कोभिड जोखिम बढेसँगै झापा र मोरङ मा सहकारीको सेवा प्रभावित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोभिड जोखिम बढेसँगै झापा र मोरङ मा सहकारीको सेवा प्रभावित

काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै प्रदेश नं. १ का झापा र मोरङ जिल्ला गत ४ दिनदेखि ठप्पप्राय बनेका छन् । झापाको दमक नगरपालिकाले बैंक तथा वित्तीय संस्थाहरुको एटिएम सेवा वाहेक सम्पूर्ण सेवाहरु बन्द गर्न निर्देशन गरेको छ । पूर्वि झापा विर्तामोडमा पनि हप्ताको तीनदिन मात्रै बैंक तथा वित्तीय संस्थाहरु पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी खोल्न आव्हान गरेको छ । झापा जिल्ला सहकारी संघले साउन १३ गते सहकारी संस्थाहरुका लागि अपिल जारी गर्दै स्थानीय पालिकाहरुको निर्देशनको पालना सहित समन्वयमा कार्य गर्न अनुरोध गरेको थियो । 

झापा जिल्ला बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष एवम् नेफ्स्कूनका सञ्चालक सदस्य घनश्याम अधिकारीले भन्नुभयो, “स्थानीय प्रशासनको निर्देशन पालना गर्दै बैंक वित्तीय संस्थाहरुका सेवा पनि आइतबार सम्मका लागि बन्द नै छन् ।” बैंक वित्तीय संस्थाका एटिएम सेवा बाहेक अन्य सेवा ठप्प जस्तै भएको छ । जिल्लामा कोभिड भाइरस संक्रमण दैनिक रुपमा बढ्दो देखिएको छ भने मृतकको संख्या पनि बढेको छ । उहाँले भन्नुभयो,  हिजो आज मात्रै दैनिक जसो ७ देखि १० जनाको कोभिड भाइरस संक्रमणका कारण मृत्यु भइरहेको छ । 

नेफ्स्कूनका सञ्चालक अधिकारीले भन्नुभयो, झापाको दमकस्थित नेफ्स्कून फिल्ड कार्यालयको कारोबार पनि मंगलबार देखि बन्द भएको छ । अत्यावश्यकीय सेवा सम्पर्कको आधारमा कार्यालयबाट प्रवाह भएपनि अन्य सेवाहरु सुरु गर्ने अवस्था तत्काल छैन । 

त्यसैगरी मोरङ जिल्लाका लेटाङ, बेलबारी र केरावारी पूर्ण रुपमा बन्द रहेका छन् । स्थानीय प्रशासनले साउन १९ देखि २५ गतेसम्म औषधि पसल बाहेकका सम्पूर्ण सेवा बन्द गर्न सूचना जारी गरेको छ । लेटाङस्थित नेफ्स्कूनको सेवा केन्द्रबाट पनि सदस्यहरुका लागि उपलब्ध गराउँदै आइएको वित्तीय सेवा  प्रभावित बनेको नेफ्स्कून सञ्चालक अधिकारीले जानकारी गराउनुभयो । 

बेलबारी नगरपालिकाको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु पूर्ण रुपमा बन्द गर्न गरेको निर्देशनको पालना गर्दै मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले पनि साउन १९ गते एक सूचना प्रकाशित गर्दै संघका सम्पूर्ण सेवा साउन २५ गते सम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो । 

कोभिड संक्रमण जोखिम बढेसँगै सहकारीका कर्मचारी, सञ्चालक तथा सदस्यहरुको मनोबल उच्च राख्न सरसल्लाह तथा सहयोग गर्न जिल्लास्थित सहकारी संघहरुले सहकारी संस्थाहरुलाई आव्हान गरेका छन् । संघीय सरकार, स्थानीय सरकारबाट प्राप्त निर्देशनका साथै सहकारी अभियानबाट जारी सूचना, सुझाव र निर्देशनहरुको पालना गर्न गराउन समेत संघहरुले निर्देशन दिएका छन् ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप