ज्योतिपुञ्ज साकोस ११ औं वर्ष प्रवेश; तेस्रो सेवा केन्द्र लुभुमा खोल्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ज्योतिपुञ्ज साकोस ११ औं वर्ष प्रवेश;  तेस्रो सेवा केन्द्र लुभुमा खोल्ने

काठमाडौं । नयाँ बानेश्वर मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.ले आज आफ्नो ११ औं स्थापना दिवस मनाएको छ । साकोसले कोरोना जोखिमलाई ध्यानमा राखी सीमिति भौतिक उपस्थितिबीच जनस्वास्थ्य मापदण्ड कायम गर्दै केन्द्रीय कार्यालयमा स्थापना दिवस कार्यक्रम आयोजना गरेको हो । यसै पुनित अवसरमा साकोसले आफ्नो तेस्रो सेवा केन्द्र ललितपुरको लुभमा निकट भविष्यमै स्थापना गर्ने जनाएको छ ।

ज्योतिपुञ्ज साकोसका अध्यक्ष नवराज कार्कीले लुभुमा सेवा केन्द्र खोल्ने जानकारी गराउँदै कोरोनाको प्रभावलाई ध्यानमा राखी चाँडै मिति घोषणा गरिने साकोस आवाजलाई बताउनुभयो । साकोसको हाल केन्द्रीय कार्यालयसँगै ललितपुरको कुमारीपाटी र काठमाडौंको गोठाटारमा गरी २ वटा सेवा केन्द्र कार्यालय सञ्चालनमा छन् । स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष कार्कीले साकोसलाई थप व्यवस्थित, प्रभावकारी, सदस्य मैत्री तथा प्रविधियुक्त बनाउँदै लाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाकी व्यवस्थापक रञ्जु कार्की लगायत सीमित कर्मचारीहरुको सहभागितामा केक काटिएको थियो ।

२०६८ साल भदौ ४ गते २८ जना सेयर सदस्यहरुको सहभागिताबाट स्थापना भएको साकोसमा हाल २८६३ जना सदस्य छन् भने कुल सम्पत्ति १ अर्ब ६० करोड रहेको छ । नेफ्स्कूनको सदस्य रहेको ज्योतिपुञ्ज संघले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी कार्यक्रम प्रोबेसनमा समेत सहभागी छ ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप