जिल्ला सहकारी संघ सिन्धुलीको २८ औं वार्षिक साधारण सभा तथा कार्यालय उद्घाटन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला सहकारी संघ सिन्धुलीको २८ औं वार्षिक साधारण सभा तथा कार्यालय उद्घाटन 

राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेलले जिल्ला सहकारी संघ सिन्धुलीले आ.व. २०७७।७८ को वार्षिक साधारण सभा असोज १ मै सम्पन गरि यस वर्षको पहिलो साधारण सभा गर्ने संघ भएको र जिल्ला संघ सँग दुई विषयगत संघ मर्जर भएको पनि नेपालमै पहिलो भएको बताउनुभएको छ । जिल्ला सहकारी संघको २८ औ वार्षिक साधारणसभा तथा कार्यालाय समुद्घाटन समारोहमा बोल्दै अध्यक्ष कडेलले नेपालको सहकारी अभियानको लागि अनुकरणीय कार्य सिन्धुली जिल्ला सहकारी संघले गरेकोमा हार्दिक बधाई दिनुभयो ।

जिल्ला सहकारी संघ तथा वचत तथा ऋण सहकारीको संयुक्त कार्यालय भव्यताका साथ संचालनमा आउनु तथा हरेक वार्षिक साधारण सभा संघको स्थापना दिवस भाद्र ९ गते सम्पन गर्ने संस्कारको थालनी गर्नु पनि नविनतम कार्य रहेको बताउनुभयो ।

२८ औ वार्षिक साधारण सभामाको अवसरमा प्रस्तुत प्रतिवेदनमा जिल्ला सहकारी संघको आर्थिक बर्ष ७७÷७८ को २ करोड १ लाख ९२९ बराबरको वासलात रहेको र संचालन नाफा ७२ हजार ४९९ भएको  सार्बजनिक गरिएको थियो । कार्यक्रमको अवसरमा जिल्ला सहकारी संघले आर्थिक बर्ष ७७÷७८ मा संघका सेयर लगानी कर्ता सदस्य संघ संस्थाहरुलाई १० प्रतिशतका दरले शेयर लाभाम्स दिने निर्णय गरेको छ ।

२८ औं साधारण सभाको अवसरमा जिल्ला सहकारी संघले सिन्धुलीमा क्रियाशिल सहकारी संस्थाहरु मध्यबाट  सामाजिक उद्यमी महिला सहकारी संस्था दुधौली ८ लाई आर्थिक बर्ष ७७÷७८ को उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मान गरेको छ । त्यस्तै, सिन्धुली एकता बचत तथा ऋण सहकारीका प्रबन्धक दिपेन्द्र ध्वज बस्नेत र लालीगुँरास उपभोक्ता सहकारीका संस्थाका ब्यवस्थापक संजिता चौधरीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । दुग्ध उत्पादन सहकारी संघका निबर्तमान अध्यक्ष एवम् सहकारी अभियान्ता बिष्णु प्रसाद देवकोटालाई उत्कृष्ट संचालकको रुपमा सम्मान गरेको छ ।

कार्यक्रमको अवसरमा जिल्ला सहकारी संघका संस्थापक अध्यक्ष गणेश बराललाई समेत सम्मान गरिएको थियो । जिल्ला सहकारी संघ सिन्धुलीमा सिन्धुलीका १ सय ८८ वटा सहकारी संस्था आवद्ध रहेका छन् ।  जिल्लामा ५ सय १९ वटा सहकारी संघ संस्थाहरु रहेकोमा अब २ वटा एकिकरण भएपछि जिल्लामा ५ सय १७ वटा सहकारी संघ , संस्थाहरु रहेको महाँ सचिव नवराज कोइरालाको प्रतिवेदनमा उल्लेख छ ।  

जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष कृष्णराज केसीको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, विशिष्ट अतिथिहरुमा राष्ट्रिय सहकारी महासंघका संचालक डि.वि. वस्नेत, पर्यटन केन्द्रीय सहकारी संघका अध्यक्ष एवं वाग्मती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे , राष्ट्रिय सहकारी वैकका संचालक एवं वाग्मती प्रदेश संयोजक ज्ञान वहादुर तामाङ लगायत ले शुभकामना मन्तव्य मार्फत जिल्ला सहकारी संघले छोटो समयमा गरेको उल्लेख्य प्रगतिको लागी हार्दिक वधाई एवं अग्र गतिको लागी हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो । जिल्ला सहकारी संघका महा  सचिव नवराज कोइरालाले संचालन गर्नु भएको कार्यक्रमलाई उपाध्यक्ष वाल कुमारी श्रेष्ठको स्वागत मन्तव वाट सुरु गरि उपाध्यक्ष राम वहादुर वि.क.ले धन्यवाद सहित सम्पन्न गर्नु भएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप