चौथो ललितपुर साकोस समिट मंसिर ८ देखि १० सम्म आयोजना हुने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चौथो ललितपुर साकोस समिट मंसिर ८ देखि १० सम्म आयोजना हुने

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि ले कोभिडका कारण स्थगित चौथो ललितपुर साकोस समिट आगामी मंसिर ८ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । संघको असोज २ गते सम्पन्न सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको संयुक्त बैठकले गत वर्ष कोरोना र निषेधाज्ञाका कारण स्थगित चौथो ललितपुर साकोस समिट मंसिरमा गर्ने निर्णय गरेको संघका व्यवस्थापक सन्तोष बजगाईले साकोस आवाजलाई जानकारी गराउनुभयो । साकोस समिटमा कुल २ सय जनाको सहभागिता रहने उहाँले बताउनुभयो । बजगाईले भन्नुभयो, ‘१ यस ५० जना सहभागीको नाम बिगतमै दर्ता भैसकेको छ, अब थप ५० जना जति गरी कुल २ सय जना सहभागी हुने अपेक्षा हामीले गरेका छौं ।’


यसैबीच, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २८औं स्थापना दिवस तथा बार्षिक समीक्षा कार्यक्रम हिजो सम्पन्न भएको छ । संघका सल्लाहकार, सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका बर्तमान तथा पूर्व पदाधिकारी तथ सदस्यहरु र कर्मचारीहरु सहित करिब १ सय जनाको उपस्थिति रहेको  कार्यक्रममा सोही संस्थाका अध्यक्ष रामहरि बजगाई संस्थापक अध्यक्ष रोहिणी जोशीले केक काटेर संयुक्त रुपमा उद्घाटन गर्नुभयो । त्यस अवसरमा अध्यक्ष बजगाईले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि।ले प्रवाह गरिरहेको सेवा र आफ्ना सदस्य संस्थाहरुलाई मर्यादित र व्यवस्थित बनाई गुणस्तरीय सेवा प्रवाह गर्ने सक्ने बनाउन गरेको कार्यको चर्चा गर्नु हुदै ललितपुर जिल्लाका सहकारी मा २३ अर्ब रुपैया पूँजी रहेको जुन जिल्लाका बाणिज्य बैंकहरुको तुलनामा ४० प्रतिशत मात्रै भएको भन्दै बाँकी ६० प्रतिशत रकम पनि सहकारीमा रहेको दाबी गर्नुभयो ।

सोही संघका वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत मन्तव्य र सचिव श्यामकृष्ण महर्जनले सञ्चालन गर्नु भएको कार्यक्रममा संघकी संस्थापक अध्यक्ष रोहिणी जोशी, नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लि। र बागमती प्रदेश सहकारी संघ लि।का अध्यक्ष रामशरण शर्मा घिमिरे, नेफ्स्कूनका निस्बर्तमान सञ्चालक नानीकाजी शाक्यसहित १६ जनाले आफ्नो विचार व्यक्त गर्दै सो संघले गरिरहेको प्रगति र प्रवाह गरिरहेको सेवाको प्रशंसा गर्दै सुझाव सहित थप प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा संघका व्यवस्थापक सन्तोष बजगाईँले संघको गतिविधि सहित समग्र अवस्था बारे प्रस्तुति गर्नु भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप