नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् सहकारी अभियन्ता ढकाललाई जनसेवाश्री
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् सहकारी अभियन्ता ढकाललाई जनसेवाश्री

काठमाडौं । सरकारले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई जनसेवाश्री बाट विभूषित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सहकारी अभियन्ता ढकाललाई उक्त सम्मान प्रदान गर्ने घोषणा नेपाल सरकारको सिफारिशमा आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको हो । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने हरुलाई प्रदान गरिने सम्मान सहकारी क्षेत्रका अगुवा ढकाललाई प्रदान गर्ने घोषणा गरिएको हो ।

२०५० सालदेखि सहकारी क्षेत्रमा निरन्तर सेवारत ढकाल नेफ्स्कूनका प्रबक्ता समेत हुनुहुन्छ । राष्ट्रिय सहकारी महासंघका निवर्तमान सञ्चालक समेत रहनुभएका उहाँ नेशनल कोअपरेटर्श एलाइन्स नेपालका महासचिव एवम् सूचना चौतारी संचार सहकारी संस्था तथा उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहकार सँगै विभिन्न सहकारीहरुमा स्वयंसेवी भूमिकामा आबद्ध हुनुहन्छ । नेपालमा सहकारी र त्यसमा पनि बचत तथा ऋण सहकारी अभियानको विकास, प्रवर्धन र सम्बर्धनमा उहाँको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

यसैबीच,बरिष्ठ उपाध्यक्ष ढकालले सरकारको यो घोषणाले आफुलाई सहकारी क्षेत्रमा थप सक्रिय भएर लाग्ने हौसला मिलेको प्रतिक्रिया दिनुभएको छ । ‘स्वाभाविक रुपमा खुसी छु, त्यो भन्दा बढी सहकारी क्षेत्रलाई थप योगदान गर्नुपर्ने दायित्वबोध समेत यो घोषणाले भएको छ, उहाँले भन्नभुयो, ‘यो सम्मान व्यक्तिगत रुपमा आफ्नो मात्र नभई नेफ्स्कून लगायत समग्र सहकारी क्षेत्रकै सम्मान हो ।’ बरिष्ठ उपाध्यक्ष ढकालले भन्नभुयो, ‘सहकारीलाई आर्थिक विकासको एउटा महत्वपूर्ण स्तम्भ मानिएको अवस्थामा यस क्षेत्रमा अहोरात्र खटिनेहरुलाई गरिएको सम्मानले साँच्चिकै हौसला प्रदान गर्दर्छ ।’

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गर्ने घोषणा गर्नुभएको हो । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपति भण्डारीले  ती विभूषण प्रदान गर्ने घोषणा गर्नुभएको हो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप