चन्द्रागिरि साकोसले कियोस्क बैंकिङ सुरु गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोसले कियोस्क बैंकिङ सुरु गर्ने

काठमाडौं । चन्द्रागिरि साकोसका सदस्यहरुले अब बचत गर्नको लागि संस्थाको काउन्टर सम्म गईरहनु नपर्ने भएको छ । आफ्नो खाताको रकम झिक्नको लागि एटिएम तथा मोबाईल बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको यस संस्थाले रकम जम्मा गर्न कियोस्क बैकिङ सेवा सुरु गर्न लागेको हो ।

सहकारी संस्थामा साना साना रकम जम्मा गर्नको लागि पनि सदस्यहरुले काउन्टरमा आउनु पर्ने र कार्यालय समयमा मात्र सुविधा प्राप्त हुने स्थितिमा जुनसुकै समयमा कियोस्क टर्मिनलमा गएर आफ्नो रकम जम्मा गर्न सक्नेछन् । कियोस्क टर्मिनल कर्मचारी रहित सेवा हो । संस्थाले स्थापना गरेको कियोस्क टर्मिनल लगायत देशभरी रहेका प्रभु टेक्नोलोजीले सञ्चालनमा ल्याएका कियोस्क मेशिनहरुबाट चन्द्रागिरि साकोसका सदस्यहरुले आफ्नो खातामा बचत जम्मा गर्न र ऋण भुक्तानी गर्न सक्नेछन् । यस सेवाको लागि आज श्रावण १७ गते प्रभु टेक्नोलोजी र चन्द्रागिरि साकोसविच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सेवामा प्रभु टेक्नोलोजीको साथै एम.बैंक टेक्नोलोजीज् प्रमुख प्रविधि साझेदारको रुपमा रहनेछन् । सदस्यहरुले कियोस्क मेशिनमा गई स्क्रिनमा आफ्नो खाता नं टाईप गरिसकेपछि आफुले चाहेको रकम उक्त मेशिनमा छिराए पछि मेशिनले सदस्यलाई नगद जम्मा भएको भौचर प्रदान गर्नेछ । उक्त मेशिनमा नेपाली नोटहरु पहिचान गर्ने प्रविधि जडान गरिने भएकोले सहज तरिकाबाट रकम जम्मा गर्न सकिने अवस्था सृजना हुनेछ ।

सदस्यहरुले आफुलाई फुर्सद भएको समयलाई सदुपयोग गर्दै आफ्नो खातामा रकम जम्मा गर्न, युटिलिटी विल्सहरु भुक्तानी गर्न, टपअप गर्न र करदाताहरुले आन्तरिक राजस्व कार्यालयमा कर भुक्तानी गर्न सजिलै सक्नेछन् । यसले काउन्टरमा लाईन बस्नु पर्ने झन्झटबाट मुक्ति दिनेछ भने कोरोना महामारीबाट सुरक्षित हुन र आफुलाई पायक पर्ने समयमा कारोवार गर्न पनि मद्दत गर्नेछ । प्रभु टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीका अनुसार यो सेवा सहकारी क्षेत्रमा नेपालमै पहिलो पल्ट चन्द्रागिरि साकोसबाट प्रयोगमा ल्याउन लागिएको हो ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप