गैँडाकोटमा किसान मार्टको उद्घाटन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गैँडाकोटमा किसान मार्टको उद्घाटन 

नवलपुर । किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले गैंडाकोट ४ मा भदौ १६ गतेबाट सञ्चालनमा ल्याएको  ‘किसान मार्टको आज औपचारिक उद्घाटन भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गैँडाकोट–४ स्थित गैँडाकोट एग्रो मार्ट परिसरभित्र सो मार्टको आज एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पोखरेलले किसान मार्टको थालनी र अबको एक डेढ वर्षभित्रमै दुम्कीबाससम्म मुख्य मुख्य ठाउँमा मार्ट बिस्तार गर्दै चितवततिर पनि लाने तयारी रहेको जानकारी पाउँदा खुसी लागेको बताउँदै अभियान सफलताको कामना गर्नुभयो । किसान मार्टको सुरुवात प्रदेशकै लागि उदाहरणीय भएको मुख्य मन्त्रीले बताउनुभयो । यसले तय गर्ने मुल्य, कायम गर्ने गुणस्तरले स्वस्थ्यवर्धक हुने विश्वास व्यक्त गर्नुभयो भने स्थानीय उत्पादन प्रवर्धन गर्ने विषय पनि अत्यन्त प्रशंसनीय भएको मुख्य मन्त्रीको भनाइ थियो ।

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रवर्धनमा किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले मार्ट सञ्चालन गरेको हो ।  ४ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको किसान मार्ट आजबाट विधिवत् सञ्चालनमा आएसँगै स्थानीय उत्पादनहरुको प्रवर्धन र बजारीकरणका साथै उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय सामान उपलब्ध हुने दाबी किसान साकोसका निवर्तमान अध्यक्ष एवम् किसान उपभोक्ता सहकारीका लेखा समिति संयोजक गोपाल प्रसाद गौतमले गर्नुभयो । गौतमले किसान उपभोक्ता सहकारीको यो नवीन अवधारणा बिस्तारै जिल्लाभर फैलाइने बताउँदै दशैंतिहारभित्र ४ वटा आउटेल सञ्चालनमा आउने जानकारी गराउनुभयो ।  किसान उपभोक्ता सहकारीका लेखा समिति संयोजक गौतमले मार्ट परियोजनामार्फत कुल ५० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् जसमध्ये अहिले सञ्चालन भएको मार्टमा मात्र १२ जना कार्यरत छन् ।

विशेषगरी गैंडाकोट नगरपालिका– १, २, ३ र ४ तथा अन्य वडाबासीहरुको सुविधालाई ध्यानमा राखी ६ करोड रुपैयाँ लगानीको किसान मार्ट सञ्चालन गरिएको उहाँले बताउनुभयो । मार्टमा स्थानीयले दैनिक उपभोग्य वस्तु सहजरुपमा एउटै छानामुनी प्राप्त गर्न सक्नेछन् भने स्थानीय उत्पादनलाई बढी प्रश्रय दिइनेछ । यसको मुख्य उद्देश्यनै किसान साकोस र किसान उपभोक्ता सहकारीका कषि तथा उद्यमी सदस्यहरुका उत्पादनको प्रवर्धन तथा बजारीकरणमा सहयोग हो, गौतमले भन्नुभयो, सहकारीका सदस्यहरुलाई सबै खाले आवश्यक सेवा दिन यो प्रयास थालनी गरिएको हो । उहाँले साकोसका र उपभोक्ता सहकारीहरुलाई यसले प्रत्यक्ष सहयोग पुग्नेछ भने रोजगारी पनि सृजना गर्नेछ । उपभोक्ता सहकारीको भूमिकालाई स्थापित गर्न मार्ट सञ्चालन गरिएको भन्दै गौतमले स्थानीयबासीहरुको पनि यसमा साथ सहयोग रहनेमा आफु तथा संस्था विश्वस्त रहेको दाबी गर्नुभयो । सहकारी अभियन्ता गौतमले भन्नुभयो हामीले उचित मुल्यमा गुणस्तरीय सामाग्रीहरु सहजरुपम उपलब्ध गराउँछौं भने यहाँका उत्पादनहरुलाई बजार खोज्न अन्यत्र जानुनपर्ने अवस्था सृजना गर्छौ ।

महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण र अर्गानिक खाद्य वस्तुको प्याकेजिङ गर्ने योजनासमेत रहेको गौतमले सुनाउनुभयो । किसानले उत्पादन गरेका वस्तुु तथा सेवाको सहजरुपमा बजारीकरण र सहुलियत दरमा उपभोक्तालाई बिक्रीवितरण गर्नु नै मार्टको लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो ।  मार्ट सञ्चालन आफैमा चुनौतीपूर्ण काम भएपनि चुनौतीमार्फत नै सफलताका सम्भावनाहरु पहिल्याइने दाबी गौतमले गर्नुभयो । स्थानीय उत्पादन अदुवा बेसार, दाल, चामल, धान, मकैलगायत खाद्यान्न सामग्रीलाई प्याकेजिङ गरी गुणस्तर कायम हुने गरी मार्टमार्फत उपलब्ध गराइने उहाँको भनाइ छ । कम मुनाफा र सेवा भावले सञ्चालन गरिएको किसान मार्टलाई राष्ट्रियस्तरमा लैजाने गरी सञ्चालन गरिएको हो ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप