आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा सहकारीको भूमिका
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा सहकारीको भूमिका

जमुना रञ्जितकार

‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने आर्दशबाट प्रेरित भई व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समुन्नतिका लागि गरिने एकताबद्ध प्रयास नै सहकारी हो । समाजशास्त्रीहरुको दृष्ट्रिमा सहकारिता सामाजिक उत्पीडनबाट मुक्ति प्राप्त गर्ने साधन हो भने प्राविधिक रुपमा यसलाई एउटा व्यावसायिक कौशलका रुपमा पनि लिइन्छ । हेर्नार काल्भर्टका अनुसार ‘सहकारी संगठनको त्यो रुप हो जसमा व्यक्तिहरु स्वेच्छाले आफ्नो हितको कुराहरु सुधारका लागि समानताको आधारमा एकसाथ मिलिजुली काम गर्दछन् ।’

आर्थिक विकास भन्नाले कुनै पनि मुलुकको अर्थव्यवस्थामा आएको सकारात्मक परिवर्तनको प्रक्रिया हो । त्यसैगरी, सामाजिक विकास भनेको शिक्षा, स्वास्थ्य, सञ्चार, सरसफाई, आदि लगायत समाजको विभिन्न क्षेत्रमा भएको गुणात्मक तथा परिमाणात्मक परिवर्तन भन्ने बुझाउँदछ । पुर्खादेखि चलिआएको परम्परा, मान्यता, रितीरिवाज, आदिलाई रुपान्तरण गरी कलियुगमा समेत त्यसको जर्गेना गर्नुलाई नै साँस्कृतिक विकास भनिन्छ । देशको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा सहकारीको भूमिका अपरिहार्य हुन्छ ।

सहकारी पुँजीवाद र शोषणको मुक्तिका लागि आम जनताको संयुक्त प्रयास हो जुन एकका लागि नभएर सबैका लागि हुने गर्दछ । सहकारीको सदस्यता सबैका लागि खुल्ला हुने हुँदा हरेक नागरिक यसको सदस्य बनेर योगदान गर्न एवम् संस्थाले प्रदान गर्ने सेवा तथा वस्तु  उपभोग गर्न सक्दछन् । सहकारीले उत्पादनमा जोड दिदैं न्यायोचित वितरणको समेत कुरा गर्ने हुनाले दिगो विकासको अवधारणा अनुरुप अर्थव्यवस्थामा सहकारीले सबै वर्गको स्वामित्व स्थापित हुने परिकल्पना गर्दछ । यो एउटा यस्तो संस्थागत सबल माध्यम हो जसले समुदायमा छरिएका स्थानीय श्रोत, साधन र पुँजीहरुलाई एकीकृत गरी व्यवस्थापन गर्ने कार्यकुशलता वा सक्षमता अभिवृद्धि गरी सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक विकास गर्दछ ।

सहकारीको सामाजिक उद्देश्य अन्तर्गत उपलब्ध श्रोत र साधनलाई सीमित वर्ग वा व्यक्ति विशेषमा मात्र एकीकृत हुन नदिइ सबै वर्ग वा व्यक्तिहरुमा समान रुपले आर्थिक उपलब्धिहरुको वितरण गरी सदस्यहरुलाई सामाजिक न्याय दिलाउनु सहकारीको प्रमुख उद्देश्य रहेको हुन्छ । यसरी धनको न्यायोचित वितरणबाट समाजमा कमजोर एवम् विपन्न वर्गको एकातिर आर्थिक उन्नति हुन्छ भने अर्कोतिर उनीहरुले सामाजिक न्याय र समानता पाउँछन् । सदस्यहरुलाई विभिन्न आयमूलक, सीपमूलक एवम् उत्पादनशील व्यवसाय सञ्चालन गर्ने रोजगारीका समान अवसरहरु सृजना गरी उनीहरुको आर्थिक विकास गर्नु सहकारीको आर्थिक उद्देश्य हो ।

समाजमा व्याप्त आर्थिक विचौलियापन, सामाजिक विभेद र उत्पीडन, साँस्कृतिक विचलन, गरिबी, बेरोजगारी, आर्थिक शोषण र अन्याय, अत्याचार अन्त्य गरी आर्दश, समुन्नत, सुसंस्कृत समाज निर्माण गर्नु र मानिसहरुमा सहयोग, एकता, इमान्दारी, स्वावलम्बन, सामाजिक दायित्वको भावना जस्ता मानवीय गुणहरुको विकास गर्नु सहकारीको सामाजिक उद्देश्य हो । समुदायको हरेक सदस्यको आर्थिक, सामाजिक, न्यायिक, शैक्षिक विकासमा सहकारीले प्रमुख भूमिका निर्वाह गरेको भएर नेपाल सरकारले यसलाई अर्थतन्त्रको एउटा खम्बाको रुपमा लिएको छ ।

सहकारिताले समाजमा मिलेर बस्न सिकाउँछ । यसले बचत गर्ने बानी विकास गराउँदछ । यसले बचत गर्नका लागि अवसरहरु बारे जान्न र बुझ्नका लागि सदैव उत्प्रेरित गर्दछ । यसले नागरिकहरुमा सामाजिक सद्भाव र सहृदयता विकास गराउँदछ । सीप नहुनेहरुलाई सीप सिकाउँदछ । सीप हुनेहरुलाई पुँजीको अभाव हुन नदिन सहज र सरल ऋण उपलब्ध गराउँदछ । यसले सदस्यहरुलाई स्वावलम्बी र आत्मनिर्भर बनाउँदछ । यसरी सदस्यहरुको आर्य आर्यजनमा त प्रत्यक्ष सघाउ पुग्छ नै, यसले संस्कारसहितको प्रजातान्त्रिक प्रणाली विकासमा समेत मद्दत पुर्याउँदछ ।

सहकारीको माध्यमबाट राम्रो रोजगार र आर्थिक समृद्धि, भौतिक संरचनाको विकास, शान्ति र न्यायस्थापनामा पनि प्रत्यक्ष परोक्ष सहयोग पुग्दछ । यस्ता कामहरु भएका प्रशस्त उदाहरणहरु पनि छन् । यसको अतिरिक्त महिला सहकारीहरुले लैङ्गिक समानता र शसक्तिकरणका क्षेत्रमा महिलाहरुलाई रोजगार, उद्यम तथा व्यापार व्यवसायमा सहयोग, तालिम, शिक्षा र क्षमता विकास, नेतृत्व दक्षता आदि पक्षमा आदि थुप्रै काम गरेका छन् भने कृषि, उपभोक्ता, बहुउद्देश्यीय, चिया, च्याउ, कफी लगायत थुप्रै विषय र प्रकृतिका सहकारीहरुले सहकारीमार्फत सरल, शुलभ र गुणस्तरीय उपभोग्य वस्तुहरुको बिक्री वितरण गर्दै आएका छन् । समाजमा पिछडिएका वर्गहरुको आर्थिक सामाजिक उत्थानमा सहकारीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

सहकारीका यति धेरै फाइदा हुँदाहुँदै पनि नेपालमा यसको सञ्चालनमा चुनौतीहरु विद्यमान छन् । यीमध्ये मुख्यतयाः सहकारी अवधारणको अल्पज्ञान र व्यवस्थापकीय कार्यकुशलताको अभाव, नेतृत्व शैलीको अभाव, सरकारको न्यून सहयोग, दोहोरो सदस्यता, अस्वस्थ्य प्रतिस्पर्धा, जीवनोपयोगी सीपहरु सहकारीबाट प्राप्त गर्न नसक्नु, उत्पादन, वितरण र बजारीकरणमा गुणस्तरीयता सुनिश्चित गर्ने निश्चित आधारहरु नहुनु आदि हुन् । यी चुनौतीहरु समाधानका लागि सरोकारवालहरुसँगको गहन छलफल आवश्यक छ । यसरी निष्कर्ष निकाल्दा सहकारीका मुल्य, मान्यता र सिद्धान्तबाट कत्ति पनि अविचलित रही निकाल्नुपर्ने हुन्छ ।

मनमिल्ने सहकारीहरुबीच एकीकरण, उपयुक्त नीति निर्माण तथा तिनको कार्यान्वयन, सहकारी शिक्षा र तालिमको व्यापकता, नेतृत्व विकासका समुचित अवसरहरु, व्यावसायिकतालाई प्राथमिकता, महिला, युवा तथा अल्पसंख्यक समुदायको सहभागितामा वृद्धि, आदि विषयमा देशभरका सहकारीहरुले थप सक्रियतापूर्वक काम गर्नुपर्ने आवश्यकता छ । गाउँदेखि सहरसम्म रुचाइएका सहकारीहरुको अपरिहार्यतालाई सबैले आत्मसात् गर्दै सबै पक्षबाट यसको जर्गेनाका लागि कामहरु गरिनुपर्ने खाँचो छ । निष्कर्षमा भन्नुपर्दा, सहकारी समुदायमा आधारित सामाजिक उद्यम हो जसका माध्यमबाट हरेक क्षेत्रको विकास सम्भव छ । 

(९६४ औं राष्ट्रिय सहकारी दिवसका अवसर पारेर काभ्रेको बनेपास्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिले आयोजना गरेको निबन्ध प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल निबन्ध । प्रतियोगिताका विजयीहरुलाई २०८ औं भानु जयन्तीको अवसर पारेर गते असार २९ गते मंगलबार बनेपामा आयोजित कार्यक्रमकाबीच पुरस्कृत गरिएको थियो । प्रथम स्थान प्राप्त गर्न सफल काभ्रे मा. वि. बनेपा–६, की जमुना रञ्जितकारले ५ हजार रुपैयाँ नगद र प्रमाण पत्र प्राप्त गर्नुभएको थियो । )

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

पाठकबाट थप