वातावरणमैत्री नगर निर्माणमा नगरपालिका र सहकारी को संयुक्त प्रयास
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वातावरणमैत्री नगर निर्माणमा नगरपालिका र सहकारी  को संयुक्त प्रयास

दोलखा । भीमेश्वर नगरपालिका र हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि चरिकोटले ४० माइक्रोन भन्दा तलको प्लाष्टिक झोला प्रयोगलाई निरुत्साहित गरी वातावरणमैत्री नगर निर्माणमा संयुक्त प्रयासको थालनी गरेका छन् ।

वातावरणमैत्री नगर निर्माणमा भएको दिपक्षीय साझेदारी अनुरुप नगरपालिका र साकोसले फोहोर वर्गिकरण र व्यवस्थापनका लागि वातावरणमैत्री सफिङ ब्यागको प्रयोग तथा विक्रि वितरणलाई प्रभावकारी बनाउने उद्देश्य सहित हिजो अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।  

भीमेश्वर नगरपालिकाका नगर प्रमुख भतर बहादुर केसीले फोहोर उत्पादन विन्दूमा पुगेर फोहोरको वर्गिकरण, त्यसको महत्व र व्यवस्थापनका बारेमा सचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो । स्वच्छ र सुन्दर भीमेश्वर नगर बनाउने अभियानमा सहकारीसँगको सहकार्यले टेवा पुग्ने विश्वास लिएको छु । उहाँले भन्नुभयो, दोलखा पर्यटकीय आकर्षणको जिल्ला समेत भएकोले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाईलाई आनन्दित पार्न र बसाई लम्ब्याउन स्वच्छ र सुन्दर नगर निर्माणको अभियानमा प्रतिबद्ध छौं ।

संघीय सरकारले साउन १ गतेबाट ४० माइक्रोनभन्दा तलको प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय सँगै भीमेश्वरले पनि अभियानकै रुपमा प्लाष्टिक मुक्त नगर निर्माणको थालनी गरेको उहाँले बताउनुभयो । 

साझेदारी कार्यक्रम मार्फत तीन रङ्ग (हरियो, पहेंलो र रातो रङ्ग) मा ४० माइक्रोन भन्दा माथिको प्लाष्टिक झोला निर्माण हुने र प्रति एक को २५ रुपैंयामा विक्रि गरिने उक्त झोला परीक्षणको रुपमा शुरुको केही महिना निशुल्क वितरण गरिने पनि संस्थाले जनाएको छ । 

संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रियामा भीमेश्वर नगरपालिकाका नगर उप प्रमुख कमला बस्नेत, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई, धुलिखेल÷दोलखा अस्पताल दोलखाका निर्देशक रोशन महतो, भीेमेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नबिन कुमार लामा, वडा नम्बर २ का वडा अध्यक्ष बिराजमान श्रेष्ठ, एडिबि फोहोरमैला कवाडप्ी प्रोसेसिङ एण्ड अर्गानिक मल उत्पादन केन्द्रका सञ्चालक ध्रुब बस्नेत, टोल विकास समितिका संयोजक तथा सदस्यहरु, स्थानीय व्यवसायी, संस्थाका पदाधिकारी सञ्चालक र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । 

भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले फोहोर व्यवस्थापनको आवश्यकता र महत्वका बारेमा जानकारी गराउनु भएको थियो । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले भीमेश्वर नगरसँगको समन्वयमा सहकारीमार्फत नगर सफाई अभियानको थालनी भएको बताउनुभयो । उहाँले भन्नुभयो, स्वच्छ र सुन्दर सहर निर्माणमा प्रत्येक सदस्यले घर घरमा फोरोरको व्यवस्थापन गर्न र प्लास्टिक झोला प्रयोगमा सचेत रहन आश्यक छ ।  

सोही अवसरमा धुलिखेल अस्पताल र हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था बीच माइक्रोफाइनान्स कार्यक्रम सञ्चालनका लागि आपसीस सम्झौता पत्रमा हस्ताक्षर समेत गरेको थियो । कार्य क्षेत्र भित्र स्वास्थ्य सचेतना तथा आयआर्जनका गतिविधि सञ्चालन गरिने सम्झौता पत्रमा उल्लेख भएको साकोसका व्यवस्थापक दिपक वस्नेतले जानकारी गराउनुभयो । 
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप