सिजेएन ११ वर्षमा, सहकारी र सञ्चारबीच रचनात्मक सहकार्यमा वक्ताहरुको जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिजेएन ११ वर्षमा, सहकारी र सञ्चारबीच रचनात्मक सहकार्यमा वक्ताहरुको जोड

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले ११ औं स्थापना दिवस मनाएको छ । हिजो राजधानीमा एक कार्यक्रम गरी सिजेएनले १० औं वर्षका उपलब्धिहरुको समीक्षासहित भावी सम्भावना र सहकार्यका आयामहरुबारे अभियानकर्मीहरुको रायसुझाव लिनुका साथै सहकारी सञ्चार क्षेत्रका अपेक्षाहरु पनि अवगत गराएको छ । यसैगरी, सिजेएनले २ पत्रकारलाई पुरस्कृत एवम् सम्मानित गरेको छ ।

२०६८ सालमा स्थापित सिजेएन सहकारी क्षेत्रलाई बीट बनाई कलम चलाउने पत्रकार तथा सञ्चारकर्मीहरुको एक मात्र साझा मञ्च हो । कार्यक्रममा अभियानकर्मी वक्ताहरुले सहकारी र सञ्चारको सहकार्यमा रचनात्मक काम गर्न सकिने धारणा राख्नुभयो ।  उहाँहरुले सहकारी पत्रकारितामार्फत यस क्षेत्रका विकृति, विसंगति अन्त्यका साथै सहकारीको प्रवर्धनमा जोड दिनुपर्नेमा जोड दिनुभयो भने सहकारी पत्रकार समाजका अधिकारीहरुले अभियानले सहकारी विकासमा खेल्नुपर्ने भूमिका, पत्रकारिता क्षेत्रको अपेक्षा र सहकार्यका सम्भावनाबारे विचार व्यक्त गर्नुभएको थियो ।

प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारी क्षेत्रको अध्ययन अनुसन्धान गरी खोजमुलक समाचार सम्प्रेषणमा जोड दिनुभयो । सहकारीले सदस्यको जीवनस्तर सुधार गर्न जोड दिनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सहकारी पत्रकारहरुले निस्पक्ष ढंगले कलम चलाउन सके सहकारी  विकासमा सहयोग पुग्ने बताउनुभयो । आर्थिक विकासमा सहकारीको महत्वपूर्ण योगदान हुने भएकाले सञ्चारमाध्यमले सहकारी क्षेत्रको विषयलाई उच्च प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष यादव हुमागाई र निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सचिव तुलसी सुवेदीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष काजी श्रेष्ठले स्वागत गर्नुभएको थियो । यसैबीच, नेपाल सहकारी पत्रकार समाजको ११ औं स्थापना दिवसको अवसरमा सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका पत्रकार कौशिला कुँवरलाई पुरस्कृत गरिएको थियो भने सिजऐन संस्थापक सम्मानबाट संस्थापक कोषाध्यक्ष सीता पोखरेललाई सम्मानित गरिएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप