युवा साकोसको दोस्रो सेवा केन्द्र पाँचखालमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
युवा साकोसको दोस्रो सेवा केन्द्र पाँचखालमा

काभ्रे । बनेपास्थित युवा बचत तथा ऋण सहकारी संस्था लि. को पाँचखाल सेवाकेन्द्रको आज उद्घाटन भएको छ । पाँचखाल नगरपालिकाकी उप प्रमुख लक्ष्मी दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष उदयराम कायस्थको अध्यक्षतमा सञ्चालित भएको थियो । कार्यक्रममा पाँचखाल नगरपालिका स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा युवा साकोसका व्यवस्थापक निश्चल सापकोटाले संस्थाको परिचय सम्बन्धि सामग्री प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथिले सहकारी संस्थाले ऋण दिने र जसरी हुन्छ असुली गर्ने नीति लिने मात्र हो भने सदस्य मैत्री हुन नसक्ने तर्क प्रस्तुत गर्दै निम्न आयस्तर भएका सदस्यहरूको जीवनस्तर उकास्न कसरी सकिन्छ भन्ने चिन्तनमा सहकारी केन्द्रित हुनुपर्ने विचार प्रस्तुत गर्नुभएको थियो  । उहाँले युवा साकोसको आगामी दिनमा सफलताको शुभकामना दिदैं आगामी दिनमा पाँचखाल नगरपालिका र युवा साकोसको सहकार्यमा नगरबासीहरूमा उद्यमशिलाता विकास गर्ने तथा जीवनस्तर सुधार गर्ने कार्यक्रमहरू संचालन गर्नुपरेमा आफ्नो पूर्ण साथ सहयोग रहने बताउनुभयो ।

संस्थाका अध्यक्ष उदयराम कायस्थले काभ्रे जिल्लाभर कार्यक्षेत्र रहेको युवा साकोसको १३ वटै स्थानीय तहमा एक एक वटा सेवाकेन्द्र स्थापना गर्ने लक्ष्य अनुरूप दोस्रो सेवाकेन्द्रको रूपमा पाँचखाल सेवाकेन्द्र स्थापना भएको अवगत गराउनुहुँदै पाँचखाल नगर क्षेत्रका सदस्यहरूले बनेपासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएकोमा खुसी व्यक्त गर्नुभयो  । पाँचखाल नगरक्षेत्रका सदस्यहरूको सुझावलाई समेट्दै बचत तथा ऋणको सेवा उपलब्ध गराउनुका साथै अन्य सामाजिक कार्यक्रम पनि संचालन गर्ने प्रतिबद्धता कायस्थले गर्नुभयो । कार्यक्रममा पाँचखाल नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक विष्णु गौतम, संस्थाका संचालक समितिका पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, उपसमिति सदस्य, कर्मचारीलगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो  । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप