चितवनको युनिक साकोस एक्सेस कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनको युनिक साकोस एक्सेस कार्यक्रममा आबद्ध 

काठमाडौं । चितवन जिल्लाको रत्ननगरस्थित युनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड एशियाली ऋण महासंघ–अकुको प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा सञ्चालित बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी एशिया स्तरको स्तरीकरण कार्यक्रम एक्सेसमा आबद्ध भएको छ । यस सम्बन्धमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र संस्थाबीच शनिवार औपचारिक सम्झौता भएको छ । संस्थाको तर्फबाट अध्यक्ष प्रेमकृष्ण खनाल सहित उपाध्यक्ष, सञ्चालक तथा लेखा समितिका सदस्यहरु,  व्यवस्थापक मेघनाथ लामिछाने र नेफ्स्कूनको तर्फबाट उपाध्यक्ष शान्ति अधिकारी, बरिष्ट अधिकृत प्रेमनाथ वाग्ले, कार्यक्रम अधिकृत सुरज चालिसे सहभागी हुनुहुन्थ्यो । २०७५ कार्तिकदेखि प्रोबेसन कार्यक्रममा आवद्ध साकोसले साउन १६ गते सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्दै एक्सेस कार्यक्रममा आबद्ध भएको हो । 

समुदायमा आधारित यस साकोसले सदस्य हितमा रही बचत तथा ऋण लगायत विभिन्न सदस्य सेवा केन्द्रीत कार्यक्रमहरुलाई अगाडि बढाएको छ ।  ९ हजार २ सय ५४ सेयर सदस्य रहेको संस्थाको वासलात १ अर्ब ६९ करोड ४६ लाख छ । २०६५ असार ९ गते स्थापना भएको यस साकोसले रत्ननगरस्थित मुख्य कार्यालय र अन्य ५ वटा सेवा केन्द्र मार्फत सदस्यहरुलाई सेवा दिंदै आइरहेको छ । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप