साकोस अभियानको विकासमा प्रतिबद्ध छौंः झापा बचत संघ अध्यक्ष
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस अभियानको विकासमा प्रतिबद्ध छौंः झापा बचत संघ अध्यक्ष

काठमाडौं । झापा जिल्ला बचत संघका अध्यक्ष तुलाराम न्यौपानेले जिल्लाको साकोस अभियानलाई सशक्त बनाउन अभियानको साझा प्रतिवद्धता सहित जिम्वेवारी ग्रहण गरेको बताउनुभएको छ । सोमबार एक कार्यक्रमका बीच पद तथा गोपनियताको सपथ लिएसँगै कार्यभार शुरु भएको उहाँले बताउनुभयो । गत माघमा सम्पन्न साधारणसभाबाट नवनिर्वाचित समितिले कोभिडको बढ्दो संक्रमण जोखिम र विविध प्राविधिक समस्याका कारण जिम्मेवारी लिन ढिलाई भएको थियो ।

संघका निवर्तमान अध्यक्ष एवम् नेफ्स्कूनका सञ्चालक समेत रहनुभएका घनश्याम अधिकारीले यस अघि लामो समयदेखि जिल्ला बचत संघको नेतृत्व सम्हाल्दै आउनुभएको थियो । माघमा सम्पन्न साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन भएपनि कोभिड संक्रमण जोखिम सँगसँगै आफूलाई परेको पितृवियोगका कारण पद तथा जिम्मेवारी हस्तान्तरणमा ढिलाई भएको निवर्तमान अध्यक्ष अधिकारीले बताउनुभयो ।

संघको नयाँ जिम्मेवारी सहित अभियानका गतिविधिहरुलाई क्रियाशिल बनाउँदै योजनाबद्ध रुपमा अघि बढ्ने प्रण सञ्चालक समितिले गरेको छ, नवनिर्वाचित अध्यक्ष तुलाराम न्यौपानेले भन्नुभयो नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रममा सहभागी हुँदै बचत ऋण सहकारी अभियानको साख बृद्धि गर्ने कार्यक्रमहरु अगाडि बढाउन प्रतिबद्ध छौं । केन्द्रीय संघले गरेका कार्यक्रमहरुको अनुसरण गर्दै बतच संघको स्थापना दिवस मनाउने, संघमा आबद्ध सदस्य संस्थाहरुलाई उत्कृष्ट सम्मान तथा पुरस्कार प्रदान गर्ने, बचत ऋण सहकारी अभियानको बृद्धि विकासका लागि नीतिगत व्यवस्था गर्ने, संघको सदस्य आबद्धता विस्तार गर्ने, नेफ्स्कून साकोस म्यानेजर्स क्लबसँग टाइअप गरेर अगाडि बढ्न झापा साकोस म्यानेजर्स क्लव निर्माणमा पहल गर्ने लगायतका विषयहरुमा प्रतिबद्धताका साथ लाग्ने बचतबद्धता समिति मार्फत व्यक्त भएको अध्यक्ष न्यौपानेले बताउनुभयो । जिल्ला बचत संघमा हाल १ सय १० सहकारी आबद्ध र ९० लाख कुल वासलात रहेको उहाँले जानकारी गराउनुभयो ।  

बचत संघका नवनिर्वाचित सञ्चालक समितिले औपचारिकरुपमा गत सोमबारबाट जिम्मेवारी लिएको हो । २०७७ माघमा सम्पन्न संघको नवौंं साधारण सभाले तुलाराम न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको थियो । 

समितिको वरिष्ठ उपाध्यक्षमा उपेन्द्रप्रसाद ओली, उपाध्यक्षमा विश्वेश्वरप्रसाद भट्टराई र चन्द्राकुमारी खड्का भट्टराई हुनुहुन्छ । त्यसैगरी बचत संघको सचिवमा यामकुमार चुडाल, सहसचिवमा कमलकुमार घिमिरे, कोषाध्यक्षमा गोविन्द पौडेल र सदस्हरुमा शुसिला रिजाल, कृष्णप्रसाद पोखरेल, दिपक शिवाकोटी, हिमालय प्रकाश कन्दङवा, देविका निरौला बस्नेत, गोकुल न्यौपाने, बिनोद ढकाल र बालकृष्ण गौतम रहनुभएको छ । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा रेवती खनाल र सदस्यहरुमा राजेन्द्रप्रसाद रिजाल र त्रिलोचन गौतम हुनुहुन्छ । 

झापा जिल्ला बचत संघको जिम्मेवारी ग्रहण गर्नुभएका सम्पूर्ण नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई नेफ्स्कून एवम् साकोस आवाज परिवारको तर्फबाट हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछौं । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप