चाँगुनारायण नगरपालिका सहकारीमैत्री छ : नगरप्रमुख मिश्र
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चाँगुनारायण नगरपालिका सहकारीमैत्री छ : नगरप्रमुख मिश्र

भक्तपुर । चाँगुनारायण नगरपालिका सहकारीमैत्री नगरपालिका भएको नगरप्रमुख सोमप्रसाद मिश्रले दाबी गर्नुभएको छ । नगरभित्रका सहकारीहरुलाई पूर्ण रुपमा कर छुटदेखि सहकारीमार्फत उद्यमशीलता प्रवर्धनका विविध कार्यक्रम गर्दै आएको नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि सहकारीमैत्री स्थानीय निकायको परिचायलाई थप फराकिलो बनाउने विविध योजनाहरु अघि सारेको छ । खासगरी, सहकारीमार्फत उद्यमशीलता प्रवर्धनलाई नगरपालिकाले विशेष जोड दिएको नगर प्रमुख मिश्र बताउनुहुन्छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि उद्यमशीलता र सहकारीलाई एकाकार गर्दै स्थानीय बेरोजगारी समस्या सम्बोधन गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ ।

सहकारीमा करको विषयमा बहस भइरहँदा चाँगुनारायण नगरपालिकाले भने नगरभित्रका सम्पूर्ण सहकारीहरुलाई कर छुटको व्यवस्था गरेको छ । हाल गाउँपालिका भित्रका सहकारीहरुलाई आयकर छुट भएपनि नगरपालिका भित्रकालाई ५, उप महानगरपालिका भित्रकालाई ७ र महानगरपालिका भित्रकालाई १० प्रतिशत आयकर लाग्दै आएको छ । 

नगरपालिकाले सहकारी र नीजि क्षेत्रको सहकार्यमा उद्यम विकास कार्यक्रम सञ्चालनका लागि ६० लाख बजेट छुट्याएको छ । नगरप्रमुख मिश्रले साकोस आवाजसँग भन्नुभयो, ‘सहकारीमार्फत उद्यमशीलता विकासमा काम गर्न बढीमा १ करोड सम्म खर्च गर्न सक्छौं ।’ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ मा सहकारी क्षेत्र विकासका लागि १ करोड २३ लाख बजेट विनियोजन गरेको छ । 

नगरप्रमुख मिश्रले भन्नुभयो, ‘नगरभित्र हुने सहकारीका भेला, गोष्ठी सेमिनारहरु सबै नगरपालिकाको खर्चमा आयोजना हुन्छन् । सहकारीको विकास र प्रवर्धनका लागि नगरपालिकाको समन्वयमा नगरस्तरीय सहकारी सञ्जाल ‘चाँगुनारायण नगर सहकारी संघ’ गठन भएको छ । संघले नगरभित्र छाता संघको रुपमा काम गर्दछ । 

हालसम्म नगरभित्रका ४० सहकारीहरु कोपोमिस (सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली) प्रणालीमा जोडिएको जनाएका छन् । नगरभित्र कुल १  सय २२ सहकारीहरुमध्ये ७५ सहकारी क्रियाशिल छन् र निश्क्रिय सहकारीहरुको उत्थान र विकासका लागि पनि नगरपालिकाले नयाँ कार्यक्रमहरु अगाडि सारेको छ । 

नगरपालिकाको सहकारी नीति

चाँगुनारायण नगरपालिकाले ‘समृद्धिका लागि सहकारी’ अभियानलाई सफल पार्न साना तथा मझौला व्यवसायमा संलग्न व्यक्ति वा समूहलाई सहकारीमा आबद्ध गराई आत्मनिर्भर बनाउने नीति अगाडि सारेको छ । नगरपालिकाले सहकारी,  सरकारी र नीजि क्षेत्रको तीन खम्बे नीति अवलम्बन गरी साझेदारीमा उद्योग स्थापना गरिने जनाएको छ । त्यस्तै, विद्युतीय प्रणाली मार्फत सहकारी संस्थाको दर्ता, नियमन, प्रवर्धन गर्ने कार्यलाई निरन्तरता दिइ थप प्रभावकारी बनाउन पहल गर्ने, सहकारी संस्थाहरुको संस्थागत क्षमता अभिबृद्धिका लागि एकीकरण कार्यलाई निरन्तरता दिने, सहकारी संस्थाहरुको वर्गीकरण बमोजिम सहकारीको कार्य योजना तथा नीति निर्माणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने, सहकारी संस्थाहरुलाई कोपोमिस प्रणालीमा आवद्धताका लागि कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम तय गरेको छ ।

यसैगरी, सहकारीहरुलाई कोपोमिस प्रणालीमा आवद्धता, सहकारी अनुगमन तथा मुल्यांकन, सार्वजनिक सहकारी नीजि साझेदारीमा उद्यम विकास कार्यक्रम, सहकारी साझेदारी बजार प्रवर्धन, सहकारीका पदाधिकारी एवम् व्यवस्थापकको क्षमता अभिबृद्धि, सहकारी दिवस उत्कृष्ट सहकारी तथा सहकारी एकीकरण प्रोत्साहन, सहकारी कार्ययोजना तथा नीति निर्माण कार्यशाल सञ्चालन लगायतका शीर्षकमा नगरपाकिाले रकम विनियोजन गरेको छ । 

त्यसैगरी सहकारीको क्षमता विकासका लागि तालिम कार्यक्रमहरु सञ्चालन गरिने, नगर सहकारी संघको माध्यमबाट साना तथा घरेलु उद्योग सञ्चालन गर्न प्राविधिक तथा आर्थिक सहयोग प्रदान गर्ने, सहकारीहरुको नियमन तथा व्यवस्थापनको लागि कार्यमुलक योजना तथा एकीकरण प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । अनौपचारिक क्षेत्रमा संलग्न महिला, दैनिक ज्यालादारीमा कार्य गर्ने मजदुरहरुलाई सहकारीमा आबद्ध गराउन विशेष कार्यक्रमको व्यवस्था गर्ने, तरकारी, फलफूल, घरेलु खाद्य उद्योग, सरसफाई लगायत विविध क्षेत्रमा आधारित उपभोक्त श्रमिक र उत्पादक सहकारी संस्था प्रवर्धनमा समेत जोड दिने नगरपालिकाले जनाएको छ ।
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२२ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप