गैँडाकोटमा ६ करोड लगानीमा किसान उपभोक्ता सहकारीको मार्ट
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गैँडाकोटमा ६ करोड लगानीमा किसान उपभोक्ता सहकारीको मार्ट

काठमाडौं । पूर्वी नवलपरासी (नवलपुर) को गैँडाकोट–४ मा किसान उपभोक्ता सहकारी संस्थाको ६ करोड रुपैयाँ लगानीमा ‘किसान मार्ट’ सञ्चालनमा आएको छ । किसान बचत तथा ऋण सहकारी संस्था लि.को प्रवर्धनमा किसान उपभोक्ता सहकारी संस्था लि.ले भदौ १६ गतेदेखि गैँडाकोट एग्रो मार्ट परिसरमा सञ्चालनमा ल्याएको मार्टको भोलि भदौं १९ गते शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । 

४ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको किसान मार्टमार्फत स्थानीय उत्पादनहरुको प्रवर्धन र बजारीकरणका साथै  उपभोक्तहरुलाई सुपथ मुल्यमा गुणस्तरीय सामान उपलब्ध हुने दाबी गरिएको छ । निकट भविष्यमै सञ्चालनको तयारी रहेका ४ वटा आउटेलमा गरी कुल ५० जनाले प्रत्यक्ष रोजगारी समेत प्राप्त गर्नेछन् । 

४ वटा आउटलेको तयारी अन्तिम चरणमा

किसान उपभोक्ता सहकारी संस्था लि.का अध्यक्ष तिलक पराजुलीले ४ वटा आउटेल दशैंतिहार भित्र सञ्चालनमा आइसक्ने जानकारी गराउनुभयो । ५ सय बढी सदस्य र ६ करोड सेयर पुँजी रहेको उपभोक्ता सहकारीले गैंडाकोट–८, १०, ११ र १२ मा जग्गा भाडामा लिइ मार्ट संरचना निर्माणको अन्तिम तयारी गरेको छ । १२ देखि १८ सय स्क्वायर फिटसम्मको क्षेत्रफल ओगटेका मार्टहरु हुने उल्लेख गर्नुभयो । ‘लभ टु सर्भ’ भन्ने मुख्य मन्त्रसहित सञ्चालित मार्टमा हाल १२ जना कर्मचारी छन् ।

अध्यक्ष पराजुलीले सिन्की मस्यौरा, च्याउ पेष्ट, अदुवा, गेडागुडी, लोकल चामल, तेल, आदि स्थानीय उत्पादनहरु प्रवर्धनको योजना रहेको बताउनुभयो । ‘यसको मुख्य उद्देश्य स्थानीय उत्पादनहरुको प्रवर्धन र बजारीकरण हो,’ उहाँले भन्नुभयो, ‘यसबाट मार्ट प्रवर्धक किसान साकोस अन्तर्गत सञ्चालित लघुवित्तका सदस्यहरुले गरेको खेती किसानीले पनि बजार प्राप्त गर्नेछ । बजार राम्रो भएपनि चुनौतीहरु सामना गर्नुपर्ने अध्यक्ष पराजुली बताउनुहुन्छ, ‘चुनौतीले नै अघि बढ्न मद्दत पनि गर्छ ।’ 

सदस्यका लागि सदस्यकै मार्ट  

 किसान बचत तथा ऋण सहकारी लि. का अध्यक्ष श्रीहरि चालिसेले नवलपुरले बजारका लागि बागमती प्रदेशको नारायणघाटसँग आश्रित हुनुपर्ने अवस्था ध्यानमा राखी मार्ट सञ्चालन गरिएको बताउनुभयो । ‘सदस्यका लागि आफ्नै सहकारीमार्फत आफ्नै उत्पादन प्रवर्धन तथा आवश्यक उपभोग्य वस्तुहरु एउटै छानामुनी खरिदबिक्री गर्ने सहजताका लागि मार्ट सञ्चालन गरिएको हो,’ अध्यक्ष चालिसेले भन्नुभयो, ‘यसले लगानी र मुनाफामा सदस्यहरु भागेदारी हुने अवसर प्रदान गरेको छ ।’ सहकारीका सदस्यले आफ्ना लागि आवश्यक सामानहरु खरिदबिक्री गर्न अन्यत्र जान नपरोस भनेर मार्टको अवधारणा अघि बढाएको चालिसेले बताउनुभयो ।

 हाल किसानसँग ७५ हजार सेयर सदस्य र उपभोक्ता सँग ५ सय बढी सदस्यहरु छन् । मार्ट सञ्चालनबाट सदस्यहरुको ठूलो जमात लाभान्वित हुने दाबी गरिएको छ । सहकारीमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण एवम् रोजगारी सृजनामा थोरै भएपनि टेवा पुग्ने उहाँले बताउनुभयो । अध्यक्ष चालिसेले साकोस र उपभोक्ता सहकारीका सदस्यहरुबाट मार्ट सञ्चालन भएकोमा धेरै राम्रो प्रतिक्रिया प्राप्त भएको बताउनुभयो ।

‘अरुको व्यवसायमा भरपर्नु नपरोस र मुनाफाको भागेदार पनि सदस्यहरु नै बन्न सक्ने स्थिति सृजना गर्न यो प्रयास थालनी भएको हो,’ अध्यक्ष चालिसेले भन्नुभयो, ‘अरु उपभोक्ता तथा बहुउद्देश्यीय सहकारीले पनि अभियानका रुपमा यस्ता व्यावसायिक योजनाहरु सञ्चालन गर्नुपर्छ ।’ भविष्यमा जिल्ला भर नै मार्टको सेवा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप