पोखरा रोयल साकोसको क्यूआर कोड सेवा विस्तार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा रोयल साकोसको क्यूआर कोड सेवा विस्तार

पोखरा । प्रविधीमैत्री सहकारी, स्मार्ट सदस्य हाम्रो जिम्मेवारी  अभियान सहित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले क्यूआर कोड सेवा थप सदस्यहरुमा विस्तार गरेको छ । नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्य सहित आफ्ना व्यवसायी सदस्यहरुलाई क्यू आर कोड प्रविधी हस्तान्तरण गरेको हो । 

संस्थाको प्रधान कार्यालयमा प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले सेयर सदस्य भुवन बराललाई क्यू आर कोड हस्तान्तरण गर्दै अभियानको शुरुवात गर्नुभएको थियो । योजना बमोजिम संस्थाका सदस्यहरुलाई स्मार्ट सदस्यको रुपमा विकास गराउने र सोहि अभियान अन्र्तगत क्यू आर कोड प्रविधि मार्फत सदस्यहरुको व्यवसायलाई समेत प्रविधिमा जोडेको प्रमुख कार्यकारी अधिकृत गुरुङले बताउनुभयो ।

आ–आफ्नो पसल वा व्यावसायिक प्रतिष्ठानमा राखिने क्यूआर कोड प्रविधिमार्फत सदस्यहरुले वस्तु तथा सेवाको खरिद गरेपछि आफ्नो मोवाईल मार्फत क्युआर कोड स्क्यान गरी बिल भुक्तानी गर्न सक्नुहुनेछ। क्यूआर कोड प्रविधिको प्रयोगले समयको बचत साथसाथै महामारीको समयमा नगद उपयोगको जोखिम समेत घट्ने र सदस्यहरुले नगद प्रयोगको झन्झटबाट समेत छुटकारा पाउने पोखरा रोयलका सूचना अधिकारी मीलन ढकालले जानकारी गराउनुभयो । 

कोरोना महामारीको कहर बीच गत वर्षबाट नै संस्थाले ४ वटै कार्यालयबाट क्यू आर कोड प्रविधी जडान गरि काउन्टरबाट ई टेलर सुविधा प्रदान गर्दै आएको, मोबाईल बंैकिङ, एटिएम सुविधा र एस एम एस सुविधा प्रदान गर्दै आईरहेको छ । प्रारम्भिक चरणमा १० जना सदस्यबाट सेवा प्रारम्भ गरेकोमा चालु वर्षमा संस्थाले कम्तिमा पनि १०० बढी व्यवसायी सदस्यहरुलाई क्यूआर प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको संस्थाका व्यवसाय प्रवर्धन विभाग प्रमुख विजया श्रेष्ठले जानकारी गराउनुभयो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप