साकोस अभियानको विकासमा प्रतिबद्ध छौंः झापा बचत संघ अध्यक्ष
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस अभियानको विकासमा प्रतिबद्ध छौंः झापा बचत संघ अध्यक्ष

काठमाडौं । झापा जिल्ला बचत संघका अध्यक्ष तुलाराम न्यौपानेले जिल्लाको साकोस अभियानलाई सशक्त बनाउन अभियानको साझा प्रतिवद्धता सहित जिम्वेवारी ग्रहण गरेको बताउनुभएको छ । सोमबार एक कार्यक्रमका बीच पद तथा गोपनियताको सपथ लिएसँगै कार्यभार शुरु भएको उहाँले बताउनुभयो । गत माघमा सम्पन्न साधारणसभाबाट नवनिर्वाचित समितिले कोभिडको बढ्दो संक्रमण जोखिम र विविध प्राविधिक समस्याका कारण जिम्मेवारी लिन ढिलाई भएको थियो ।

संघका निवर्तमान अध्यक्ष एवम् नेफ्स्कूनका सञ्चालक समेत रहनुभएका घनश्याम अधिकारीले यस अघि लामो समयदेखि जिल्ला बचत संघको नेतृत्व सम्हाल्दै आउनुभएको थियो । माघमा सम्पन्न साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन भएपनि कोभिड संक्रमण जोखिम सँगसँगै आफूलाई परेको पितृवियोगका कारण पद तथा जिम्मेवारी हस्तान्तरणमा ढिलाई भएको निवर्तमान अध्यक्ष अधिकारीले बताउनुभयो ।

संघको नयाँ जिम्मेवारी सहित अभियानका गतिविधिहरुलाई क्रियाशिल बनाउँदै योजनाबद्ध रुपमा अघि बढ्ने प्रण सञ्चालक समितिले गरेको छ, नवनिर्वाचित अध्यक्ष तुलाराम न्यौपानेले भन्नुभयो नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रममा सहभागी हुँदै बचत ऋण सहकारी अभियानको साख बृद्धि गर्ने कार्यक्रमहरु अगाडि बढाउन प्रतिबद्ध छौं । केन्द्रीय संघले गरेका कार्यक्रमहरुको अनुसरण गर्दै बतच संघको स्थापना दिवस मनाउने, संघमा आबद्ध सदस्य संस्थाहरुलाई उत्कृष्ट सम्मान तथा पुरस्कार प्रदान गर्ने, बचत ऋण सहकारी अभियानको बृद्धि विकासका लागि नीतिगत व्यवस्था गर्ने, संघको सदस्य आबद्धता विस्तार गर्ने, नेफ्स्कून साकोस म्यानेजर्स क्लबसँग टाइअप गरेर अगाडि बढ्न झापा साकोस म्यानेजर्स क्लव निर्माणमा पहल गर्ने लगायतका विषयहरुमा प्रतिबद्धताका साथ लाग्ने बचतबद्धता समिति मार्फत व्यक्त भएको अध्यक्ष न्यौपानेले बताउनुभयो । जिल्ला बचत संघमा हाल १ सय १० सहकारी आबद्ध र ९० लाख कुल वासलात रहेको उहाँले जानकारी गराउनुभयो ।  

बचत संघका नवनिर्वाचित सञ्चालक समितिले औपचारिकरुपमा गत सोमबारबाट जिम्मेवारी लिएको हो । २०७७ माघमा सम्पन्न संघको नवौंं साधारण सभाले तुलाराम न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको थियो । 

समितिको वरिष्ठ उपाध्यक्षमा उपेन्द्रप्रसाद ओली, उपाध्यक्षमा विश्वेश्वरप्रसाद भट्टराई र चन्द्राकुमारी खड्का भट्टराई हुनुहुन्छ । त्यसैगरी बचत संघको सचिवमा यामकुमार चुडाल, सहसचिवमा कमलकुमार घिमिरे, कोषाध्यक्षमा गोविन्द पौडेल र सदस्हरुमा शुसिला रिजाल, कृष्णप्रसाद पोखरेल, दिपक शिवाकोटी, हिमालय प्रकाश कन्दङवा, देविका निरौला बस्नेत, गोकुल न्यौपाने, बिनोद ढकाल र बालकृष्ण गौतम रहनुभएको छ । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा रेवती खनाल र सदस्यहरुमा राजेन्द्रप्रसाद रिजाल र त्रिलोचन गौतम हुनुहुन्छ । 

झापा जिल्ला बचत संघको जिम्मेवारी ग्रहण गर्नुभएका सम्पूर्ण नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई नेफ्स्कून एवम् साकोस आवाज परिवारको तर्फबाट हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछौं । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२२ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप