सहकारी बचत्
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी बचत्

प्रतिक पौडेल

थोपाको कणले र विन्दु जलले, घैंटो भरेझैँ गरी ।
पैसा खर्च नगर्नु हे जनहरु, वेहोसमा नै परी ।।
आमा बाबु र दाजु भाइ सबले, बुझ्नै पर्यो यो कुरा ।
पूरा हुन्छ अवश्य एकदिन जे, सोच्छौं त्यही नै पूरा ।।

धेरै नै सुविधा छ यो बुझ सखे, साँच्चै यहाँ आखिर ।
ढुक्कै हुन्छ भविष्यमा बचतले, गर्नै नपर्ने पिर ।।
यसले अन्तिममा खुसी सरसिलो, छर्दिन्छ आभा सरि ।
बेलैमा सबथोक बुझ्न नसके, चल्ने छ झन मन्परि ।।

हाम्रो यो अब खुत्रुके सरि भयो, जम्मा भई बस्दछ ।
टाढा छैन बुडोलको नजिक हो, पैसा सबै बच्दछ ।।
पैसा हात परे नि त्यो मयल झैं, उड्नेछ पंक्षी बनी ।
आई राख बुडोलमा धन सबै, बन्छौं तिमी नै धनी ।।

राख्ने मात्र कदापि होइन यहाँ, पाइन्छ झिक्नै पनि ।
यस्तो साथ अवश्य दिन्न अरुले, साथी भएता पनि ।।
गर्दै प्रेम हटाउ द्धेष मनको, भन्दै प्रतिज्ञा गरौं ।
राखी द्रव्य खुसी भई जगतमा, झन स्वावलम्बी बनौं ।।

मान्छेले पनि साथ छोड्छ अब ता, निर्दो भए आखिर ।
गाली सुन्नु पर्यो भने हर घडी, झुक्नेछ हाम्रो शिर ।।
हाम्रो जीवन शान्त बन्दछ भने, पैसा नफालौं फगत ।
आऊ हात समाउँ मित्र जन हो, गर्नेछु भन्दै बचत ।।

(६४ औं राष्ट्रिय सहकारी दिवसका अवसर पारेर काभ्रेको बनेपास्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल कविता । प्रतियोगिताका विजयीहरुलाई २०८ औं भानु जयन्तीको अवसर पारेर गते असार २९ गते मंगलबार बनेपामा आयोजित कार्यक्रमकाबीच पुरस्कृत गरिएको थियो । प्रथम स्थान प्राप्त गर्न सफल प्रतिक पौडेलले ३ हजार नगद र प्रमाण पत्र प्राप्त गर्नुभएको थियो । बनेपा ६ स्थित नैमिषारण्य संस्कृत गुरुकुलम् बनेपामा कक्षा ९ मा अध्ययनरत पौडेलले लेख्नुभएको कविता शादूर्लविक्रिडित छन्दमा छ ।)

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप