जनसेवा २९औं बर्षमा प्रवेशः कार्यक्षेत्र विस्तारको योजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनसेवा २९औं बर्षमा प्रवेशः कार्यक्षेत्र विस्तारको योजना

काठमाडौं । पोखरा महानगरपालिका १९, पुरुन्चौरस्थित माछापुच्छ्रे हिमालको काखमा अवस्थित जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको यात्रा २९ औं बर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाले तीन दिवसीय विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । शनिवारदेखि सदस्य विस्तार कार्यक्रम शुभारम्भ गरेको साकोसले आज आइतबार टोल सरसफाईको कार्यक्रम गरेको छ । साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति र कर्मचारीहरुको उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ भने सोमबार संस्था स्थापनाको दिन विशेष कार्यक्रमको आयोजना सहित जेष्ठ सदस्य सम्मान तथा भेटघाट, बृक्षारोपण र सदस्य विस्तारको क्रमलाई निरन्तरता दिने भएको छ । 

२०५० साल भाद्र २१ गते दर्ता कायम भई समुदायमा आधारित रहेर सदस्यहरुमाझ निरन्तर वित्तिय सेवा प्रवाहगर्दै आइरहेको जनसेवा साकोसमा हाल १८ सय ३२ सदस्य, २६ करोड ७७ लाख कुल सम्पत्ति र ५. ७३ प्रतिशत संस्थागत पुँजी रहेको छ । पोखरा १९, पुरुन्चौरमा ८ आना क्षेत्रफलमा फैलिएको आफ्नै २ तले भवनबाट सेवा सञ्चालन गरिरहेको छ ।

सेवामैत्री भावनाले समुदायकै पहलमा स्थापित सहकारीले पोखरा महानगरका १० वटा वडामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ भने माछापुच्छ्रे गाउँपालिकामा सेवा केन्द्र स्थापनाको पहल अगाडि बढाएको छ । सदस्य विस्तारको योजना सहित संस्थाले साविकको पुरुन्चौर गाविसमा सञ्चालित अन्य ५ बचत तथा ऋण सहकारी संस्थाहरुसँग एकीकरणका लागि छलफलको प्रक्रिया अगाडि बढाएको छ । साविकको गाउँपालिकामा सञ्चालित देउराली, शिवालय, अकला, दिदीबहिनी र जानकी बचत तथा ऋण सहकारी संस्था एकीकरणको तयारीमा छन् । 

यावत कठिनाई र चुनौतीका बावजुत जनसेवाको यात्राले २८ बसन्त पार गरेको छ, संस्थाका अध्यक्ष चेतनाथ गौतमले भन्नुयभो, “हामी निरन्तर सदस्य सेवामा केन्द्रीत रहँदै संस्थाको गुणस्तर बृद्धि र विकास सँगै सदस्यहरुको आर्थिक जीवनस्तर सुधारमा प्रतिबद्ध छौं ।” स्थापना कालदेखि निरन्तर सेवामा समर्पित रहँदै सदस्यहरुको हितका लागि जनसेवाले वास्तविक रुपमै सदस्य सेवालाई विशेष महत्व दिएर अगाडि बढेको छ । पोखरा महानगरपालिका र वडा कार्यालयको समन्वयमा साकोसले विभिन्न समयमा सहकारी प्रवर्धनात्मक र सामाजिक उत्त्तरदायित्वपूर्ण कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको अध्यक्ष गौतमले बताउनुभयो । 

साकोसमा हाल ११ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ । स्थानीय बासिन्दा प्रेमसागर अधिकारीले विगत ७ बर्षदेखि साकोसको व्यवस्थापकीय नेतृत्व सम्हाल्दै आउनुभएको छ । सुरुमा सहयोगी कर्मचारीको रुपमा प्रवेश गर्नुभएका अधिकारी लेखापाल हुँदै व्यवस्थापकीय नेतृत्वमा पुग्नुभएको हो । साकोसमा हाल ५ कर्मचारी कार्यरत छन् । प्रविधि विकास र प्रयोगमा भर्खर बामे सर्दै गरेको साकोसको एसएमएस बैंकिङ सेवा शुरु भएको छ भने मोबाइल बैंकिङ सेवा शुरु गर्ने योजना रहेको छ । साकोसका व्यवस्थापक प्रेमसागर अधिकारी भन्नुहुन्छ, “आजसम्म हामी सीमित समुदायमा मात्र कारोबारलाई केन्द्रीत गरिरहेका छौं, अब संस्थागत लक्ष्य भनेको यसको कार्यक्षेत्र विस्तार सँगै सेवा कार्यालयहरुको स्थापना गर्ने रहेको छ , हामी छिट्टै कास्कीको उत्तरी वेल्टमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घाचोक र लाचोकमा सेवा केन्द्र स्थापनाको तयारीमा छौं ।”

जनसेवा साकोस नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले हरेक बर्ष स्थापना दिवसका अवसरमा प्रदान गर्ने उत्कृष्ट सहकारी पुरस्कार तथा सम्मान कार्यक्रम अन्तर्गत आ.व. २०७७/०७८ का लागि गण्डकी प्रदेशबाट उत्कृष्ट घोषित भएको छ ।  गत बर्ष नेफ्स्कूद्वारा प्रबद्र्धित नेपाल स्तरको गुणस्तर सुनिश्चितता कार्यक्रम प्रोबेशन ब्राण्ड प्राप्त साकोस, प्रोबेशन कार्यक्रम निरन्तरता साथै एशियाली ऋण महासंघको प्राविधिक सहकार्यमा सञ्चालित एशिया स्तरको गुणस्तर प्रमाणीकरण कार्यक्रम एक्सेसमा समेत सहभागी छ ।  त्यसैगरी राष्ट्रिय सहकारी महासंघबाट आ.ब. २०६२/०६३ मा उत्कृष्ट व्यवसाय पुरस्कार प्राप्त गरेको थियो भने नेफ्स्कूनको ३१औं स्थापना दिवसको अवसरमा उत्कृष्ट बचत कारोबार पुरस्कार प्राप्त गरेको थियो । 

जनसेवा साकोस सँधै जनजनको सेवामा समर्पित बनोस्, २९ औं वर्ष प्रवेश सँगै दीगो संस्थागत सफलताको कामना ।  

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप