चन्द्रपुरस्थित विन्दवासिनी साकोसको ११ औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रपुरस्थित विन्दवासिनी साकोसको ११ औं वार्षिक साधारण सभा सम्पन्न

रौतहट । रौतहटको चन्द्रपुरमा विगत लामो समयदेखि सञ्चालित विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड को ११ औं बार्षिक साधारणसभा हिजो सम्पन्न भएको छ । भदौ २७ गतेबाट सुरु भएको साधारण सभा असोज ३ गतेसम्म इकाइगत रूपमा भएको थियो । सो साधारण सभामा सेयर सदस्यको उल्लेखनीय सहभागिता थियो । स्थानीय तहका जनप्रतिनिधिहरुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ९ का वडा अध्यक्ष गोबिन्द दुलाल, ७ का वडा अध्यक्ष बिष्णु प्रसाद उप्रेती र ५ का वडा अध्यक्ष सन्जय काफ्लेले सहकारीका सेयर सदस्यको आर्थिक उन्नति गराउनु पर्ने खालको कार्यक्रम सन्चालन गर्न जोड दिनु भएको थियो ।

संस्थाले यस बर्षको असल बचत कर्ताका रुपमा चन्द्रपुर ८ का सदस्य सानिमैया भारतीलाई सम्मान गरेको थियो भने संस्थाका ७० बर्ष उमेर पुरा गरेका शेयर सदस्यहरु गङ्गा कोइराला, धुरण चौधरी, जनार्दन हरि सुवेदी र राम कुमार तिमल्सिना छेत्रीलाई जेष्ठ शेयर सदस्य सम्मान गरेको छ । संस्थाले बार्षिक साधारण सभाको अबसरमा शेयर सदस्यका सन्तती मध्ये एसइइमा उच्च अंक ल्याउने भुमिका चालिसे र सुलभ शिबाकोटीलाई सम्मान गरेको थियो । चन्द्रपुर नगरपालिकामा सहकारीको बिकासमा अमुल्य योग्दान पुर्याएको भन्दै साना किशान कृषि सहकारी संस्थाका अध्यक्ष धुर्ब कोइरालालाई सहकारी अभियन्ताका रुपमा सम्मान गरेको र पुर्ब अध्यक्ष शिव कोइराला र सञ्चालक समिती सदस्य शोभा भट्टराईलाई पनि साधारणसभाको अबसरमा सम्मान गरिएको संस्थाका ब्यबस्थापक जनार्दन कोइरालाले जानकारी दिनु भयो ।  

संस्थाले यस बर्ष सदस्यलाई १४ प्रतिशत लाभांश बितरण गर्ने छ भने संस्थामा हाल शेयर सदस्य संख्या २०२४ रहेको शेयर पुजि एक करोड पैतिस लाख , बचत ८ करोड , ऋण लगानी ९ करोड ५० लाख अनि संस्थाको वासलात ११ करोड ६४ लाख रहेको जनाएकोछ । संस्थाको आर्थिक बर्ष ०७७/०७८ को खुद मुनाफा ५२९९०६ रहेको संस्थाले जनाएको छ ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप