

पाठकबाट थप