भक्तपुर बचत संघद्वारा शीर्ष संघहरुको ध्यानाकर्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर बचत संघद्वारा शीर्ष संघहरुको ध्यानाकर्षण

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सहकारी क्षेत्रलाई सरकाबाट उपेक्षा गरिएको भन्दै सम्बन्धित निकायमा ठोस पहल गर्न शीर्ष संघहरुलाई ध्यानाकर्षण गराएको छ । बन्दाबन्दीको समयमा सहकारी क्षेत्रलाई अतिआवश्यक सेवा भित्र समावेश नगरिएको, सहकारीका कर्मचारीहरुलाई खोपमा वेवास्ता गरिएको, बैंक र वित्तीय क्षेत्रसरह सहकारीलाई पनि मालपोतमा दृष्टिबन्धक रोक्का कर तोकिएको, वार्षिक साधारणसभा सञ्चालनसम्बन्धी थप निर्देशन जारी नगरिएको र सहकारी संघ संस्थाको बचत निक्षेपको ब्याजमा अग्रिम ब्याज करको मात्रा अव्यवाहारिक भएको भन्दै सरोकारवालाहरुसँग पहल गर्न संघले पत्रसहित ध्यानाकर्षण गराएको हो ।

संघले राष्ट्रिय सहकारी महासंघ लि.र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.लाई आज ध्यानाकर्षण सहितको पत्र बुझाएको हो । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.लाई पनि यस विषयमा छिट्टै ध्यानकर्षण गराइने संघले जनाएको छ । 

७३ लाखभन्दा बढी जनसंख्या आवद्ध रहेको सहकारी क्षेत्रलाई राज्यपक्षबाट पटक पटक उपेक्षा गरिएको, कोभिड १९ को समयमा भएको लकडाउनका बेला पनि सहकारीक्षेत्रप्रति गरिएको विभेदका कारण सहकारीको सेवा प्रभावित भएको पत्रमा उल्लेख छ ।  

बागमती प्रदेशले जारी गरेको आर्थिक ए्ेन २०७८ मा दृष्टिबन्धक रोक्काको कर बैंक वित्तीय संस्था सरह तोकेर सहकारीलाई मारमा पारेको भन्दै गत बर्ष ३० लाख सम्मको दृष्टिबन्धक रोक्कामा रु ५ सय मात्र कर लाग्ने गरेकोमा यस आर्थिक बर्षदेखि ८ हजार दस्तुर तोक्नु न्यायोचित नभएको प्रति संघले ध्यानाकर्षण गराएको छ । त्यसैगरी कोभिड १९ को प्रभावलाई मध्येनजर गरी सहकारी विभागबाट सहकारी संघ संस्थाको लेखापरीक्षण र साधारणसभा सम्बन्धी प्रावधानमा सहजता ल्याउन थप निर्देशनका लागि पहलकदमी गर्न ध्यानकर्षण गराएको छ । 

त्यस्तै सहकारी संघ संस्थाले तरलता व्यवस्थापनका लागि बैंक वित्तीय संस्थामा निक्षेप राखिएको रकमबाट पाउने व्याजमा १५ प्रतिशतले अग्रिम कर कट्टी व्यवहारिक नभएकोप्रति ध्यानाकर्षण गराएको छ । 

जिल्ला बचत संघ भक्तपुरका अध्यक्ष कृष्ण गोविन्द लाखाजु सहितको संघका प्रतिनिधिहरुद्वारा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेल र नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका थिए । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप