सर्लाहीको सगुन साकोसको २२ औँ वार्षिक साधारण सभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सर्लाहीको सगुन साकोसको २२ औँ वार्षिक साधारण सभा सम्पन्न 

सर्लाही । हरिवनमा अवस्थित सगुन बचत तथा ऋण सहकारी संस्था लि.को २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष केशव ढकालको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष तथा आईसिए ग्लोबल सञ्चालक सदस्य ओम देवी मल्लको प्रमुख आतिथ्यतामा हिजो साधारण सभा सम्पन्न भएको हो । असार मसान्त सम्म एक अर्ब ५० करोड ९१ लाख ३३ हजार ७७८ रुपैयाँ कूल कारोबार गरेको संस्थाले गत आर्थिक वर्ष २०७७/०७८ मा ३ करोड ९७ लाख २४ हजार ७ सय ४९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको साधारण सभामा जानकारी गराइएको छ । असोज १ गतेदेखि ५ गतेसम्म संस्थाको मुख्य कार्यालय हरिवन ११, बागमती नगरपालिका–१, मिलन चौक र लालबन्दी नगरपालिका–७, मा रहेको सेवा केन्द्रसँगै हरिवन–२ अत्रौली, हरिवन–६, घुर्कौली र बागमती नगरपालिका ८, ९ र १० सोल्टी बजारको संयुक्त वडा कार्यालयमा शेयर सदस्यहरुको उपस्थिति दर्ता गराई वुधवार साधारण सभा गरिएको संस्थाका प्रवन्धक रविन्द्र रानाले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी ६ स्थानमा उपस्थिति दर्ता गराई वुधवार अन्तिम भेला गरिएको संस्थाले जनाएको छ । हरिवन नगरपालिका–९, स्थित सगुन शिक्षा आवासिय विद्यालयमा आयोजित साधारण सभामा बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, संविधान सभा सदस्य हरि उप्रेती, राष्ट्रिय सहकारी बैंकका संचालक विश्वनाथ मण्डल, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी विभागका प्रमुख ओम नारायण झा, संस्थाका सल्लाहकार विदुर कुमार प्याकुरेल, जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, नगर सहकारी संजालका अध्यक्ष रामप्रसाद घिमिरे, हरिवन नगरपालिकाको सहकागी विभागका प्रमुख एवं वडा नं १० का वडाध्यक्ष शम्भु प्रसाद मैनालीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले सदस्यहरुलाई दिएको सेवाको प्रशंसा गर्दै प्रगतिको कामना व्यक्त गर्नुभएको थियो ।

संस्थाका सचिव राज कुमार उप्रेतीको संचालन तथा उपाध्यक्ष तारा देवी सुवेदीको स्वागतमा साधारण सभा सम्पन्न भएको हो । उक्त सभाबाट आ।ब।७७र७८ को प्रस्तावित नीति,कार्ययोजना,बजेट लगायत विभिन्न  प्रस्ताबहरु पारित गरी १,९०,०८,००,०००/ लक्ष्य तोक्दै सम्पन्न भएको हो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप