नेफ्स्कून स्थापना दिवस विविध कार्यक्रम गरी मनाइयो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून स्थापना दिवस विविध कार्यक्रम गरी मनाइयो

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको ३४ औं स्थापना दिवस आज विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

कोभिड–१९ को बढ्दो संक्रमणका बीच स्वास्थ्य सर्तकता, भौतिक दूरी लगायत सरकारी निर्देशनहरुको अधिनमा रही राष्ट्रिय सहकारी महासंघको सभाहलमा कार्यक्रम आयोजना भएको थियो । सीमित अतिथि, नेफ्स्कून सञ्चालकहरु, अग्रज एवम् सल्लाहकारहरु तथा व्यवस्थापन समूहको भौतिक तथा धेरैको अभौतिक एवम् युटुब तथा फेसबुक लाइभमार्फत ३४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले गर्नुभएको थियो । अर्थमन्त्री शर्माले ३४ औं स्थापना दिवस कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै ३३ लाख सदस्य भएको बृहत संस्थाको उत्तरउत्तर प्रगतिको कामना गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि केशव बडाल, अतिथिहरु विभागका रजिष्ट्रार लिला प्रसाद शर्मा,  राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एवम् नेफ्स्कूनका सल्लाहकार मिनराज कंडेल, अतिथिहरु नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे, निवर्तमान अध्यक्ष डी.बी. बस्नेत, राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् प्रदेश सभा सदस्य तारालामा तामाङ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल लगायत नेफ्स्कून पदाधिकारी, सञ्चालक सदस्यहरु र व्यवस्थापन समुहको भौतिक उपस्थिति रहेको थियो ।  

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले कोरोना महामारीका कारण जनजिवन र अर्थव्यवस्था भयावह भएको र यस्तो अवस्थाबाट पार पाउन उच्च मनोवलका साथ हातेमालो गर्दै जनताको जीवनरक्षा सँगै आर्थिक कोष र स्रोतहरुको परिचालन आवश्यकतामा आधारमा गर्ने विषयमा नेफ्स्कूनको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो ।  

बचत तथा ऋण अभियानको केन्द्रीय संघ नेफ्स्कूने ३३ लाख सदस्यहरुको आर्थिक सशक्तिकरण र जीवनस्तर सुधारमा सुरक्षाको प्रत्याभूति सहित सुुरु गर्न गईरहेको स्थिरीकरण कोष सञ्चालन प्रभावकारीताका लागि प्रतिवद्ध रहेको बचनबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, स्थिरीकरण कोष खडा गर्ने विषयमा नेफ्स्कून किन पछाडि परेको हो, त्यसको रिपोटिङ मलाई गर्नुहोस् , अबको एक महिनाभित्र स्थिरीकरण कोष सञ्चालनको काम पुरा गरेर जानकारी गराउन निर्देशन समेत दिनुभयो । उहाँले सहकारीप्रति जनताको विश्वास अभिबृद्धि गर्न स्थिरीकरण कोष मार्फत संकटमा रहेका बचत तथा ऋण सहकारी संस्थाको सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बचत अभियानको कुल पुँजीको करिब ६० प्रतिशत लगानी उत्पादनमुलक क्षेत्रमा लगाउन पनि जोड दिनुभयो । उहाँले नेपालको बचत अभियानको केन्द्रीय संघलाई काम गर्ने दौरानमा के कस्ता नीति आवश्यक हुन् त्यसका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले भौतिक र भर्चुअल रुपमा उपस्थित सम्पूर्ण  व्यक्तित्वहरुलाई स्वागत गदै नेपालको बचत ऋण अभियानको अपेक्षालाई पूर्णता दिन नेफ्स्कूनले प्रविधि विस्तार र स्थिरीकण कोषको प्रभावकारी सञ्चालनमा प्राथमिकताका साथ लागेको बताउनुभयो । 

कार्यक्रममा विशिष्ट अतिथि केशव बडाल, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, अतिथिहरु विभागका रजिष्ट्रार लिला प्रसाद शर्मा,  राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एवम् नेफ्स्कूनका सल्लाहकार मिनराज कंडेल, नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे, निवर्तमान अध्यक्ष डी.बी. बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

नेफ्स्कूनका निवर्तमान अध्यक्ष डी.बी. बस्नेतले यस बर्षको सम्मान तथा पुरस्कार घोषणा गर्नुभएको थियो । नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । 
विश्व ऋण परिषद् -ओकु को प्रमुख कार्यकारी अधिकृत ब्रायन ब्राञ्च, एशियाली ऋण महासंघ -अकु की प्रमुख कार्यकारी अधिकृत लेनि र सिक्ट्याव–भ्याम्नीकम की निर्देशक डा. हेमा यादव ले पनि नेफ्स्कूनको ३४औं स्थापना दिवसको अवसरमा भर्चुअल माध्यम मार्फत शुभकामना सन्देश व्यक्त गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप