आफ्नै भवन निर्माण गर्दै ललितपुरको अरुणिमा साकोस 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आफ्नै भवन निर्माण गर्दै ललितपुरको अरुणिमा साकोस 

काठमाडौं । लतिलपुरको लगनखेलस्थित अरुणिमा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नै भवन निर्माण गर्ने भएको छ । हिजो बिहान एक कार्यक्रम गरी साकासको निर्माणाधिन भवनको जग पुजा सम्पन्न गरिएको छ । अरुणिमा साकोसले ललितपुर जिल्ला वडा नं १४, ताल्छिखेलमा भवन निर्माण गर्न लागेको हो । २०६६ साल साउन ६ गते दर्ता भएको संस्थाले सोही साल भदौं ५ गतेबाट कारोबार सञ्चालन गरेको हो । 

संस्थाका अध्यक्ष रामशरण घिमिरेले स्थापनाको १२ वर्ष पछि भवन निर्माणको काम गर्न लागिएको भन्दै प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले आगामी असोजबाट काम प्रारम्भ गरी अर्को वर्षसम्म भवन निर्माण पूरा गर्ने योजना साकोस आवाजलाई सुनाउनुभयो, ‘आज टेन्डर खोली, एक साताभित्र आशयपत्र माग गर्ने र त्यसको एक साताभित्रमा ठेक्का सम्झौता गरी सम्भवतः असोज भित्रबाट काम सुरु गर्ने योजना बनाएका छौं ।’  

चक्रपथ मुल सडकमा ३ आना क्षेत्रफलमा फैलिएको जग्गामा निर्माण हुने भवनमा अन्डरग्राउन्ड पार्किङ, ग्राउन्ड, पहिलो, दोस्रो र तेस्रो गरी ४ तल्ला रहनेछ भने आवश्यकता अनुरुप कोठाहरु पछि पार्टिसन गरिने छ । भवन निर्माणका लागि संस्थाले करिब ४ महिनाअघि जग्गा खरिद गरेको थियो । अरुणिमा साकोसबाट प्रतिनिधित्व गरी ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को दुई कार्यकाल अध्यक्ष रहनुभएका घिमिरेले साकोसको भवन निर्माण कोषको रकमसँगै केही बाह्य ऋण प्रयोग गरी भवन निर्माण गर्ने बताउनुभयो ।

नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमिति सदस्य समेत रहनुभएका घिमिरेले सदस्यहरुलाई संस्थाको भवनबाटै विविध सेवा उपलब्ध गराउने योजना अनुरुप भवन निर्माण गर्न लागिएको बताउनुभयो । 
सदस्य विस्तारलाई प्राथमिकतामा राखेको संस्थाले सदस्यहरुलाई उत्पादन, उद्यम, व्यापारसँगै आयआर्जन सृजनामा जोड्ने लक्ष्य लिएको छ । ललितपुर जिल्लाभर कार्यक्षेत्र रहेको साकोसका विकट पहाडी जिल्लाका कृषक र पशुपालक सदस्यहरु रहेको र उनीहरुलाई संस्थामाफर्त सीप विकास, पुँजी तथा परामर्श सेवाहरु प्रदान गर्ने कार्यक्रम राखेको छ । 

अध्यक्ष घिमिरेले भन्नुभयो, हामीले निर्माण गरेको पछिल्लो रणनीतिक व्यावसायिक योजनामा पनि सदस्यहरुलाई आत्मनिर्भर बन्दै समुदाय र मुलुकलाई नै आत्मनिर्भर अर्थतन्त्र निर्माणको अभियानमा जोड्ने विषयलाई समेटेका छौं ।’ उहाँले भवन निर्माणसँगै सदस्यहरुलाई उद्यमी बनाउने कामलाई अघि बढाएका छौं । ५९ करोडको कारोबार रहेको संस्थाको ऋण लगानी ५० करोड छ ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१८ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप