छायाँनाथ सहकारीले सुरु गर्यो गाउँवित्त कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
छायाँनाथ सहकारीले सुरु गर्यो गाउँवित्त कार्यक्रम

मुगु । ग्रामीण समुदायका विपन्न वर्गलाई हुने खाने बनाउने लक्ष्यका साथ स्थापित छायाँनाथ वचत तथा ऋण सहकारी संस्था लिमिटेडले गाउँवित्त कार्यक्रम सुरुवात गरेको छ । न्यून आय भएका विपन्न, दलित, जनजाती र महिलाहरुलाई सशक्तिकरण गर्दै आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले सहकारीले गाउँवित्त कार्यक्रम सुरु गरेको हो । छायाँनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औं स्थापना वर्षको अवसरमा गाउँवित्त कार्यक्रम शुभारम्भको घोषणा गरिएको हो । पहिलो गाउँवित्त कार्यक्रम छायाँनाथ रारा नगरपालिका भित्रका १४ वटा वडामा सञ्चालन गरिने छ ।

सहकारीले गाउँवित्त कार्यक्रममार्फत सर्वेक्षण, सचेतीकरण, प्रवद्र्धन, विकास र सशक्तिकरण गरी गाउँमा बस्ने विपन्न, गरिव तथा साना व्यवसायीहरुको आयआर्जन वृद्धि गर्नुका साथै व्यवसायमा विपन्न वर्गकोे पहुँच स्थापित गर्ने लक्ष्य राखेको छ । सदस्यहरुलाई अधिकार, आवाज, छनौट र सल्लाहबाट सशक्तिकरण गर्ने रणनीति अवलम्वन गरेको छ । संस्थाको कार्यक्षेत्र रहेका  छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र कार्मारोङ गाउँपालिकामा उद्यमी बन्न इच्छुक युवा, विपन्न, गरिब तथा महिलाहरुमा बचत गर्ने बानीको विकास, क्षमता अभिवृद्धि, वित्तीय व्यवस्थापन सम्बन्धी तालिम मार्फत उद्यमशिलता विकास गरी उनीहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने लक्ष्य रहेको छ ।

चालु आर्थिक वर्षमा गाउँवित्त कार्यक्रममा ३ सय विपन्न, गरिव, पुरुष तथा महिला सदस्यहरुलाई आवद्ध गराई पहिलो चरणमा १ वटा सेवा केन्द्रमार्फत छायाँनाथ रारा नगरपालिकाका १४ वडाहरुमा २ करोड पुँजी परिचालन गरिने छायाँनाथ साकोसका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले बताउनुभयो । यसैबीच, संस्थाको ८ औं वार्षिक साधारणसभामा प्रस्तुत गरिने आ.व. २०७८÷०७९ को प्रस्तावित नीति तथा कार्यक्रमहरु सो कार्यक्रममा अनुमोदन गरिने भएको छ । 

कार्यक्रमको अवसरमा बोल्दै संस्थाका कोषाध्यक्ष हरिबहादुर शाहीले सहकारीले जन्मदेखि मृत्युपर्यन्तसम्म दिएका सेवाहरुका कारण छायाँनाथ जिल्ला स्तरमा अब्बल सहकारीको पहिचान बनाएको बताउनुभयो । गाउँवित्त कार्यक्रम संचालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै उहाँले नमुना, उदाहरणीय, दिगो उद्यम विकास तथा विपन्न बस्तीका सदस्यमुखी हुनेमा विश्वस्त तुल्याउनुभयो । उक्त अवसरमा संस्थाको सृजनशिल प्रगति र उपलब्धि सहकारी अभियानमा पृथक रहेको धारणा व्यक्त गरिएको थियो ।

सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर मल्लको अध्यक्षतामा सम्पन्न गाउँवित्त शुभारम्भ तथा ८ औं स्थापना दिवस कार्यक्रममा संस्थाका संचालक समिति सचिव लोकेन्द्र बहादुर मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर शाहीले संस्थाको हालसम्मको वित्तीय विवरण तथा संस्थाले सेवासुविधाका बारेमा जानकारी गराउनुभएको थियो । संस्थाले विकेन्द्रित रुपमा ३ वटा सेवा केन्द्र र केन्द्रीय कार्यालय मार्फत हालसम्म ९ हजार ८ सय ७८ सदस्यहरुमार्फत २८ करोड ७५ लाख भन्दा बढी सम्पत्ति पुर्याएर सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रवाह गरिरहेको शाहीले बताउनुभयो ।

संस्थाका अध्यक्ष मल्लले हाल चलिरहेका लघुवित्तहरु कार्यक्रमहरुको आरोह अवरोह र लामो अनुभवबाट पाठ सिक्दै नयाँ, ग्रामिण स्थानमा बसोवास गर्ने विपन्न, गरिव तथा साना व्यवसायीहरुलाई शसक्तिकरण गर्दै सम्पुर्ण घरपविारलाई शेयर मालिक हुने तथा उद्यमी बनाउने मोडलमा गाउँवित्त कार्यक्रम संचालन गर्न लागेको बताउनु भयो । डिजिटल प्रविधिहरुमार्फत सदस्यलाई स्थानीय स्तरमै सेवा दिंदै आएको संस्थाले आगामी आ.व. मा सुरक्षित संस्था निर्माण गर्दै सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै जाने बताए । संस्थाले चालु आ.व.२०७८÷०७९ को अन्तमा १२ हजार ५ सय सदस्य र ५० करोड ७५ लाख सम्पत्ति पुर्याउने लक्ष्य लिएको मल्लले जानकारी दिए ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप