ऊँ साईराम साकोसको लोकप्रिय अभियान ‘इच वन, क्याच वन’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऊँ साईराम साकोसको लोकप्रिय अभियान ‘इच वन, क्याच वन’

काठमाडौं । समुदायमा आधारित सहकारीहरु सधै सदस्यले अपनत्व महसूस गर्ने खालका दिगो र भरपर्दो कार्यक्रमहरु सञ्चालन गर्छन् । सदस्यहरुको बृहत्तर हितलाई मुनाफासँग तौलदैनन् । सहकारीको विश्वव्यापी मान्यता पनि People Rather Than Profit, Putting People First, Community First, आदि हुन् । नेपालमा पनि समुदायको विश्वास जित्न सफल सहकारीहरुको प्राथमिकता नै सदस्यहरुको हेरचाहमार्फत विश्वासको पुँजीमो बढोत्तरी गर्ने हुन्छ । त्यसैले कार्यक्षेत्र भित्रका सबै योग्य नागरिकहरुलाई संस्थाको ‘मालिक’ बनाउने र उनीहरुको सर्वाङ्गीण विकासमा लाग्ने नवीन कार्यक्रमहरु लागू गरि सफलताउन्मूख हुन्छन् । यस्तै सहकारीहरुमध्येको एक हो, काठमाडौं महानगरपालिका १६ र तारकेश्वर नगरपालिका कार्यक्षेत्र रहेको ऊँ साईराम बचत तथा ऋण सहकारी संस्था लि.।

सदस्य सेवाको १ दशक यात्रा पार गरिसकेको बालाजुस्थित उँ साईराम साकोसले केही वर्षअघि सम्म ‘स्मल साकोस इज ब्युटिफुल साकोस’ भनेर तुलनात्मक रुपमा थोरै सदस्यहरुलाई विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्दै आएको थियो । तर, समयको माग, साकोसको बढ्दो लोकप्रियता र सदस्यहरुको आवश्यकतालाई सम्बोधन गर्न ‘बिग साकोस इज पावरफुल साकोस’ भन्ने मन्त्रलाई आत्मसात् गरेको छ । फलस्वरुपः गत वर्षबाट ऊँ साईराम साकोसले लोकप्रिय अभियानको श्रीगणेश गर्यो, ‘इच वन, क्याच वन’।

संस्थाका अध्यक्ष सुशिल कुमार बस्न्यात भन्नुहुन्छ, ‘खासमा हामीले संस्थाको सञ्चालक समिति, उपसमितिहरु, सल्लाहकारहरु, कर्मचारीहरु सबैलाई साकोसप्रतिको दायित्वबोध होस, कार्यक्षेत्र भित्रका सबैलाई साकोस परिवारको सदस्य बनाउन सकियोस र सेवाको आकार र आयातनलाई बिस्तार गर्न सकियोस भनेर यो अभियान थाल्यौ, यसले सकारात्मक परिणाम दिएको छ ।’

बचत ऋण सहकारीहरुको केन्द्रीय छाता संगठन नेफ्स्कूनको लेखा सुपरिवेक्षण समिति सदस्य समेत रहनुभएका अध्यक्ष बस्न्यातका अनुसार साकोसले महिला लघुवित्त कार्यक्रमलाई बिशेष जोड दिई ‘एक सदस्य, एक नयाँ सदस्य’ अभियान सुरु गरेपनि समग्र संस्थामै यसको ‘रेस्पोन्स’ राम्रो भएको छ । बोर्ड र व्यवस्थापनका सबैलाई आफूमार्फत यति नयाँ सदस्यहरुको आगमन सम्भव भयो भन्ने गौरव अनुभूति भएको उहाँले दाबी गर्नुभयो । 

‘महिलाहरुको उत्थान विना घर, समाज र राष्ट्रको उत्थान सम्भव नहुने भएकोले ऊँ साईराममा बढीभन्दा बढी महिला सहभागिता वृद्धि गरी उहाँहरुलाई आर्यआर्यजन र सीपमूलक तालिमहरुसँग जोड्दै प्रत्येक परिवारको ‘आत्मनिर्भर अर्थतन्त्र’ निर्माणमा भूमिका खेल्ने सोचले सञ्चालक समितिबाट निर्णय गरेर गत साउनबाट ‘इच वन क्याच वन’ सुरु गर्यौं, १७ वर्ष लामो सहकारी अनुभवले खारिनुभएका अध्यक्ष बस्न्यात भन्नुहुन्छ, ‘यसले हाम्रो साकोसमा महिलाहरुको संख्या पुरुषको तुलनामा बढाएको मात्र छैन, सहकारीमार्फत महिला दिदीबहिनीहरु आत्मनिर्भर र उद्यमी बन्ने कसरतमा हुनुहुन्छ, यो हाम्रो लागि गर्वको कुरा हो ।’

हुन पनि सहरका सहकारीहरु र त्यसमा पनि बचत ऋणको कारोबार गर्ने साकोसहरुलाई हेर्ने आम दृष्ट्रिकोण परिवर्तन गर्न केही हदसम्म सफल भएकोमा सन्तुष्ट अनुभव गर्छ, ऊँ साईराम साकोस । संस्थाको लघुवित्त कार्यक्रममार्फत एक महिलाले अधिकतम ३ लाख रुपैयाँसम्मको ऋण सुविधा प्राप्त गरेका छन् जसबाट कृषि (गाइ, बाख्रा पालन) र उद्यम (पसल, घरेलु व्यवसाय) कर्ममा उनीहरुको सक्रियता बढेको बस्न्यात सुनाउनुहुन्छ । सहकारी लघुवित्तले महिलाहरुबीच समस्याहरुबारे छलफल गर्ने, समाधानका उपायहरुमा साझा बहस चलाउने, एक अर्काको सफलताबाट सिक्ने र ऋण लिएर काम गरी पारिवारिक अवस्था सुधारमा भूमिका खेल्ने अवसर प्रदान गरेको अध्यक्ष बस्न्यातको भनाइ छ ।

‘लघुवित्त कार्यक्रम हामीले तारकेश्वर नगरपालिका केन्द्रित गरेका छौं,’ उहाँले भन्नुभयो, ‘नगरपालिकाका ११ वटै वडामा मासिक २ वटा सहकारीसम्बन्धी विविध कार्यक्रम र सम्भावित सदस्यहरुका लागि २ दिने ‘पूर्व सदस्यता अभिमुखीकरण कार्यक्रम’ पनि सञ्चालन गर्दै आएका छौं । यस्ता नियमित कार्यक्रमले सदस्यहरुमाँझ सहकारी, यसका सिद्धान्त, मुल्य, मान्यतासँगै सदस्यहरुको भूमिका, काम कर्तव्य र जिम्मेवारीका बारेमा पनि सचेतना प्रदान गरेको छ ।’

ऊँ साईराममा तारकेश्व नगरपालिकाका उप मेयर सल्लाहकार हुनुहुन्छ भने नेफ्स्कून र सहकारी बैंकका अध्यक्षहरु संस्थापक सल्लाहकार हुनुहुन्छ जसले गर्दा पनि साकोसलाई अघि बढ्न गतिलो ढाडस मिलेको अनुभव अध्यक्ष बस्न्यात गर्नुहुन्छ । २७ करोड पुँजी, २१ करोड ऋण लगानी रहेको साकोसमा हाल २१ सय सदस्य छन् जसलाई दैनन्दिन १० जना कर्मचारीहरुले सेवा प्रवाह गरिरहेका छन् । ऊँ साईरामले साकोसको दिगोपनाका लागि जग्गा खरिदको प्रक्रिया अघि बढाएको छ । 

संस्थको ‘ग्रोथ’बाट पुलकित हुनुहुन्छ अध्यक्ष बस्न्यात । ‘४ वर्षे रणनीतिक व्यावसायिक योजना बनाएर अघि बढेका थियौं,’ उहाँले सुनाउनुभयो, ‘तेस्रो वर्षको प्रारम्भिक समीक्षा गर्दा लक्ष्यभन्दा केही अघि नै छौं । यसलाई उपलब्धि मान्दै थप सक्रिय भएर अघि बढ्ने योजनामा छौं ।’ ऊँ साईराम साकोसले २०७२ सालको महाभूकम्प गएको तेस्रो दिनबाटै सेवा सुरु गरेको थियो भने लकडाउनका दुई श्रृङ्खलामा पनि अनेकानेक वैकल्पिक उपायहरु प्रयोग गरी पूर्णतः सेवा प्रवाह गरेको उहाँले दाबी गर्नुभयो । कोरोनाले केही संकुचन अवश्य ल्याएपनि साकोसको लघुवित्तको लगानी असुलीमा कुनै समस्या नरहेको र अन्य ऋण पनि असुरक्षित नरहेको विषयलाई संस्थाको अर्को सफलता मान्नुहुन्छ अध्यक्ष बस्न्यात ।

तारकेश्वर, धर्मस्थलीस्थित साझेदारी बचत तथा ऋण सहकारी संस्था लि.को केही वर्ष अध्यक्ष, डेढ वर्ष काठमाडौं जिल्ला सहकारी संघ लि.को प्रबन्धक त्यसपछि ५ वर्ष सोही संघको सञ्चालक (तालिम तथा शिक्षा उपसमिति संयोजक) हुँदै विगत ९ वर्षअघि नेफ्स्कूनको युवा उपसमिति सदस्यबाट केन्द्रीय संघसँग प्रत्यक्ष जोडिनुभएका ऊँ साईराम साकोसका अध्यक्ष बस्न्यात नेफ्स्कूनको लेखा सुपरिवेक्षण समिति सदस्यको समेत अनुभव प्रारम्भिक संस्थामा लगाएर सम्पूर्ण सञ्चालक समिति, उपसमिति, सल्लाहकार र व्यवस्थापन समूहको सहयोगमा प्रारम्भिक साकोसलाई थप उचाई प्रदान गर्न दत्तचित्तका साथ लागि परेको बताउनुहुन्छ । 

सहकारीका स्तम्भ भनेकै सदस्यहरु हुन् । सदस्यलाई मध्यविन्दूमा राखेर नै वस्तु तथा सेवाको विकास गरिन्छ, सहकारी सामाजिक उत्तरदायित्वका कामहरु गरिन्छ । सदस्यभन्दा पर सहकारीको संसार ज्यादै सानो छ भन्दा अत्युक्ति नहोला । सदस्यहरुको सेवामा लागिपर्नुभएका अध्यक्ष बस्न्यात र उहाँले प्रतिनिधित्व गर्नुभएको साकोसको उत्तरोत्तर प्रगतिको शुभकामना ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप