सगुन साकोसको सदस्य उपस्थिति सुरुः साधारणसभा समापन असोज ६ गते
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सगुन साकोसको सदस्य उपस्थिति सुरुः साधारणसभा समापन असोज ६ गते

सर्लाही । जिल्लाको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको २२ औँ वार्षिक साधारण सभा अन्तर्गत सदस्य उपस्थिति आजबाट सुरु भएको छ ।

मुख्य कार्यालय हरिवन नगरपालिका–११, को सभाहलमा संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले सदस्य उपस्थिति कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।  कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, संस्थाको वर्तमान कार्य समितिका उपाध्यक्ष तारादेवी सुबेदी, सचिव राज कुमार उप्रेती, कोषाध्यक्ष विनोद कार्की तथा नेफस्कून फिल्ड कार्यलय हरिवनको प्रमुख महेश बराल लगायतको उपस्थिति रहेको थियो ।

सदस्यहरुबाट सुझाव संकलन तथा उपस्थिति सहित असोज ६ गते हरिवन–९, स्थित सगुन शिक्षा आवासिय विद्यालयमा अन्तिम भेला आयोजना गरेर साधारण सभा सम्पन्न गरिने संस्थाका अध्यक्ष ढकालले जानकारी गराउनुभयो ।

संस्थाले केन्द्रीय कार्यालयसँगै बागमती र लालबन्दीमा रहेको सेवा केन्द्र तथा हरिवन न.पा ६ को कार्यलय घुर्कौली, बागमती न.पा ८, ९, १० को संयुक्त कार्यलय सोल्टी बजार र हरिनव न.पा २ को कार्यलय अत्रौलीमा रहेको वडा कार्यालयहरुमा उपस्थिति दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी एकैपटक भीडभाड नहोस् भन्ने उद्देश्यले विभिन्न स्थानमा साधारण सभाका लागि उपस्थिति दर्ता गराउन सुरु गरिएको संस्थाका प्रवन्धक रविन्द्र रानाले बताउनुभयो । सगुन साकोस स्तरीकरण कार्यक्रम–पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध छ । संस्थामा हाल १० हजार १ सय ७५ सदस्य रहेको यस साकोसको असार मसान्त सम्मको कुल कारोवार १ अर्ब ५० करोड ९१ लाख ३३ हजार ७ सय ७८ रहेको छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप