कल्याणकारी साकोसको २८ औं वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कल्याणकारी साकोसको २८ औं वार्षिक साधारणसभा सम्पन्न

ललितपुर । महालक्ष्मी नगरपालिकामा रहेको कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले गछ भाद्र २६ गतेबाट क्षेत्रगत रुपमा साधारणसभा शुरु गरी असोज २ गते विधिवत समापन गरेको हो । संस्थाकी अध्यक्ष देवी श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाको महालक्ष्मी नपा वडा नं ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठको प्रमुख आतिथ्यता, वडा नं ९ का कार्यवाहक अध्यक्ष राजकुमार केसीको विशेष आतिथ्यता रहेको थियो । 

संस्थाले कोभिड १९ को महामारीलाई मध्यनजर गरी गोदामचौर सेवाकेन्द्र, कोटडाँडा, शंखादेवी सेवाकेन्द्र र मुख्य कार्यालय लुभुमा सदस्यहरुका लागि उपस्थिति पुस्तिका खुला गरी वार्षिक प्रतिवेदन वितरण तथा सल्लाह सुझाव संकलन गरेको थियो ।  संस्थाले सीमित व्यक्तिको उपस्थितिमा विद्युतीय माध्यमबाट सभा समापन गरेको जनाएको छ । सभामा अध्यक्ष श्रेष्ठले २०५० सालमा २७ जना शेयरसदस्य र १३५० रुपैया शेयरपुँजी लिएर ग्वार्को पूर्वको पहिलो सहकारीको रुपमा  संस्था स्थापना भएको स्मरण गर्नुभयो । 

हालसम्म आइपुग्दा संस्थामा ६ हजार ५४२ सदस्य  १ अर्ब ६९ करोड ३२ लाख कुल सम्पत्ति पुगेको सभामा उहाँले बताउनुभयो । कोभिड १९ का बीचमा समेत कुल सम्पत्ति वृद्धिको लक्ष्य १०५ प्रतिशत र ब्याज असुली ९९ प्रतिशत भई सदस्यलाई १५ प्रतिशत लाभांश दिन सक्ने भएको उहाँले उल्लेख गर्नुभयो । संस्थाका सचिव प्रभुराम थापाले आ।व। २०७७।७८ को वार्षिक तथा आर्थिक प्रतिवेदन र आ।व। २०७८।७९ को नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो । संस्थाले सदस्य राहत कोष, औषधी उपचार खर्च र सदस्य सुरक्षा जस्ता कार्यक्रम सञ्चालन गरी सदस्यहरुलाई भैपरी आउँदा आर्थिक सहयोग गर्दै आएको उहाँले जानकारी गराउनुभयो । स्थाले गोदामचौर र कोटडाँडामा सदस्य सेवा केन्द्र विस्तार गरेको र थप ३ स्थानमा सेवा केन्द्र विस्तारका लागि सम्बन्धित निकायबाट स्वीकृति लिइ सञ्चालन गर्ने बताउनुभयो । 

संस्थाका कोषाध्यक्ष सुधिर पौडेलले सभामा आ।व। २०७७।७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी १४ करोड २५ लाख शेयरपुँजी, १९ करोड ८६ लाख जगेडा कोष, १ अर्ब २० करोड ३६ लाख बचत संकलन गरी १ अर्ब १७ करोड ६७ लाख ऋण लगानी गरेको बताउनुभयो । संस्थाले सदस्यहरुका लागि कल्याणकारी मोबाइल एपसमेत सञ्चालनमा ल्याइसकेको र सो एपको प्रयोग गरी खाताको मौज्दात जाँच, चेकबुक माग, रकम ट्रान्सफर गर्न सकिने सुविधा प्रदान गर्दै आएको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप