नेफ्स्कूनको ३४ औं स्थापना दिवस मनाइँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३४ औं स्थापना दिवस मनाइँदै

काठमाडौं । देशभरका बचत तथा ऋण सहकारीहरुको एकमात्र छाता संघ नेफ्स्कूनले आज –साउन ३२ गते) ३४औं स्थापना दिवस मनाउँदैछ । कोभिड १९ को महामारीका कारण सरकारले जारी गरेको आदेशहरु पालना गर्दै व्यक्तिगत सुरक्षा र भौतिक दुरी कायम राखी सीमित सहभागीहरुको उपस्थितिमा स्थापना दिवसको कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम राष्ट्रिय सहकारी महासंघको सभाहलमा आयोजना हुँदैछ । केन्द्रीय कार्यालय साथै संघका फिल्ड कार्यालयहरुमा पनि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइदैंछ । २०४५ साल साउन ३२ गते तत्कालीन साझा केन्द्रका अध्यक्ष भोजराज घिमिरेको पहलमा बचत समूह राष्ट्रिय संघ तदर्थ समिति गठन भएको दिनको सम्झनामा प्रत्येक वर्ष आजकै दिनलाई नेफ्स्कूनले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । 

नेपालको वित्तीय सहकारी संस्थाहरुको प्रवर्धन, विकास, व्यावसायिकीकरण, गुणस्तर सुनिश्चितता हुँदै सञ्जाल व्यवस्थापनको चरणमा क्रियाशील यस संघले यसपटक पनि सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्य भन्ने भाव सहित आफ्नो ३४औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाउन गइरहेको हो । राष्ट्रिय सहकारी महासंघको सभाहलमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको प्रमुख आतिथ्यता सहित सहकारी अभियानका शीर्षस्थ निकायका व्यक्तित्वहरु र नेफ्स्कून परिवारको  उपस्थितिमा कार्यक्रम मनाइँदैछ ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप