हाम्रो सुपर साकोसको रणनीतिक व्यावसायिक योजना कार्यशाला सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो सुपर साकोसको रणनीतिक व्यावसायिक योजना कार्यशाला सुरु

बर्दघाट–२, चिसापानी नवलपरासीस्थित हाम्रो सुपर साकोसको रणनीतिक व्यावसायिक योजना कार्यशाला आजबाट सुरु भएको छ । कार्यशालाको उद्घाटन नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै साकोसका सल्लाहकार समेत रहनुभएका प्रमुख अतिथि ढकालले व्यावसायिक रणनीतिक योजनाले संस्थाको स्पष्ट मार्गचित्र तोकिने बताउँदै यसकै आधारमा  संस्थागत उपलब्धिसँगै सदस्य सेवा सम्भव हुने बताउनुभयो । साकोसलाई अब्बल बनाउन धरातलीय यथार्यसहितको रणनीतिक योजनाले प्रतिस्पर्धी स्थान कायम गर्न सहयोग पुर्याउने बताउँदै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले संघले समेत हरेक संस्थालाई योजना अनुसार अघि बढ्न प्रेरित र सहजीकरण सहयोग गर्दै आएको धारणा समेत राख्नुभयो । उहाँले नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम  (प्रोबेसन) मा आबद्ध भएका कारण पनि हाम्रो सुपर साकोसले सुशासन, इमानदारी र पारदर्शिता प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

हाम्रो साकोसका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा उपाध्यक्ष सावित्री दुवाडी, लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन साकोसका सचिव बिष्णु प्रसाद बरालले गर्नुभएको थियो ।

कार्यक्रममा सञ्चालक समिति र व्यवस्थापन समेत गरी २७ जनाको सहभागिता रहेको छ । तालिम सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र कार्यक्रम अधिकृत मनोज खड्काले गर्नुभएको छ । तालिम असोज २ गते शनिवार समापन हुनेछ ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१८ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप