‘उद्यमशिलताको क्रान्ति हामीबाटै सम्भव छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘उद्यमशिलताको क्रान्ति हामीबाटै सम्भव छ’

माधव ढुंङ्गेल 
कार्यकारी उपाध्यक्ष
राष्ट्रिय युवा परिषद् 

नेपाल भरका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको केन्द्रीय संघ नेफ्स्कूनले आज ३३ बर्षको लामो यात्रा पार गरिसकेको छ । नेपालमा जब सहकारी अभियान सुरु भयो, त्यसले वास्तवमै एउटा ऐतिहासिक रुपान्तरणको यात्राको थाली गर्यो । हामीले भन्दै आइरहेको समाज विकासको यात्रामा एउटा फड्को मार्ने अभियानको रुपमा सहकारीले गति लियो । सामन्तबादको एउटा विरोधि अभियानको रुपमा वास्तवमै यसले व्यावहारिक सार्थकता प्रदान गर्यो । सहकारीले सानो पैसा र त्यसमा पनि कमजोर आँट र साहस भएका अथवा केही पनि नभएका गरिब, निमुखाहरुलाई एकै ठाउँमा जोडेर सामूहिक रुपमा वचत गर्ने प्रणालीलाई विकास गर्यो । आफ्नो लागि अरुको साथ र सहयोग जुटाउने कुराको यात्रा प्रारम्भ गर्यो । हिजो एउटा व्यक्तिलाई चाकडी गरेर, खुट्टा ढोगेर बर्ष दिनका चाडबाडहरु मनाउनुपर्ने गरिबीलाई उसको अपनत्व, उसको स्वतन्त्रता र स्वाधिनतालाई कायम राख्दै आफै सदस्य बनेको संस्थाबाट ऋण लिएर आफैले बनाएको विधिभित्र सामेल हुँदै स्वाभिमानका साथ पैसा परिचालन गर्ने पद्धतिको शुरुवात भयो, मलाई लाग्छ यसको सवैभन्दा ठूलो विशेषता यही यो । यसले जनतालाई लोकतान्त्रिक पद्धति र संस्कार सिकायो । 

नेपालमा सहकारी क्षेत्रको योगदान अत्यन्त ठूलो छ । प्रत्यक्षतः कुल ग्राहस्थ उत्पादनमा ४ प्रतिशत मात्रै योगदान सहकारीको देखिएपनि अप्रत्यक्ष योगदान पर्याप्त छ । सहकारी मार्फत कृषिमा गरेको लगानी, कृषि उद्यमबाट भएको विकास र त्यसबाट प्राप्त योगदानको कुरा त्यो भन्दा धेरै अगाडि छ । राष्ट्रिय युवा परिषद् र नेफ्स्कून बीचको सहकार्यबाट सानो आकारमा युवा उद्यमशिलता विकास कार्यक्रमको आरम्भ भएको छ । सहकारी, नेफ्स्कून र युवा परिषद्को साझा कार्यक्रम जुन रुपमा अगाडि बढेको छ, त्यो नेफ्स्कूनले कुनै लाभ लिने उद्देश्यका साथ नभएर एउटा सामाजिक योगदानको  हिसावले शुद्ध भावका साथ कार्यक्रम अगाडि बढाएको हो । राष्ट्रिय युवा परिषद् र नेफ्स्कूनको संयुक्त पलहमा अन्तराष्ट्रिय श्रम संगठन आइएलओसँगको सहकार्यमा प्रमाणीकृत प्रशिक्षक निर्माण गर्ने काम भएको छं । चागुँनारायण नगरपालिका सँगको सहकार्यमा एउटा उद्यमशिलता विकासको मोडेल अगाडि बढाएका थियौं । चाँगुनारायण नगरपालिकाको सहकार्यमा नगरपालिका भित्र रहेका बेरोजगार युवाहरुलाई सचेतीकरण र सीपमुलक उद्यमशिलता विकासको तालिम प्रदान गरेर उद्यमी युवा निर्माणमा उदाहरणीय काम भएको छ । यदि यही मोडेललाई देशव्यापी रुपमा अगाडि बढाउन सक्ने हो भने उद्यमशिलताको क्रान्ति सम्भव छ । त्यो हामीबाटै सम्भव हुन्छ । 

युवाहरुलाई सक्षम बनाएर सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने जुन अभिप्रायका साथ कार्यक्रमहरु अगाडि बढेका छन् त्यसको सुत्रधार राष्ट्रिय युवा परिषद् नै हो । त्यसैको विस्तारित रुप स्वरुप आज सहुलियतपूर्ण कर्जा सरकारबाट जारी भएको छ । हामी सबैले सहुलियतपूर्ण कर्जा सहकारीमार्फत जानुपर्छ भन्ने आवाज उठायौं र पनि त्यसले आजसम्म सफलता पाउन सकेन, हाम्रो आवाजले अझैपनि सरकारलाई बुझाउन सकेको छैन । 

बास्तवमा सहुलितपूर्ण कर्जा धितो नराखिकन, अहिले सम्म हामीले अपनाउँदै आएका सम्पत्तिको वित्तीय मूल्य जस्तै घर, जग्गा मात्रै होइन व्यक्तिभित्र भएको क्षमता, उसले प्राप्त गरेको सामाजिक मूल्य, ज्ञान, सीप, तालिमलाई वित्तीय मूल्यमा रुपान्तरण गर्दै परियोजना प्रस्तावको आधारमा उपलब्ध हुनुपर्छ भन्ने एउटा दृष्टान्त सहुलियतपूर्ण कर्जा परियोजनाले सार्वजनिक गरेको छ । आजसम्म लाखौं युवा यसैको अभावमा दुबही, मलेशिया, कतार, वहरायन जस्ता खाडी मुलुकमा पुगेका छन्  । हामीले युवा जनशक्तिको वित्तीय मूल्य पहिचान गर्न नसक्दा युवाको क्रियाशिल उमेर विदेशिएको छ । आज बैंकले कागज मात्र चिन्दछ तर सहकारीले मान्छे चिन्छ, मान्छेभित्रको स्वभाव, शैली र उसका सम्पूर्ण योजना र नियमनलाई चिन्न सक्ने strengthen power सहकारीमा मात्र छ, त्यसैले सहकारीलाई नै यो जिम्मेवारी प्रदान गर्न सके मोर इफेक्टिभ हुन्छ भन्ने लाग्दा लाग्दै पनि सहकारीलाई आज त्यो ठाउँमा पुर्याउन सकिएको छैन ।

नेफ्स्कूनको नेतृत्व टीमलाई एउटा मोडलको रुपमा भएपनि यसका लागि एउटा कोष खडा गरेर तालिममा सहभागी गराउनेदेखि स्थानीय पालिका साथै सातवटै प्रदेशसँगको समन्वय मार्फत नेफ्स्कून र युवा परिषद्को साझेदारीमा उद्यमशिलता विकासलाई अभियानको रुपमा अगाडि बढाउन पहल गर्नुहोस् भन्न चाहन्छु ।

कार्यक्रमलाई साच्चै सफल बनाउनको लागि योग्य मान्छे बनाउने र योग्य मान्छेलाई ऋण उपलब्ध गराउने मोडेलको विकास अव नेफ्स्कूनबाटै सुरुवात हुनुपर्छ । ७ वटै प्रदेश सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुबाट दक्ष व्यवस्थापकीय समूहलाई लिएर एकसाथ अगाडि बढ्न सकिन्छ । जसमार्फत प्रतिबर्ष साढे चार लाख युवालाई रोजागारी दिन कुनै समस्या पर्दैन । यो कार्यक्रमलाई सफल बनाउन साझा अभियानको रुपमा अगाडि जान सकौं । नेफ्स्कून स्थापना दिवसको अवसरमा यही शुभकामना व्यक्त गर्दछु । 

(नेफ्स्कूनको ३४औं स्थापना दिवसको अवसरमा साउन ३२ गते सोमबार आयोजित विशेष कार्यक्रममा राख्नुभएको विचारको सम्पादित अंश )
 
भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

१ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

२ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

५ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२५ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप