नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणाः १६ विधामा उत्कृष्ट पुरस्कार 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणाः १६ विधामा उत्कृष्ट पुरस्कार 

काठमाडौं । नेफ्स्कूनको आज साउन ३२ गते सम्पन्न ३४ औं स्थापना दिवसको अवसरमा संघले आ.व. २०७७/०७८ मा उत्कृष्ट कार्य गरेवापत विभिन्न १६ विधामा उत्कृष्ट संघसंस्था एवम् व्यक्तिहरुलाई सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । नेफ्स्कूनका निवर्तमान अध्यक्ष, पुरस्कार तथा सम्मान उपसमिति संयोजक एवम् संघका सल्लाहकार डी.बी. बस्नेतले विधागत सम्मान तथा पुरस्कारको घोषणा भिडियो प्रस्तुतिसहित गर्नुभएको थियो ।  

संघले गत बर्षको संस्थापक अध्यक्ष पुरस्कार महिलातर्फ निजगढ महिला साकोसकी पूर्व अध्यक्ष एवम् निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछाने खनाल र नेफ्स्कूनका पूर्व सञ्चालक एवम् दोलखा जिल्ला बचत संघका पूर्व अध्यक्ष रामदास श्रेष्ठलाई दिने घोषणा गरेको छ ।  नेफ्स्कून सर्वोत्कृष्ट साकोसमा महिलाद्वारा सञ्चालित बागेश्वरी महिला साकोस, मकवानपुर र रुपन्देहीस्थित जनउत्थान साकोसलाई पुरस्कृत घोषण गरेको छ । 

नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोसहरुमा प्रदेश नं. १ बाट प्रगती साकोस–दमक, प्रदेश नंं २ बाट स्वस्तिक साकोस–सर्लाही, बागमती प्रदेशबाट शिक्षक कल्याण साकोस–दोलखा,  गण्डकी प्रदेशबाट जनसेवा साकोस, पुरुन्चौर–पोखरा, प्रदेश नं. ५ बाट सयपत्री साकोस–नवलपरासी, कर्णाली प्रदेशबाट स्वावलम्बी साकोस –सुर्खेत, सुदुरपश्चिम प्रदेशबाट जनकल्याण साकोस –कैलाली पुरस्कृत घोषणा भएका छन् ।

नेफ्स्कून सर्वोत्कृष्ट व्यवस्थापक पुरस्कार घोषित हुनेमा हाम्रो जनकल्याण साकोस दोलखाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेत हुनुहुन्छ । त्यसैगरी प्रदेशगत उत्कृष्ट व्यवस्थापक पुरस्कार पाउनेहरुमा क्रमशः प्रदेश नंं १ बाट श्री जनकल्याण साकोस –सुनसरीका मनोज कुमार सुतियार, प्रदेश नंं २ बाट नवविकास साकोस –चन्द्रपुर रौतहटका यज्ञ प्रसाद प्रसाई, बागमती प्रदेशबाट जनकल्याण साकोस –धादिङका कृष्णकान्त मिश्र, गण्डकी प्रदेशबाट गैडाकोट स्वाभिमान साकोस–नवलपरासीका रामचन्द्र सुवेदी, लुम्बिनी प्रदेशबाट ग्रामीण साकोस बर्दघाट नवलपरासीका अनन्त पाण्डे, कर्णाली प्रदेशबाट पिपलबोट साकोस सुर्खेतका रमेश जैशी, सुदुरपश्चिम प्रदेशबाट जिवनज्योति साकोस बैतडीका टेकराज लेखक हुनुहुन्छ ।  

नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान अन्तर्गत महिलातर्फ संघको निवर्तमान सञ्चालक चन्द्र कुमारी खड्का–झापा र पुरुषतर्फ नेफ्स्कूनका पूर्व सञ्चालक नारायण घिमिरे–काठमाडौं घोषित हुनुभएको छ । 

उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघमा कञ्चनपुर जिल्ला बचत संघ सर्वोत्कृष्ट संघ घोषित भएको छ । त्यसैगरी नेफ्स्कून विद्धता पुरस्कारमा नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. रमेश चौलागाई, पि.एच.डी., नेफ्स्कून राइफाईसन क्रेडिट युनियन पुरस्कारमा नाकुफोक दक्षिण कोरिया पुरस्कृत घोषणा भएका छन् । 

त्यसैगरी नेफ्स्कून पत्रकारिता पुरस्कारतर्फ गोरखापत्र दैनिकका सम्वाददाता लक्ष्मण दर्नाल पुरस्कृत घोषित हुनुभएको छ ।  नेफ्स्कून सर्वोत्कृष्ट कर्मचारीतर्फ लेखा अधिकृत मनकेशरी महर्जन र सहायक कर्मचारी चिरन खत्री पुरस्कृत घोषित हुनुभएको छ । त्यसैगरी आ.व. ०७७/७८ मा फिल्ड कार्यालय अन्तर्गत जनकपुर, बनेपा र सुनसरी उत्कृष्ट फिल्ड कार्यालय घोषित भएका छन ।
 
त्यसैगरी नेफ्स्कून प्रशंसा पुरस्कारतर्फ उत्कृष्ट नेकोस प्लस सफ्टवयर प्रयोगकर्तामा दोलखाको जिरीस्थित एकीकृत फ्रेण्डसिप साकोस र उत्कृष्ट बचतकर्तामा नवलपुरस्थित विकु साकोस, उत्कृष्ट शेयर खरिदकर्तामा पोखरास्थित प्राइम साकोस र उत्कृष्ट लघुवित्तमा पाल्पास्थित अन्धकारमुक्ति साकोस पुरस्कृत घोषित भएका छन् । 

सामाजिक उत्तरदायित्व वहन (प्रशंसा) पुरस्कार तर्फ विन्धबासिनी साकोस काभ्रे पुरस्कृत घोषित भएको छ । त्यसैगरी महामारीमा उत्कृष्ट सेवा प्रदान गर्ने संस्थामा काठमाडौं थानकोटस्थित चन्द्रागिरी साकोस पुरस्कृत घोषित भएको छ । साकोस एकीकरण अभियानमा उत्कृष्ट हुने साकोसमा सबैको साकोस रुपन्देही उत्कृष्ट घोषित भएको छ । 

नेफ्स्कूनको स्थापना दिवसमा घोषणा गरिएको सम्मान तथा पुरस्कार संघको यही मंसिर ५ मा हुने बार्षिक साधारणसभामा वितरण गरिने संघले जनाएको छ । पुरस्कृत सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरुलाई  हार्दिक बधाई एवम् शुभकामना  । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप