सहकारी र बचत बुझाउदै तीजका गीतहरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी र बचत बुझाउदै तीजका गीतहरु

‘अप्ठ्यारोमा साथ दिने असल साथी सहकारी
बचत गरे निर्माण हुन्छ धनको भकारी’


सहकारी र बचतको महत्व बुझाउन रुपन्देहीको देवदह नगरपालिका वडा नं. ७ मा अवस्थित पल्लवी बचत तथा ऋण सहकारी संस्थाका महिला सदस्यहरुले केही दिनअघि गाएको गीतको अंश हो यो । कर्णप्रिय संगीतको साथ गाएका उक्त गीतमा संस्थाका महिला सदस्यहरुले रातो वस्त्रमा सजिएर आकर्षक ढंगले नृत्य प्रस्तुत गरेका छन् । सहकारीको फेसबुकमा पोष्ट गरिएको उक्त गीतमा लाइक, सेयर र प्रतिक्रियाको ओइरो छ । यो तयारी उनीहरुले दैलोमा टेकिसकेको हरितालिका तीजको लागि गरेका हुन् ।

व्यक्तिगत र पारिवारिक गुनासाहरुमा सीमित तीजका परम्परागत मान्यताहरु र पछिल्लो केही वर्षयता विशुद्ध मनोरञ्जनात्मक तर भड्किलो बन्दै गएको तीजलाई सहकारी आबद्ध महिला सदस्यहरुले भने अर्थपूर्ण बनाउने नवीन प्रयास थालनी गरेका छन् ।

सहकारी वित्तीय शिक्षा प्रदान गर्ने महत्वपूर्ण माध्यम हो । सहकारीको माध्यमबाट गाउँगाउँमा वित्तीय शिक्षाको जागरण सुरु भएको छ । सहकारीका विभिन्न कार्यक्रम, तालिम तथा गोष्ठीहरुमा पनि वित्तीय शिक्षाको ज्ञान दिइन्छ । सहकारीको प्रारम्भविन्दुसँगै गाउँगाउँमा सहकारी घर घरमा भकारी भन्ने भनाई महत्वपूर्ण रहँदै आएको छ । सहकारीका यिनै महत्वपूर्ण सन्देश तथा उक्तिहरुलाई प्रचार गर्न गीत संगित पनि महत्वपूर्ण माध्यमको रुपमा रहँदै आएका छन् । आसन्न तीजको परिवेशसँगै गाउँ सहरमा महिला दिदीबहिनीहरुको रमाइला गतिविधिहरु सामाजिक सञ्जालमार्फत बाहिरिने क्रम सुरु भएको छ ।

बिशेष महत्व बोकेको सांस्कृतिक पर्व तीजमार्फत आम सर्वसाधरणलाई सहकारी सिद्धान्त, बचतको बानी, लैङिगक समावेशिता, अधिकार र मुक्तिका मागप्रति सचेत गराउन सहकारीमा आबद्ध महिलाहरुले गरेको यो पृथक प्रयास र सामाजिक सञ्जालका माध्यमबाट गरिएको प्रचार प्रसारले कार्यक्रमको लोकप्रियता बढाएको छ ।

नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी तीजलाई यो रुपमा पस्कने प्रयासको प्रशंसा गर्नुहुन्छ । सहकारी र बचतको महत्व बुझाउने, साँंस्कृतिक शुद्धता कायम गर्ने र सँगै मनोरञ्जन प्रदान गर्ने सहकारीको प्रयास सकारात्मक भएको अधिकारीको धारणा छ । नेफ्स्कूनका तत्कालिन उपाध्यक्ष ऋषिराज घिमिरेले २०६८ तिर तीज बचत कार्यक्रमलाई प्रोत्साहन गर्न व्यक्त अभिव्यक्तिबाट प्रेरित भएर चितवनको प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले पनि त्यतिबेलैदेखि तीज बचत अभियान शुरु गरेको उपाध्यक्ष अधिकारी सम्झिनुहुन्छ

प्रारम्भमा दर खाने र नाचगान गरेर तीज पर्व मनाउने प्रचलन सहकारीहरुमा देखिन्थ्यो तर पछि नेफ्स्कूनमा आबद्ध भएपछि भने बचत प्रवर्धन गर्ने, वित्तीय शिक्षा सम्बन्धी सचेतना फैलाउने उद्देश्यले तीज बचत कार्यक्रम शुभारम्भ भएको उपाध्यक्ष अधिकारीले स्मरण गर्नुभयो । “तीज वचत बार्षिक रुपमा कृष्णजन्माष्टमी देखि तीजको ऋषिपञ्चमीको दिनसम्म मात्रै झिक्न पाउने भन्ने व्यवस्था हामीले शुरुमा गरेका थियौं” उहाँले भन्नुभयो, “तीज बचत तीज पर्व मनाउन नै खर्च गर्ने भन्ने थियो । तीज बचत सुरु गरेपछि एकै दिनमा राम्रै बचत पनि संकलन हुन्थ्यो, त्यो क्रम आज पनि जारी छ । बचत गर्ने बानीको विकास गर्न र बचतको निरन्तरताका लागि पनि तीज वचत महत्वपूर्ण माध्यम बनेको छ  ।”  

प्रभात दिदीवहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यस वर्ष पनि तीज पर्वको शुभकामना आदानप्रदान सँगै तीज बचत कार्यक्रमको आयोजना गरेको छ । सहकारीहरुले प्रत्येक बर्ष तीजको अवसरमा आयोजना हुने शुभकामना आदानप्रदान साथै तीज विशेष बचत कार्यक्रमले महिलाहरुमा एकता, सद्भाव र आत्मियता पनि बढाएको उहाँ बताउनुहुन्छ । 
 
 भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व यस बर्ष भदौ २४ गते परेको छ । देवादिदेव महादेव र पार्वतीको पूजा, उपासना र आराधना गरी मनाइने तीज पर्वले सुख शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास समेत रहेको छ । 

एक सहकारी एक सदस्य भन्ने नारा लिएर ।
सहकारीकै गीत गाउँछौ सन्देश दिएर ।। 
सानो सानो पुँजीलाई एकतृत गरेर ।
हिड्ने गर्छ समृद्धिको भारी बोकेर ।। 

महिलाको आर्थिक सशक्तिकरणको पाटोमा पछिल्लो समय गाउँ सहर सबैतिर सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । करिब ७४ लाख सहकारीका सदस्यहरुमध्ये ४० लाखभन्दा बढी (५६ प्रतिशत) महिला सदस्य छन् । यसले के इङ्गित गर्दछ भने सहकारीमार्फत महिला सशक्तिकरणको अभियान तीब्र रुपमा अगाडि बढेको छ । त्यतिमात्रै होइन परम्परागत धार्मिक विश्वास साथसाथै महिला अधिकारको विषय उजागर हुने तीज गीतले महिलाहरुलाई आर्थिक आत्मनिर्भरतातर्फ अग्रसर बन्नसमेत हौसला प्रदान गरेको छ ।  


तीजको पूर्वसन्ध्यामा ‘सहकारी सेवा र सचेतना’ विषयक तीज गीतमा अन्तर सचेतना क्लब स्तरीय तीज गीत प्रतियोगिता सुभारम्भ गरिएको पल्लवी साकोसका महिला उपसमिति संयोजक शोभा काफ्लेले बताउनुभयो । सहकारी सम्बन्धी सचेतना फैलाउन र सबैलाई सहकारीमा आबद्ध गराउन तीज पर्वको अवसरमा गीत संगितमार्फत अनुरोध गरेका छौं, उहाँले भन्नुभयो, “सहकारीमा महिला सहभागिता बढाएर महिलाको आर्थिक सशक्तिकरण साथै नेतृत्व सीप विकासका लागि पनि तीज पर्वमा गरिने कार्यक्रमले विशेष महत्व राख्दछ ।” पल्लवी बचत तथा ऋण सहकारी संस्थाले सचेतना क्लबहरुको भर्चुअल तीज गीत प्रतियोगिता आयोजना गरेर ९ प्रतियोगी समुहको गीत र नृत्य फेसवुक पेज मार्फत सार्वजनिक गरेको छ । गीत संगित, लय, कला र कला साथै फेसबुकमा प्राप्त लाइक, सेयर र कमेन्टको आधारमा उत्कृष्ट छनौट गरिने संयोजक काफ्ले ले जानकारी गराउनुभयो ।  

यी त  केही प्रतिनिधिमुलक उदाहरण मात्रै हुन् । पछिल्ला बर्षहरुमा तीज पर्वलाई वित्तीय शिक्षाको सन्देश फैलाउने र बचतलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्ने क्रम निरन्तर बढिरहेको छ । प्रत्येक बर्ष तीजको अवसर पारेर गरिने कार्यक्रमहरु बढीभन्दा बढी सचेतनामुलक, सरल र बचतमुखी हुनु आवश्यक छ । नियमित तीज वचतले सदस्यलाई पर्व मनाउन आवश्यक आर्थिक सहयोग पनि भएको छ । 

 

 

 

सबैभन्दा प्यारो लाग्ने रैछ सहकारी
ठाउँ ठाउँमा शाखा अनि युवा रोजगारी
आजको बचतले नै भोलि दिन्छ छहारी
बचत नै रैछ हजुर राम्रो जिम्मेवारी  

महिला अधिकार र स्वतन्त्रताका गीत गाएर परम्परागत शैलीमा तीज पर्व मनाउने प्रचालनमा समयक्रमसँगै परिवर्तन भएको छ । महिला दिदवहिनीहरु अधिकार र स्वतन्त्रताको विषयबाट अगाडि उठेर नेतृत्वतहमा सम्मानजनक महिला सहभागिता र आर्थिक सशक्तिकरणका लागि आवाज उठाउँदै आइरहेका छन् । 

वरीपरी टोलछिमेकमा सहकारी सन्देश छरौं है ।
अनावश्यक खर्च कटाई बचत गरौं है ।।
सहकारीको गतिविधि सदस्यलाई बुझाउँ है ।
नेतृत्व र क्षमतालाई अघि बढाउँ है ।।

घर घर र टोल छिमेकमा बचत अभियानको सन्देश फैलाएर सहकारी मार्फत महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने विषयलाई सहकारीले जोड दिएको छ भने प्रत्येक वर्ष आउने धार्मिक पर्वको अवसरले पनि सहकारीका विभिन्न प्रकारका बचत जस्तै गृहिणी वचत, खुत्रुके बचत, तीज बचत, बाल बालिका बचतलाई प्रोत्साहन गरेको छ । महिलाहरुको महान् पर्व हरितालिका तीज सहकारीहरुको बचत कार्यक्रम सँगै जोडिएर आएको छ । पर्व बचतको महत्वलाई उजागार गर्दै सन्देशमूलक तीज गित प्रतियोगिताले महिलाहरुको महान पर्व मनाउने परम्परागत शैलीलाई बचत शिक्षामार्फत अगाडि बढाउन सहयोग पुगेको छ । हरितालिका तीजको सम्पूर्ण महिला दिदीबहिनीहरुमा हार्दिक शुभकामना ।  

भर्खरै
मध्य नेपाल साकोसको एक्सेस प्रतिवेदन समीक्षा सम्पन्न
मध्य नेपाल साकोसको एक्सेस प्रतिवेदन समीक्षा सम्पन्न

१४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१५ घण्टा अगाडि

पुरण्ठाँटी साकोसमा स्थलगत सुपरीवेक्षण सम्पन्न
पुरण्ठाँटी साकोसमा स्थलगत सुपरीवेक्षण सम्पन्न

१६ घण्टा अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला जागृती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला जागृती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

श्री त्रिशूल साकोसमा वार्षिक कार्ययोजना तथा चारवर्षीय रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न
श्री त्रिशूल साकोसमा वार्षिक कार्ययोजना तथा चारवर्षीय रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न

२ दिन अगाडि

नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री हरियाली स्वावलम्बन साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनद्वारा श्री हरियाली स्वावलम्बन साकोसको स्थलगत सुपरिवेक्षण

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१५ घण्टा अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२ दिन अगाडि

नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

३ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

३ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

पाठकबाट थप