बचत ऋणको छुट्टै ऐनका लागि अब अभियान जाग्नुपर्छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत ऋणको छुट्टै ऐनका लागि अब अभियान जाग्नुपर्छ

ऋषिराज घिमिरे
सल्लाहकार एवम् पूर्वअध्यक्ष, नेफ्स्कून

बचत ऋण सहकरी ऐन ल्याउन धेरै नै ढिलो भइसकेको छ, यसका लागि अभियानै चलाउनुपर्छ । बचत ऋणको ऐन छुटै ल्याएर हामीले हाम्रो अनुगमन आफै गर्ने हो ।  ऐन ! ऐन ! ऐन ! अब ऐन नआएर सुखै छैन !

नेफ्स्कून स्थापनाका लागि २०४८ सालको ऐनको ठूलो ढोका निर्माण गर्ने निर्माताहरुलाई म सम्झन चाहन्छु । मैले जानेबुझेसम्म दिपक प्रकाश बास्कोटा, केशव प्रसाद बडाल, सहकारी विभागका तत्कालिन रजिष्ट्रार शंकरराज जोशि उहाँहरुलाई आज सम्झन चाहन्छु । यदी उहाँहरुले यो ऐन नबनाइदिएको भए सायद नेफ्स्कून पनि आउँदैनथ्यो होला र आएपनि धेरै पछि आउँथ्यो होला, उहाँहरुलाई सम्झने दिन हो ।  त्यो बेला, यही राष्ट्रिय सहकारी महासंघको प्राङ्गाणमा रहेको सहकारी विकास बोर्ड त्यतिबेला साझा केन्द्र भनिन्थ्यो, त्यहाँका अध्यक्ष भोजराज घिमिरे जसको अध्यक्षतामा यो नेफ्स्कून खडा भयो । उहाँ स्वर्गीय भइसक्नुभएको छ, उहाँलाई म नमन गर्न चाहन्छु । आजबाट नेफ्स्कून ३४औं बर्षमा प्रवेश गरेको छ । म आज अग्रजहरुलाई सम्झना र सम्मान गर्दै स्थापना दिवसको शुभकामना व्यक्त गर्दछु । 

यो घर निर्माण गर्नका लागि थुप्रै अथक प्रयास गर्ने व्यक्तिहरु हुनुहुन्छ । विकुका खेम जी, रमाइलो बचत मोरङका निरौलाजी, बेताली बचतका साथीहरु, राष्ट्र बैंकका विष्णु प्रसाद श्रेष्ठ र श्रीलंकाका फ्रान्सिस जेभियर्स, रञ्जित हिताराची, आरिस्लिका फ्रेक्यिूट युनियन जसले अलिअलि आर्थिक सहयोग गरेका कारण नेफ्स्कून जीवन्त रह्यो । क्यानडेली सहकारी महासंघ बारबार उहाँहरु आउनुभयो, धेरै आर्थिक सहयोग पनि गर्नुभएको छ भने धेरै परियोजनाहरु पनि दिनुभएको थियो । 

जब म उपाध्यक्ष, मीनराज कंडेल अध्यक्ष हुँदा हामी ५/७ जना कर्मचारीहरुलाई पनि एताउताबाट मिलाएर तलब खुवाउँथ्यौं । हामीले आक्रामक शैलीमा अन्तरलगानी कार्यक्रमको शुरुवात गर्यौं । एउटा सुत्राधार ती इतिहासका निर्माताहरुलाई पनि सम्झिने दिन पनि हो, स्थापना दिवसको दिन । महान विचारक एफ डब्लु राइफाइसन लाई सम्झिन चाहन्छु । उनले Self Help, Self Responsibility, Self Governance भनेका छन् । ती महान बिचारकले आज भन्दा १ सय ८०/९० बर्ष पहिले त्यसै बोलेका थिएनन् बचत ऋण सहकारी का लागि । 

SELF  SELF SELF  लेखेको कुरा कार्यान्यनमा लैजानका लागि अहिलेका साथीहरु र व्यवस्थापनका साथीहरुलाई मेरो आग्रह छ, सहकारी मन्त्रालय पस्दै नपस्नुस् खाली विभागका रजिष्ट्रार को मा जानुहोस् । विभागमा जाँदा डकुमेन्ट लिएर जानुहोस्, त्यो डकुमेन्ट अभियानका सदस्यहरुको एकताबद्ध साझा बुझाईको आधारमा निर्माण गर्नुहोस् । सहकारी अघिअघि सरकार पछिपछि भनेका छौं, जव अभियान एक हुन्छ,  हामी एकताबद्ध भएर कार्यक्रम पेश गर्छौं, तब काम गर्न सजिलो हुन्छ । 

सहकारी ऐनमा स्थिरीकरण कोषमा नेफ्स्कूनको अध्यक्ष अध्यक्ष रहने भनेर पहिलो पटक व्यवस्था भएर आएको  छ । हामीले अभियानमार्फत यो कुरालाई बुझाएर गएका थियौं । अब पनि हामी धाउँदा दार्चुला धाउने, ताप्लेजुङ धाउने, कञ्चनपुर र झापा धाउनुपर्छ, त्यहाँको अभियानलाई एक बनाउन सकियो भने केन्द्रीय तरलता ( स्थिरीकरण कोष) को सपना साकार पार्न समस्या देख्दिन मैले । अभियान अब सानो छैन, यदि अभियान एकजुट भएर अभियानलाई बुझाएर जाने हो भने हामीले मन्त्रालयसँग पैसा मागिरहनुपर्दैन । बचत ऋणमा कारोबार गर्नेले बाह्य ऋण एक रुपैंया पनि लिनुुहुँदैन । जव हामी बाह्य लोन लिन्छौ, तव हमी सदस्यता विस्तार, बचत संकलन, परिचालन गर्न विर्सन्छौं । हामीले सदस्यकै पैसा लिने हो, उनीहरुलाई नै बचत गर्न लगाउने हो र पूँजि निर्माण गर्ने हो । 

प्रविधिमा नेफ्स्कून अगाडि गएको छ । आज विश्व ऋण परिषद्, यशियाली ऋण महासंघका प्रतिनिधिहरुले पनि प्रविधिमार्फत नेफ्स्कूनलाई शुभकामना सन्देश पठाउन सम्भव भएको छ । अबको युग प्रविधिको युग हो, प्रविधि विस्तारमा नेफ्स्कूनले धेरै गर्नुछ । आजभन्दा करिब ६ बर्ष पहिले सुरुवात भएको एम आई एस सिस्टमले आज मुर्त रुप लिएकोमा खुसी लागेको छ, यसको प्रभावकारी कार्यान्वयमा लाग्नुहोस् र सदस्यहरुलाई डाटा संशोधनका लागि कडाइपनि गर्नुहोला, डाटामा सहकारी क्षेत्र निकै पछाडि छ, एमआइएस त्यसका लागि मुर्त रुप दिने प्रविधि हुनेछ । 

वित्तीय क्षेत्रलाई शुद्ध बनाउन बचत ऋण सहकारी छुटै ऐन जरुरी छ । याद गर्नुहोला, हाम्रो परिवारभित्र एउटा मात्रैले गलत काम गर्दा, त्यो जहिल्यै पनि हाम्रो टाउकोमा आइरहेको छ, छवि हाम्रो धुमलिरहेको छ, त्यसैले  बचत ऋणको ऐन छुट्टै ल्याएर फोर्स एकीकरणका कुराहरु, स्थिरीकरणका कुराहरु, अनुगमनका कुराहरुमा ध्यान दिनुहोस् । 

बचत ऋण सहकरी ऐन ल्याउन धेरै नै ढिलो भइसकेको छ, यसका लागि अभियानै चलाउनुपर्छ । बचत ऋणको ऐन छुटै ल्याएर हामीले हाम्रो अनुगमन आफै गर्ने हो ।  ऐन ! ऐन ! ऐन ! अब ऐन नआएर सुखै छैन,  यहाँ व्यवधान गर्नैहरु, तर्क गर्नेहरु, हुन्न भन्नेहरु, त्यही भित्रै थुप्रै कुरा राखेभैहाल्छ नि ! भन्नेहरु धेरै हुन्छन्, त्यो भनिरहन्छन् । आलोचना गर्नेहरु धेरै हुन्छन्, उहाँहरुको कुरालाई पनि श्रद्धापूवर्क लिने, आलोचना गर्ने व्यक्ति भएनन् भने हामीहरुलाई पनि उर्जा आउँदैन जति आलोचना हुन्छ, त्यति उर्जा थपिँदै जान्छ, आलोचना गर्ने व्यक्तिहरु भएनन्  भने अगाडी बढ्न सकिर्दैन । त्यो उर्जा लिँदै अभियान जगाउनुहोला, बचत ऋण ऐन जरुरी छ, अभियान सङ्गलो बनाउनुपर्छ । हिजो हाम्रो पालामा भन्दा धेरै प्रगति भएको छ । 

(नेफ्स्कूनको ३४औं स्थापना दिवसको अवसरमा साउन ३२ गते आयोजित भौतिक साथै भर्चुअल कार्यक्रमका अवसरमा भौतिक उपस्थितिसहित राख्नुभएको मार्गदर्शन एवम् शुभकामना मन्तव्य )

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१६ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप