चिनारी साकोसको मोबाइल बैंकिङ एप सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चिनारी साकोसको मोबाइल बैंकिङ एप सुरु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका ४ स्थित चिनारी बचत तथा ऋण सहकारी संस्था लि.ले मोबाइल बैंकिङ एप मार्फत प्रविधिमैत्री सेवा प्रारम्भ गरेको छ । संस्थाले आज एक कार्यक्रमका बीच आधुनिक बैंकिङ प्रणालीका विविध सेवाहरु समावेश मोबाइल बैकिंग एप प्रयोग गरी सदस्यहरुले धेरै किसिमका वित्तीय सेवा लिन सक्ने जानकारी गराएको हो  ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका (नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, बागमती प्रदेश बचत संघ लिमिटेडका लेखा समिति संयोजक केशब प्रसाद दंगाल, गोकर्णेश्वर नगरपालिका आर्थिक बिभाग प्रमुख, वडा नं ८ का अध्यक्ष  एबम नगर प्रवक्ता मनोज कुमार ढुंगाना, वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, काठमाडौं बचत संघ कास्कून तथा चिनारी साकोसका संचालक सदस्य रीता श्रेष्ठ, लेखा समिति सदस्य ज्ञानलाल श्रेष्ठ लगायत शेयर सदस्यहरुको उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता चिनारी साकोसका अध्यक्ष एवम् नेफ्स्कूनका संचालक न्हुछे नारायण श्रेष्ठ मिलनले गर्नुभएको थियो । कार्यक्रम संचालन चिनारी साकोसका सचिब शिवहरि श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष पौड्यालले मोबाइल बैंकिंग एप उद्घाटन गर्दै साकोसले मोबाइल बैंकिङ सेवा भित्र्याई प्रविधिमा फड्को मारेको बताउनुभयो । उहाँले महामारीको समय सहकारीले सञ्चालनमा ल्याएको मोबाईल बैंकिंङ एप डिजिटल प्रविधिको माध्यमबाट कारोबार गर्दा समयको बचत, सुरक्षित पनि हुनुको साथै सजिलो रुपमा घरमै बसी सहकारीको सेवा प्रयोग गर्न सकिने प्रविधि भित्र्याएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा चिनारी साकोसले सदस्य विस्तारकार्यक्रम सुरु गर्नुका साथै उत्तरबाहिनी बोर्डिंग स्कुल बाट एसईइ परिक्षा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले सहकारीलाई समयानुकुल द्रुत गतिमा अगाडि बढाउन प्रविधि अपरिहार्य  रहेको बताउनुभयो । उहाले  विद्यमान विषम् परिस्थितिले पनि सहकारीका सदस्यहरुलाई सहज, सुलभ र गुणस्तरीय सेवाका लागि प्रविधिको प्रयोग अनिवार्य बन्दै गएको  उल्लेख गर्नुभयो । डिजिटल प्रविधिको माध्यमबाट कारोबार गर्दा समयको बचत, सुरक्षित पनि हुनुको साथै सजिलो रुपमा घरमै बसी सहकारीको सेवा प्रयोग गर्न सकिने प्रविधि भित्र्याएकोमा खुशी व्यक्त गर्नुभयो । कोभिड महामारीका समयमा प्रविधि प्रयोगमार्फत सदस्यहरुको वित्तीय आवश्यकता पूरा गर्न सहज हुने बिश्वास ब्यक्त गर्दै एसईई उत्तीर्ण बिद्यार्थीहरुको उज्ज्वल भबिष्यको कामना सहित बधाई दिनुभयो ।

कार्यक्रममा एसईई उत्तीर्ण बिद्यार्थीहरुलाई मायाको चिनो सहित साकोसको सेयर सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो । साकोसका अध्यक्ष न्हुछे नारायण श्रेष्ठ मिलनले सदस्यहरुले सुरक्षित, सरल र भरपर्दो तरिकाले कारोबार गर्नका लागि मोबाईल बैंकिङ सुरु गरेको जानकारी गराउनुभयो । उहाँले मोबाइल बैंकिङ एपको पहुँचलाई मध्यनजर गर्दै साकोसले सदस्यता प्राविधिक साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने जानकारी  गराउदै बचत गर्ने बानीको विकास गर्नु पर्नेमा जोड दिनुभयो ।

चिनारी बचत तथा ऋण सहकारीमा खाता भएका सदस्यहरुले आफ्नो मोबाईल नं रजिस्टर गरी सजिलो रुपमा यो सेवा लिन सकिने जानकारी गराइएको थियो । कोभिड महामारीका समयमा प्रविधि प्रयोगमार्फत सदस्यहरुको वित्तीय आवश्यकता पूरा गर्न र प्रविधिमैत्री वित्तीय सेवालाई प्राथमिकता दिने उद्देश्यसहित प्रविधि प्रयोगमा जोड दिइएको संस्थाले जनाएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप