आइसीए आजबाट १२६ औं वर्ष प्रवेश
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आइसीए आजबाट १२६ औं वर्ष प्रवेश

एजेन्सी । आज अगष्ट १९ अर्थात् विश्वभरका सहकारीहरुको साझा मञ्च अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को स्थापना दिवस हो । आजबाट आइसीए स्थापनाको १ सय २६ औं वर्ष प्रवेश गरेको छ । आइसीएको स्थापना सन् १८९५ को अगष्ट १९ मा बेलायतको लन्डनमा सम्पन्न १३ मुलुकका सहकारीकर्मीहरु सम्मिलित पहिलो सहकारी सम्मेलन (फस्ट कोअपरेटिभ कंग्रेस) ले गरेको थियो । उक्त सम्मेलनमा बेलायतसँगै अर्जेन्टिना, अष्टे«लिया, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, भारत, इटाली, स्वीट्जरल्याण्ड, सर्बिया र अमेरिकाका सहकारीकर्मीहरुको सहभागिता थियो । आइसीएले सन् १९२३ देखि प्रत्येक जुलाईको पहिलो शनिवारलाई अन्तर्राष्ट्रिय सहकारी दिवस (कोअप्स डे) को रुपमा मनाउँदै आएको छ । संयुक्त राष्ट्र संघको सन् १९९२ को १६ डिसेम्बरमा सम्पन्न महासभाले आइसीए स्थापनाको १ सय वर्ष प्रवेशको अवसरमा सन् १९९५ बाट जुलाई पहिलो शनिवारलाई राष्ट्र संघीय आइसीए डेको रुपमा मान्यता प्रदान गरेको थियो ।

आइसीएले विश्वभरका सहकारीहरुलाई एउटै छातामुनि ल्याउने, उनीहरुको प्रतिनिधित्व गर्ने र हरतरहले सेवा प्रदान गर्ने ३ मुख्य काम (युनाइट, रेप्रिजेन्ट र सर्भ) गर्दछ । सहकारीका ७ सिद्धान्त, ६ आधार मुल्य तथा ४ नैतिक मुल्यका आधारमा यसका सम्पूर्ण गतिविधिहरु निर्देशित हुन्छन् जसलाई विश्व भरका सहकारीहरुले आत्मसात् गर्दै आएका छन् ।

हाल विश्व जनसंख्याको १२ प्रतिशत सहकारीमा आबद्ध छ  । विश्व सहकारी अभियानसँग हाल कायम ३० लाख सहकारीमार्फत १ अर्ब भन्दा बढी सदस्यहरु प्रत्यक्ष जोडिएका छन् भने २८ करोड (रोजगारीमा आबद्ध विश्व जनसंख्याको १० प्रतिशत) ले प्रत्यक्ष रोजगारी पाएका छन् । विश्वका ३ सय ठूला सहकारीहरुले २.१ ट्रिलयन अमेरिकी डलरको कारोबार गर्दछन् । विश्वका हालसम्मका ठूला २ विश्व युद्धहरु सामना गर्ने निक्कै कम अन्तर्राष्ट्रिय संस्थाहरुमध्ये सम्भवतः सबैभन्दा सबल संस्था हो–आइसीए ।

आइसीएसँग हाल १ सय १२ देशका ३ सय १८ सहकारी निकायहरु आबद्ध छन् । आइसीएको सन् २०१७ को नोभेम्बर १४ देखि १७ सम्म मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न विश्व सम्मेलन तथा साधारण सभाले अर्जेन्टिनी सहकारीकर्मी एरियल ग्वार्को नेतृत्वको नयाँ सञ्चालक समिति निर्वाचित गरेको थियो जसमा नेपालको तर्फबाट राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल सञ्चालक सदस्य (ग्लोबल बोर्ड मेम्बर) निर्वाचित हुनुभएको थियो । नेपालले सहकारीको अन्तर्राष्ट्रिय मञ्चमा पाएको हालसम्मकै ठूलो उपलब्धि हो यो । राष्ट्रिय सहकारी महासंघ २०५४ साल (सन् १९९७) मा आइसीएमा आबद्ध भएको हो भने नेपालका अन्य ४ सहकारी निकाय पनि आइसीए सदस्य छन् ।

बेल्जियमको राजधानी ब्रसेल्समा मुख्य कार्यालय रहेको आइसीए अन्तर्गत सन् १९९२ बाट अफ्रिका, अमेरिकाज्, एशिया प्रशान्त र युरोप गरी ४ क्षेत्रीय कार्यालयहरु, ८ क्षेत्रीय क्षेत्रीय संगठन तथा ५ समिति तथा सञ्जाल छन् । शुरुमा लन्डन मुख्यालय रहेको आइसीए सन् १९८२ मा स्वीट्जरल्याडको जेनेभा हुँदै सन् २०१३ बाट ब्रसेल्स सरेको हो । यसै वर्षको अन्त्यसममा आइसीएले विश्वका सहकारीहरुको अवस्था, कारोबार, योगदान आदि उल्लेख गरिने वल्ड कोअपरेटिभ मनिटरको १० औं संस्करण पनि प्रकाशन गर्दैछ ।आइसीएले ३३ औं विश्व सहकारी सम्मेलन यसै वर्ष अर्थात् सन् २०२१ डिसम्ेबर १ देखि ३ सम्म दक्षिण कोरियाको राजधानी सियोलमा हाइब्रिड मोडलमा आयोजना गर्दैछ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप