सिवाईसी सहकारीले थाल्यो लघुउद्यम कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिवाईसी सहकारीले थाल्यो लघुउद्यम कार्यक्रम

बागलुङ । सिवाईसी वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले लघु उद्यम कार्यक्रमको सुरुवात गरेको छ । न्यून आय भएका महिलाहरुलाई सशक्तिकरण गर्दै आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले सहकारीले लघु उद्यम कार्यक्रम सुरु गरेको हो । 

बागलुङमा शनिवार आयोजित कार्यक्रममा संविधान सभा सदस्य प्रकाश शर्मा पौडेलले कार्यक्रमको शुभारम्भ भएको घोषणा गर्नुभएको थियो । पहिलो लघुउद्यम विकास केन्द्रको रुपमा मालिका सदस्य सेवा केन्द्र बाग्लुङ अन्तर्गत बेनी नगरपालिका वडा नं.२ विमिराबोट केन्द्रलाई प्रदान गरिएको छ ।

सहकारीले लघुउद्यम कार्यक्रम मार्फत जागरण, प्रवर्धन, विकास र सञ्जालीकरण गरी महिलाहरुको आयआर्जन वृद्धि गर्नुका साथै सम्पत्तिमा महिलाको पहुँच स्थापित गर्ने लक्ष्य राखेको छ । सदस्यहरुलाई अधिकार, आवाज, छनौट र सल्लाहबाट सशक्तिकरण गर्ने रणनीति अवलम्वन गरेको छ । संस्थाको कार्यक्षेत्र रहेका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका उद्यमी बन्न इच्छुक महिलाहरुमा बचत गर्ने बानीको विकास, क्षमता अभिवृद्धि, वित्तीय व्यवस्थापन सम्बन्धी तालिम मार्फत उद्यमशिलता विकास गरी महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने लक्ष्य रहेको छ । 

चालु आर्थिक वर्षमा लघुउद्यम कार्यक्रममा ३ हजार महिला सदस्यहरुलाई आवद्ध गराई पहिलो चरणमा ११ वटा सेवा केन्द्रमार्फत १२० वटा लघुउद्यम केन्द्रमा ३६ करोड पुँजी परिचालन गरिने सिवाईसी साकोसका लघुउद्यम विभाग प्रमुख विष्णु पौडेलले बताउनुभयो । 

यसैबीच संस्थाको १२ औँ वार्षिक साधारणसभाको मिति तय गरी संस्थाको आ.व.२०७७/०७८ को प्रगति तथा आ.व. २०७८/०७९ को प्रस्तावित नीति तथा कार्यक्रमहरु सहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको प्रतिवेदन शेयर सदस्यहरुले संस्थाको वेभसाइट तथा सामाजिक सञ्जाल फेसबुक मार्फत अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । प्रतिवेदन अध्ययन गरी सदस्यहरुले विस्तारित मञ्चमा सुझावहरु पेश गर्न सक्ने छन् । 

कोभिडका कारण सबै सदस्यको उपस्थितिमा साधारण सभा गर्न असम्भव देखिएकाले तथा सहकारी विभागको निर्देशन बमोजिम असोज ३ गते संस्थाको सेवा केन्द्र रहेका २३ स्थानमा विस्तारित मञ्चको आयोजना गर्नका लागि प्रतिवेदन सार्वजनिक गरिएको हो । संस्थाको केन्द्रीय वार्षिक साधारण असोज ९ गते गर्ने तय भएको छ । 

कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि संविधासभा सदस्य पौडेलले सहकारीले जन्मदेखि मृत्यु पर्यन्तसम्म दिएका सेवाहरुका कारण सिवाईसी राष्ट्रिय स्तरमा अब्बल सहकारीको पहिचान बनाएको बताउनुभयो । लघु उद्यम कार्यक्रम संचालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै नमुना, उदाहरणीय र दिगो उद्यम विकास गर्ने कार्यक्रम हुनुपर्नेमा जोड दिनुभएको थियो । उक्त अवसरमा संस्थाको सृजनशिल प्रगती र उपलव्धी सहकारी अभियानमा पृथक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न लघुउद्यम शुभारम्भ तथा १२ औं वार्षिक साधारण सभाको वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण शंकर श्रेष्ठ, उद्यमशील सदस्य सेवा केन्द्र विहुका संयोजक चुडामणि कडेल, लेखा सुपरीवेक्षण समितिका संयोजक पदमपाणी शर्मा, बिमिराबोट लघुउद्यम विकास केन्द्रका सदस्य सिता थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले संस्थाको हालसम्मको वित्तीय विवरण तथा संस्थाले सेवासुविधाका बारेमा जानकारी गराउनुभएको थियो । संस्थाले विकेन्द्रित रुपमा २३ वटा सेवा केन्द्र र केन्द्रीय कार्यालय मार्फत हालसम्म १८ हजार ८ सय ८८  सदस्यहरुमार्फत २ अर्व ८ करोड १८ लाख भन्दा बढी सम्पत्ति पु¥याएर सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रवाह गरिररहेको न्यौपानेले बताउनुभयो ।  

कार्यक्रम संस्थाका उपाध्यक्ष गण्डकी थापा अधिकारीको स्वागत तथा सचिव जयराम भारीको सञ्चालनमा सम्पन्न भएको थियो । 

संस्थाका अध्यक्ष पौडेलले हाल चलिरहेका लघुवित्तहरु कार्यक्रमहरुको आरोह अवरोह र लामो अनुभवबाट पाठ सिक्दै नयाँ, परिस्कृत र असली हकवाला महिलाहरुलाई शसक्तिकरण गर्दै महिलाहरुलाई शेयर मालिक हुने तथा उद्यमी बनाउने मोडलमा लघुउद्यम कार्यक्रम संचालन गर्न लागेको बताउनु भयो । एटिएम, मोबाइल बैंकिङ, क्युआर कोड, मिष्डकल बैकिङ लगायतका डिजिटल प्रविधिहरुमार्फत सदस्यलाई स्थानीय स्तरमै सेवा दिंदै आएको संस्थाले आगामी आ.व. मा सुरक्षित संस्था निर्माण गर्दै सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै जाने जानकारी गराउनुभयो । संस्थाले चालु आ.व.२०७८/०७९ को अन्तमा २९ हजार ५ सय सदस्य र ३ अर्व ५ करोड सम्पत्ति पुर्याउने लक्ष्य लिएको पौडेलले जानकारी दिनुभयो । 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

९ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२३ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप