छायाँनाथ सहकारीले सुरु गर्यो गाउँवित्त कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
छायाँनाथ सहकारीले सुरु गर्यो गाउँवित्त कार्यक्रम

मुगु । ग्रामीण समुदायका विपन्न वर्गलाई हुने खाने बनाउने लक्ष्यका साथ स्थापित छायाँनाथ वचत तथा ऋण सहकारी संस्था लिमिटेडले गाउँवित्त कार्यक्रम सुरुवात गरेको छ । न्यून आय भएका विपन्न, दलित, जनजाती र महिलाहरुलाई सशक्तिकरण गर्दै आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले सहकारीले गाउँवित्त कार्यक्रम सुरु गरेको हो । छायाँनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औं स्थापना वर्षको अवसरमा गाउँवित्त कार्यक्रम शुभारम्भको घोषणा गरिएको हो । पहिलो गाउँवित्त कार्यक्रम छायाँनाथ रारा नगरपालिका भित्रका १४ वटा वडामा सञ्चालन गरिने छ ।

सहकारीले गाउँवित्त कार्यक्रममार्फत सर्वेक्षण, सचेतीकरण, प्रवद्र्धन, विकास र सशक्तिकरण गरी गाउँमा बस्ने विपन्न, गरिव तथा साना व्यवसायीहरुको आयआर्जन वृद्धि गर्नुका साथै व्यवसायमा विपन्न वर्गकोे पहुँच स्थापित गर्ने लक्ष्य राखेको छ । सदस्यहरुलाई अधिकार, आवाज, छनौट र सल्लाहबाट सशक्तिकरण गर्ने रणनीति अवलम्वन गरेको छ । संस्थाको कार्यक्षेत्र रहेका  छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र कार्मारोङ गाउँपालिकामा उद्यमी बन्न इच्छुक युवा, विपन्न, गरिब तथा महिलाहरुमा बचत गर्ने बानीको विकास, क्षमता अभिवृद्धि, वित्तीय व्यवस्थापन सम्बन्धी तालिम मार्फत उद्यमशिलता विकास गरी उनीहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने लक्ष्य रहेको छ ।

चालु आर्थिक वर्षमा गाउँवित्त कार्यक्रममा ३ सय विपन्न, गरिव, पुरुष तथा महिला सदस्यहरुलाई आवद्ध गराई पहिलो चरणमा १ वटा सेवा केन्द्रमार्फत छायाँनाथ रारा नगरपालिकाका १४ वडाहरुमा २ करोड पुँजी परिचालन गरिने छायाँनाथ साकोसका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले बताउनुभयो । यसैबीच, संस्थाको ८ औं वार्षिक साधारणसभामा प्रस्तुत गरिने आ.व. २०७८÷०७९ को प्रस्तावित नीति तथा कार्यक्रमहरु सो कार्यक्रममा अनुमोदन गरिने भएको छ । 

कार्यक्रमको अवसरमा बोल्दै संस्थाका कोषाध्यक्ष हरिबहादुर शाहीले सहकारीले जन्मदेखि मृत्युपर्यन्तसम्म दिएका सेवाहरुका कारण छायाँनाथ जिल्ला स्तरमा अब्बल सहकारीको पहिचान बनाएको बताउनुभयो । गाउँवित्त कार्यक्रम संचालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै उहाँले नमुना, उदाहरणीय, दिगो उद्यम विकास तथा विपन्न बस्तीका सदस्यमुखी हुनेमा विश्वस्त तुल्याउनुभयो । उक्त अवसरमा संस्थाको सृजनशिल प्रगति र उपलब्धि सहकारी अभियानमा पृथक रहेको धारणा व्यक्त गरिएको थियो ।

सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर मल्लको अध्यक्षतामा सम्पन्न गाउँवित्त शुभारम्भ तथा ८ औं स्थापना दिवस कार्यक्रममा संस्थाका संचालक समिति सचिव लोकेन्द्र बहादुर मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर शाहीले संस्थाको हालसम्मको वित्तीय विवरण तथा संस्थाले सेवासुविधाका बारेमा जानकारी गराउनुभएको थियो । संस्थाले विकेन्द्रित रुपमा ३ वटा सेवा केन्द्र र केन्द्रीय कार्यालय मार्फत हालसम्म ९ हजार ८ सय ७८ सदस्यहरुमार्फत २८ करोड ७५ लाख भन्दा बढी सम्पत्ति पुर्याएर सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रवाह गरिरहेको शाहीले बताउनुभयो ।

संस्थाका अध्यक्ष मल्लले हाल चलिरहेका लघुवित्तहरु कार्यक्रमहरुको आरोह अवरोह र लामो अनुभवबाट पाठ सिक्दै नयाँ, ग्रामिण स्थानमा बसोवास गर्ने विपन्न, गरिव तथा साना व्यवसायीहरुलाई शसक्तिकरण गर्दै सम्पुर्ण घरपविारलाई शेयर मालिक हुने तथा उद्यमी बनाउने मोडलमा गाउँवित्त कार्यक्रम संचालन गर्न लागेको बताउनु भयो । डिजिटल प्रविधिहरुमार्फत सदस्यलाई स्थानीय स्तरमै सेवा दिंदै आएको संस्थाले आगामी आ.व. मा सुरक्षित संस्था निर्माण गर्दै सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै जाने बताए । संस्थाले चालु आ.व.२०७८÷०७९ को अन्तमा १२ हजार ५ सय सदस्य र ५० करोड ७५ लाख सम्पत्ति पुर्याउने लक्ष्य लिएको मल्लले जानकारी दिए ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप